राष्ट्रिय बाल दिवसका अवसरमा बालिका स्कुलद्धारा विविध कार्यक्रम सम्पन्न

  • भदौ २९, २०८०
  • ५३० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ः धरान– १६ स्थित शारदा बालिका नमुना माध्यामिक विद्यालयले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले ५९ औं बाल दिवसका अवसर पारेर विभिन्न प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिता अन्र्गत वतृत्वकला,हाजिरीजवाफ, एकल गायन,एकल नृत्य, चित्रकला लगायतका प्रतियोगिता आयोजना गरेको हो ।

स्कुलको बालक्लव ज्योति बाल क्लवको आयोजनामा प्रतियोगिता आयोजना गरीएको थियो ।

सामाजिक संजाल विषयक वतृत्वकला प्रतियोगिता अन्तर्गत चन्द्र संस्कृतका सृजल खतिवडा प्रथम,शारदा बालिका स्कुलकी प्राप्ती राई दोस्रो र सिमरन पराजुली तेस्रो भएका थिए ।

त्यसैगरी हाजिरीजवाफ अन्र्गगत शारदा बालिका मा.वि प्रथम,सियोजन स्कुल दोस्रो र जेनिथ स्कुल तेस्रो भएको थियो ।

त्यस्तै एकल गायनमा सियोन स्कुलकी संगिता राई प्रथम, बालिका स्कुलकी सोनिया मुर्मु दोस्रो र जेनिथ स्कुलकी निमोन राई तेस्रो स्थान ल्याउन सफल वनेका थिए ।

यता नृत्यतर्फ शारदा बालिका कि समिक्षा राई प्रथम, सिदार्थ सिशु सदन स्कुलकी पनिका श्रेष्ठ दोस्रो र सियोन स्कुलकी सिम्रन राई तृतिय वनेकी थिइन ।

उता चित्रकला प्रतियोगितामा भने जेनिथकी सिम्रन राई,प्रथम हुन सफल वनेकी थिइन भने बालिका स्कुलकी सन्जु राई दोस्रो वनेकी थिइन भने जेनिथ स्कुलका डिएन राई तेस्रो हुन सफल वनेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic