एनव्याव्सन सुुनसरीको अध्यक्षमा योवा राई निर्वाचित

  • असोज ३, २०८०
  • ९,७४९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३ असोजः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याव्सन) सुनसरीको अध्यक्षमा योवा राई निर्वाचित भएकाछन् ।

धरानमा वुधवार भएको दशौं जिल्ला अधिवेशनले राई सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।

निर्वाचित राई धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल हुन । राईको अध्यक्षतामा सर्बसम्मत २१ सदस्यिय नया कार्यसमिति चयन भएको छ।

pabsan = 2

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा स्ट्याण्डर्ड बोर्डिङ स्कुलपकलीका प्रिन्सिपल गणेश कोइराला, उपाध्यक्षमा हिमालयन बोर्डिङ स्कुल चतराका आलोक श्रेष्ठ,निर्वाचित भएका छन् ।

त्यसैगरी सचिवमा नमुना एकेडेमी तरहराका प्रिन्सिपल थरेन्द्र अधिकारी चयन भएका छन।

त्यस्तै सह–सचिवमा बिद्या भूषण स्कुल धरानका प्रिन्सिपल पुर्ण चन्द्र ढकाल र कोषाध्यक्षमा बिद्या ज्योती बोर्डिङ इटहरीका प्रिन्सिपल कृष्ण गड्तौला र सह–कोषाध्यक्षमा युरेका आवासिय मा.बि.धरानका प्रिन्सिपल कुरन चेम्जोङ निर्वाचित भएकाछन् ।

अधिवेशनले कार्यसमिति सदस्यहरुमा तारा बहादुर कार्की, सुमिता राई, गोकुल खड्का, राजकुमार राई, सुमित कुमार मेहता रहेका छन।

सदस्यहरुमा श्रवण कुमार साह, नवराज बुढाथोकी, गम्भिरमान तामाङ र दिपेन्द्र यादब रहेका छन।
५ जना सदस्यहरु नया कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने निबर्तमान जिल्ला सचिव भगत लिम्बुले जानकारी दिए।

नव निर्वाचित कार्यसमितिलाई एन–प्याब्सन केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठले सपथ ग्रहण गराए।

नव निर्वाचित कार्यसमिति लाई निबर्तमान अध्यक्ष नारायण कुमार सन्जेल, प्रदेस अध्यक्ष राजन पौडेल, निबर्तमान सचिव भगत लिम्बू लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे।कार्यक्रम केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यतामा भएको थियो।कार्यक्रममा केन्द्रीय सह अध्यक्ष सुबास न्यौपाने, केन्द्रीय महासचिव पारसमणी दाहाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकरिषी राई, जिल्लाका विभिन्न स्कुलका प्रिन्स्पिल, संचालक लगायतको उपस्थिति थियो।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic