सुनाखरी एकेडेमीद्धारा कक्षा–११ का विद्यार्थीहरुलाई स्वागत

  • असोज १२, २०८०
  • २,७२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोजः सुनाखरी एकेडेमी धरान–१२ का विद्यार्थीहरुले कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई शुक्रवार स्वागत गरेको छ ।

स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत एकेडेमिले कक्षा–११ का बिद्यार्थीहरुलाई स्वागत गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एन–प्याब्सन सुनसरीका अध्यक्ष एबम् सुम्निमा सेकेण्डरी स्कुलका प्रिन्सिपल योवा राई, केन्द्रीय सल्लाहकार एबम लोटस बोर्डिङ स्कुलका निर्देसक गणेश राई, सुनसरीका सह–सचिव एबम बिद्या भूषण स्कुलका प्रिन्सिपल पुर्ण चन्द्र ढकाल, एकेडेमिका निर्देसक प्रदिप राई लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए ।

sunakahrai

कक्षा–१२ र १० का बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरी मनोरन्जन दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि योवा राईले कक्षा–११ का बिद्यार्थीहरुलाई उज्वल भबिष्यको कामना गरेका थिए ।

प्रिन्सिपल मिलन राईले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गरि हरेक कुरामा सक्षम रहेको प्रिन्सिपल राईले बताए।

प्लस टु कोअर्डिनेटर टप कुमार राईले कक्षा–११ का बिद्यार्थीहरुलाई स्वागत गर्दै प्लस टु अध्ययनका लागि सही शैक्षिक गन्तब्यको रुपमा सुनाखरीलाई छनोट गरेकोमा धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा गोलखाडी माबि सागुरीगढी धनकुटाका शिक्षक खेल बहादुर राई, प्राईम भिजन कलेज धरानका अभिषेक श्रेष्ठ लगायतको उपस्थिति थियो।

कार्यक्रमको संचालन शिक्षक दिनेस बराल, बिद्यार्थीहरु अंशु लिम्बू, बिक्रम लिम्बू, बिम्जता राई र इमोन तामाङले गरेका थिए ।

सुनाखरी एकेडेमी आफ्नो स्थापना कालदेखि नै पढाईका साथै अतिरिक्त कृयाकलापमा समेत अग्रणी स्थानमा रहेको छ ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic