महिला स्वास्थ्यकर्मिी तथा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई डेङ्गु रोकथाम सम्बन्धि अभिमुखिकरण

  • भदौ १८, २०८०
  • २,००४ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,१८ भदौंः धरान क्षेत्र भरीका महिला स्वास्थ्यकर्मी तथा सरकारी बिद्यालयमा स्वास्थ्य बिषय पढाउने शिक्षकहरुलाई आईतबार डेङ्गु रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ।

धरान(१२ चतरालाईन स्थित गोरखा होटलमा अभिमुखिकरण कार्यक्रम दुई चरणमा सम्पन्न भएको हो।

युके एड र स्टार्ट फन्ड नेपालको आर्थिक सहयोग, कतार च्यारिटी, एन.ट्याग.नेपाल, हिल नेपाल र हुसाईडेक नेपालको सहयोग र धरान उप–महानगरपालिका स्वास्थ्य र शिक्षा महाशाखाको सहकार्यमा कार्यक्रम भएको हो।

धरान, धनकुटा र बिराटनगरमा एकसाथ डेङ्गु रोकथाम तथा नियन्त्रण सम्बन्धि तालिम सन्चालन भई रहेको डेङ्गु आउटब्रेक रेस्पोन्स प्रोग्रामका सम्योजक दिपेन्द्र भट्टले बताए।

धरान उप(महानगरपालिकालाई ३ हजार ५०० वटा डेङ्गु टेष्ट कीट प्रदान गरिने सम्योजक भट्टले बताए।

त्यसैगरी स्थानिय आवश्यकता अनुसार डेङ्गु म्यानेजमेन्ट कीट, थर्मोमिटर, तौलिया,ग्लुकोज, इलेक्ट्रीक ब्याट, झुल र ओ।आर।एस।समेत प्रदान गरिने प्रोग्रामका सम्योजक भट्टले जानकारी दिए।

पहिलो चरणमा शिक्षकहरुलाई अभिमुखिकरणको सहजिकरण गर्दै स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले डेङ्गु नियन्त्रणको प्रमुख उपाय भनेकै सर्च एन्ड डेस्ट्रोई भएको बताए।

लामखुट्टेको लार्भा भएको बास स्थानको खोजी गरि नष्ट गरेर लामखुट्टेको ब्रुद्धी बिकासलाई रोक्नु नै रोकथामको उत्तम उपाय भएको प्रमुख मेहेताले बताए।शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले अभिमुखिकरण पछि आफ्नो आफ्नो स्कुलका सबै कक्षाहरुमा डेङ्गु रोकथाम सम्बन्धि कुराहरु बिद्यार्थीलाई सुनाउन शिक्षकहरुलाई आग्रह गरे। उनले भने शिक्षकले त्यसरी सुनाए पछि बिद्यार्थीहरु मार्फत घर घरमा यो सन्देस पुग्छू।

दोश्रो चरणमा धरानका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्यकर्मिहरुलाई डेङ्गु रोकथाम तथा नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ।वि।पि। कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टद्वय सुरेन्द्र उराव र डा.ललिता रायले स्वास्थ्यकर्मिहरुलाई डेङ्गु रोकथाम सम्बन्धि सहजिकरण गरे।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic