‘गोरखा वारियर’ नामक चलचित्र सेप्टेम्बर १० मा बेलायतमा प्रदर्शन हुने

  • भदौ १९, २०८०
  • ३,४२६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१९ भदौं ःबेलायती सेनामा कार्यरत गोर्खा सैनिक रोशन राईको लेखन तथा निर्देशनमा निर्मित तीन भाषामा निर्माण गरीएको नेपाली कथानक चलचित्र गोरखा वारीयर प्रदर्शन हुने भएको छ ।

वीरता,बलिदान साथै गोर्खालीको पहिचानमा आधारीत चलचित्रमा गोरखा सैनिकको विगत र वर्तमानलाई कलात्मक ढङ्गमा प्रस्तुत गरी निर्माण गरिएको निर्माताले जनाएकाछन् ।

चलचित्र ‘गोरखा वारियर’ सेक्टेम्वर १० अर्थात नेपाली समय अनुसार भाद्र २४ मा प्रर्दशन हुने भएको छ ।

चलचित्र “गोर्खा वारियर”को प्रिमियर सो बेलायतको लण्डन लेप्टर स्क्वायर स्थित आइम्याक्स सिनेवर्ल्डमा वर्ल्ड रेड कार्पेट सहितको विशेष प्रदर्शन हुने भएको छ ।

चलचित्र प्रिमियर सो मा वेलायती सेनाको द ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाजको विशेष प्रस्तुती रहने भएको छ ।
चलचित्र नेपाली, अङ्ग्रेजी, हिन्दी लगायतका विभिन्न भाषामा प्रर्दशन गरिने भएको छ ।

बेलायतको गोर्खा सैनिकमा रहेर पहिलो र दोस्रो विश्व युद्धमा आफ्नो युद्ध कला कौशल निपुर्ण र बहादुरीका साथ प्रदर्शन गरि नेपाली गोर्खा सैनिकहरुको वीरगाथा, समर्पण र वहादुरीलाई कलात्मक रूपमा चित्रण गर्दे चलचित्र निर्माण गरेको चलचित्र निर्देशक तथा निर्माता रितेश चाम्लिङले बताए ।

चलचित्र निर्माणकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकको पत्रमा चलचित्रमा गोर्खा सैनिकको वीरता र बलिदानको चित्रण भएकोमा गौरव व्यक्त गरिएको छ ।

पूर्व प्रतिबद्धताका कारण प्रिमियर समारोहमा उपस्थित हुन नसकेको स्वीकार गर्दै प्रधानमन्त्री सुनकले साहसी गोर्खा सैनिकको चलचित्र चित्रणको बारेमा थाहा पाउँदा आफूलाई खुसी लागेको कुरामा जोड दिए। उनले प्रिमियर कार्यक्रम र चलचित्र दुबैको सफलताको शुभकामना व्यक्त गरे ।

उक्त चलचित्रलाई नेपाल चलचित्र निर्माता संघ अध्यक्ष नवल खडका र नेपाल चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधानले नेपाली गोर्खा समूदायलाई हर्षित तुल्याएको र नेपाली चलचित्रलाई विश्वव्यापीकरण गरि बिश्वमानचित्रमा अतुलनिय छाप बनाएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

बेलायती प्रधानमन्त्रीलाई आमन्त्रण गर्ने पहल ‘गोरखा वारियर’का निर्देशक तथा निर्माता मिलन चाम्सले गरेका थिए ।
निर्देशक तथा निर्माता चाम्सले केही समयअघि बेलायतका सांस्कृतिक मामिलामन्त्रीमार्फत प्रधानमन्त्री सुनकलाई पत्र र निमन्त्रणा पठाएका थिए ।

चाम्सले चलचित्रको विश्वव्यापी प्रभावले नेपाली चलचित्र उद्योगको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

चाम्सका अनुसार ‘गोर्खा योद्धा’ सत्य कथामा आधारित छ र सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनाको अधीनमा लडाइँमा सेवा गरेका गोर्खा सैनिकहरूको अनुभवको कथा प्रस्तुत गर्दछ। चलचित्रमा रितेश चाम्लिङ, विजय लामा, रेविका गुरुङ, कविता ९गौमाया० आले, सारा राई लगायतका कलाकारको अभिनय रहेको छ ।

निर्देशक तथा निर्माता चाम्स खोटाङ जिल्ला दिक्तेल रुपकोट बझुवागढि नगरपालिका वडा न २ डाडा गाउमा मध्यम परिवारमा हुर्किएका चाम्सले खोटाङमा माध्यमिक शिक्षा पूरा गरेका पछि ब्रिटीस लाहुरे बनेका थिए । ।

निर्देशक तथा निर्माता चाम्स उर्फ रोशन राई लाहुरे पाईलट सगरमाथा आरोहि हुँदै हिरो तथा निर्देशक तथा निर्माता समेत हुन पुगेका हुन ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic