नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालयमा निःशुल्क होटल म्यानेजमेन्ट तालिम

  • भदौ ३१, २०८०
  • ३,३७३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३१ भदौं ःऔद्योगिक प्रशिक्षार्थी कार्यक्रम अन्तर्गत प्राविधिक शिक्षालय र उद्योग व्यवसाय दुवै ठाउँमा सिकिने सैद्धान्तिक र प्रयोगात्मक ज्ञान आर्जन सहितको शिक्षा नर बहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय ईटहरीमा निशुल्क होटल म्यानेजमेन्ट अध्ययन हुने भएको छ ।

आईतबार धरानमा पत्रकार सम्मेलन मार्फत शिक्षालयले एसएलसि उत्तिर्ण वा एसर्ईई परिक्षामा सामेल भएको साथै जुनसुकै ग्रेड ल्याएका विद्यार्थीहरुलाई निशुल्क होटल म्यानेजमेन्ट तालिम दिईने शिक्षालयका अध्यक्ष एकचन्द्र बरालले जानकारी दिए ।

उनले भने प्राविधिक शिक्षा तथा तालिममा सहभागी हुन ईच्छुक प्रशिक्षार्थी १६ वर्ष उमेर पुरा भै २५ वर्ष सम्मका नेपाली नागरिक हुनु पाउने जानकारी दिए ।

अध्यक्ष बरालले भने लिखित र मैखिक परिक्षामा उत्तिर्ण ४० जना प्रशिक्षार्थीहरु होटल म्यानेजमेन्ट अध्ययन सहित तालिममा सहभागी हुन पाउने, प्रशिक्षार्थीहरुले औद्योगिक अभ्यास तालिम गरेवापत न्यूनतम् पारिश्रमिक ज्यालाको २५प्रतिशत प्रोत्साहन रकम स्वरुप हाजीरी अनुसार दैनिक १ सय रुपैया यातायात खर्च प्रँप्त गर्ने साथै पोशाक खर्च वापत २५ सय रकम उपलब्ध गराउने बताए ।

प्रशिक्षार्थीहरु उद्योग र व्यवसायमा गएर अनुभवि कामदारको प्रत्यक्ष मातहतमा रही दैनिक उत्पादन प्रक्रियामा सहभागी भै सीप र क्षमताको अनुभव प्राप्त गर्ने बताए ।

तालिम २४ महिनाको हुनेछ । साथै २४ महिनाको अवधिमा प्रशिक्षार्थीहरुको करिव साढे ३ महिना शिक्षालयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञानआर्जन गर्ने छन भने साढे १९ महिना उद्योग व्यवसाय व्यावहारीक सीप र कार्यस्थलको अनुभव प्राप्त गर्ने छन ।

सो अवधि भित्र हपतको १ दिन शिक्षालयमा उपस्थित भै सीप तथा ज्ञान लिनुपर्ने छ । प्रशिक्षार्थीहरुलाई उद्योग तथा व्यवसायले ६ महिनाको अन्तरालमा ३ पटक आन्तरीक मुल्याकन गर्ने छ भने तालिम अवधिको अन्तिम १ महिना शिक्षालयमा आएर सिक्न बाँकी रहेको सीप सिक्दै र परीक्षाको तयारी गर्नु पर्ने साथै अन्तिम मुल्याङकनका लागि प्रविधिक शिक्षालय तथाा व्यवसायीक तालिम परीषद सिटीभिटीले परिक्षा नियन्त्रण गर्ने जानकारी दिएको छ ।

प्रशिक्षथीहरुले तालिम समापन पश्चात प्रि डिप्लोमा तहको प्रमाण पत्र प्राप्त गर्नेछन । तालिममा उत्कृष्ठ प्रशिक्षार्थीहरुले नेपाल सरकारको लोक सेवा आयोगद्धारा लिईने सम्बन्धीत बिषयको पदमा प्रतिस्पर्दा गर्न सक्ने जानकारी अध्यक्ष बराले दिएका छन् ।

तालिममा सहभागी हुन चाहाने ईच्छुक विद्यार्थीहरुले आवेदन असोज ७ गते सम्म फारम भर्न पाउने छन् भने लिखित परिक्षा र मैखिक परिक्षामा नर बहादुर कर्माचार्य बहुउदेश्यीय शिक्षालय ईटहरीमा हुने अध्यक्ष बरालले बताए ।

प्राविधिक शिक्षा अध्ययन सहित तालिमको कार्यान्वयन कोशी प्रदेश सामाजिक बिकास मन्त्रालय र प्राविधिक सहयोग हेलभिटासको सहयोगमा कार्यक्रम भएको बरालले वताए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic