राष्ट्रिय बाल दिवसका अवसरमा बालिका स्कुलद्धारा विविध कार्यक्रम सम्पन्न

  • भदौ २९, २०८०
  • ५७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ भदौ ः धरान– १६ स्थित शारदा बालिका नमुना माध्यामिक विद्यालयले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ ।

विद्यालयले ५९ औं बाल दिवसका अवसर पारेर विभिन्न प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगिता अन्र्गत वतृत्वकला,हाजिरीजवाफ, एकल गायन,एकल नृत्य, चित्रकला लगायतका प्रतियोगिता आयोजना गरेको हो ।

स्कुलको बालक्लव ज्योति बाल क्लवको आयोजनामा प्रतियोगिता आयोजना गरीएको थियो ।

सामाजिक संजाल विषयक वतृत्वकला प्रतियोगिता अन्तर्गत चन्द्र संस्कृतका सृजल खतिवडा प्रथम,शारदा बालिका स्कुलकी प्राप्ती राई दोस्रो र सिमरन पराजुली तेस्रो भएका थिए ।

त्यसैगरी हाजिरीजवाफ अन्र्गगत शारदा बालिका मा.वि प्रथम,सियोजन स्कुल दोस्रो र जेनिथ स्कुल तेस्रो भएको थियो ।

त्यस्तै एकल गायनमा सियोन स्कुलकी संगिता राई प्रथम, बालिका स्कुलकी सोनिया मुर्मु दोस्रो र जेनिथ स्कुलकी निमोन राई तेस्रो स्थान ल्याउन सफल वनेका थिए ।

यता नृत्यतर्फ शारदा बालिका कि समिक्षा राई प्रथम, सिदार्थ सिशु सदन स्कुलकी पनिका श्रेष्ठ दोस्रो र सियोन स्कुलकी सिम्रन राई तृतिय वनेकी थिइन ।

उता चित्रकला प्रतियोगितामा भने जेनिथकी सिम्रन राई,प्रथम हुन सफल वनेकी थिइन भने बालिका स्कुलकी सन्जु राई दोस्रो वनेकी थिइन भने जेनिथ स्कुलका डिएन राई तेस्रो हुन सफल वनेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले विजेता विद्यार्थीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic