सुनाखरी एकेडेमीद्धारा कक्षा–११ का विद्यार्थीहरुलाई स्वागत

  • असोज १२, २०८०
  • २,७९३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१३ असोजः सुनाखरी एकेडेमी धरान–१२ का विद्यार्थीहरुले कक्षा–११ मा अध्ययनरत नव आगन्तुक बिद्यार्थीहरुलाई शुक्रवार स्वागत गरेको छ ।

स्कुलको प्राङ्गणमा आयोजित कार्यक्रम मार्फत एकेडेमिले कक्षा–११ का बिद्यार्थीहरुलाई स्वागत गरेको हो।

कार्यक्रमका प्रमुख अतिथि एन–प्याब्सन सुनसरीका अध्यक्ष एबम् सुम्निमा सेकेण्डरी स्कुलका प्रिन्सिपल योवा राई, केन्द्रीय सल्लाहकार एबम लोटस बोर्डिङ स्कुलका निर्देसक गणेश राई, सुनसरीका सह–सचिव एबम बिद्या भूषण स्कुलका प्रिन्सिपल पुर्ण चन्द्र ढकाल, एकेडेमिका निर्देसक प्रदिप राई लगायतले नव आगन्तुक बिद्यार्थीहरुलाई अबिर र खदा लगाएर स्वागत गरेका थिए ।

sunakahrai

कक्षा–१२ र १० का बिद्यार्थीहरुले आकर्षक नृत्य र गीत प्रस्तुत गरी मनोरन्जन दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि योवा राईले कक्षा–११ का बिद्यार्थीहरुलाई उज्वल भबिष्यको कामना गरेका थिए ।

प्रिन्सिपल मिलन राईले सुनाखरी एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गरि हरेक कुरामा सक्षम रहेको प्रिन्सिपल राईले बताए।

प्लस टु कोअर्डिनेटर टप कुमार राईले कक्षा–११ का बिद्यार्थीहरुलाई स्वागत गर्दै प्लस टु अध्ययनका लागि सही शैक्षिक गन्तब्यको रुपमा सुनाखरीलाई छनोट गरेकोमा धन्यवाद ब्यक्त गरे।

कार्यक्रममा गोलखाडी माबि सागुरीगढी धनकुटाका शिक्षक खेल बहादुर राई, प्राईम भिजन कलेज धरानका अभिषेक श्रेष्ठ लगायतको उपस्थिति थियो।

कार्यक्रमको संचालन शिक्षक दिनेस बराल, बिद्यार्थीहरु अंशु लिम्बू, बिक्रम लिम्बू, बिम्जता राई र इमोन तामाङले गरेका थिए ।

सुनाखरी एकेडेमी आफ्नो स्थापना कालदेखि नै पढाईका साथै अतिरिक्त कृयाकलापमा समेत अग्रणी स्थानमा रहेको छ ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic