लाखेको उपाधि झुुम्का नेवाः देयः दवूूको पोल्टामा

  • भदौ १८, २०८०
  • ७,४२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१८ भदौं ः धरानमा आयोजित सुनसरी जिल्ला स्तरीय लाखे नाचको उपाधि नेवाः देय् दबू झम्काको पोल्टामा पार्न सफल वनेको छ ।

अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नगद २५ हजार सहित झुम्काले सो उपाधि हात पारेको हो ।

धरानमा आयोजित “चौथो खूल्ला लाखे” प्रर्दशनीमा तथा सुनसरी जिल्ला स्तरीय लाखे प्रतियोगिताामा झुुम्का प्रथम वनेको थियो ।

रामधुनी नगरपालिका स्थित नेवाः देयः दवूू झम्काले २१४ अंक प्राप्त गर्दे प्रथम स्थान हासिल गरेको थियो । उसले नगद २५ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा बराहक्षेत्र नगरपालिकाको लाखे समुह “नेवाः देय् दवूू मधुवनले १९३ अंक प्राप्त गरी दोस्रो स्थान ल्याउृन सफल वनेको छ । मधुुवनले नगद १५ हजार प्रमाण पत्र प्राप्त गरेको थियो ।

त्यसैगरी प्रतियोगितामा धरान उपमहानगरपालिका अन्र्तगतको लाखे समुह “ झिगु लाखे पुच” धरान–३ ले १८० अंक प्राप्त गर्दे तेस्रो हुन सफल वनेको थियो । उसले नगद १० हजार प्राप्त गर्न सफल वनेको थियो ।

प्रतियोगितामा नेवा देय दवु बालग्राम”ले १६१ अंक हासिल गरी सान्तवना स्थान ल्याएको थियो । उसले नगद ५ हजार .र प्रमाण पत्र प्राप्त गरेको थियो ।

नेवाः देय् दबू धरानद्धारा आयोजित लाखे प्रतियोगितामा १६ वटा लाखे समुह प्रतिस्पर्धामा उत्रिएका थिए भने ५ लाखे समुहले सहभागीता मात्र जनाएका थिए ।

प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरान सबै जातजाती मिलेर बसेको शहर भएको बताए । सामाजिक सद्भावले सजिएको धरानमा जातिय,धार्मिक कुरा गरेर बदनाम नगराउन आग्रह समेत गरेका थिए ।

आयोजक समितिका अध्यक्ष मनोहर शाक्यले आफनो मौलिक परम्परा तथा संस्कृतीलाई जोगर्ना गर्दे पुस्तान्तरण गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए ।

उनले विकृति, विसङगती बढ्दै गएपछि लाखे नाचको नाममा पैसा उठाउने जस्ता क्रियाकलाप बढ्न थालेपछि लाखे नाचलाई मर्यादित बनाउनको लागि र सस्कार सस्कृती पहिचान बचाउन “चौथो खूल्ला लाखे” प्रर्दशनीमा तथा सुनसरी जिल्ला स्तरीय लाखे प्रतियोगिता गरिएको अध्यक्ष शाक्यको भनाई रहेको छ ।

प्रतियोगितामा नेवा पुच ईटहरी ,जाल्पा देवि लाखे समुह,सिंह देवि लाखे समाज,नेवा समाज चक्रघट्टी,झिगु लाखे पुच, युवा समाज, नौलो लाखे ुमाज धरान ,नेवा देय दवु झुम्का ९रामधुनी ०,भानु क्लव धरान, शान्ती पथ लाखे, हाम्रो लाखे समुह, धन सिंह लाखे समुह, युवा संघ धरान, नेवा सास्कृतिक कलापुञ्ज, नेवा देय दवु बालग्राम, दाफा भजन खल ,पासा खल ,पुतली लाखे समाजको संयुक्त प्रस्तुती रहेको थियो भने चन्द्रागिरी लाखे समुह काठमाडौ पाहुना टोली धरान आएर सहभागीता जनाएको थियो ।

प्रतियोगिताामा निर्णायकहरु थर्कमान श्रेष्ठ ,जितेन्द्र बज्राचार्य ,समीर आचार्जु रहेका थिए ।प्रतियोगिताका बिशेष अतिथी कोशी प्रदेशका साम्सद यसोदा कायस्थले पुरस्कार बितरण गरेका थिए भने प्रतियोगितामा विभिन्न जातिय सघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रमको अध्यक्षता नेवाः देयः दब धरानका अध्यक्ष शाक्यले गरेका थिए भने कार्यक्रम सञ्चालन दबु सचिव दिपेन्द्र कसजुले गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic