हिविसकस स्कुलले दोस्रो हिविसकस क्विज मेनिया आयोजना गर्ने

  • असोज १४, २०८०
  • ६,०५५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४असोज हिविसकस इङलिस वोडिङ स्कुल धरान–१५ ले दोस्रो हिविसकस क्विज मेनिया अयाोजना गर्ने भएको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञान अध्ययनमा प्रोत्साहन गर्दै लोकसेवा आयोगको लागि पूर्व अभ्यास गर्नको लागि सहज होस भन्ने उदेश्यले हाजिरीजवाफ प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

आयोजकले दिएको जानकारी अनुसार धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालय गरी खुल्ला धरान नगर स्कुल स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्न लागेको हो ।

धरानमा खेलकुद लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन हुदै आएपनि हाजिरी जवाफ प्रतियोगिता भने कम हुने गरेको छ ।

विद्यार्थीहरुलाई सामान्य ज्ञानको अध्ययनमा प्रोत्साहन गर्नको लागि प्रतियोगिता आयोजना गर्न लागेको स्कुलका डाइरेक्टर गंंगाराम राईले जानकारी दिएकाछन् ।

प्रतियोगितामा सहभागीताका लागि धरान क्षेत्रका नीजि तथा सरकारी विद्यालयलाई पत्रचार गरी सकेको स्कुलले जानकारी दिएको छ ।

स्कुलका निर्देशक राईका अनुसार प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय,चौथो र पाचौं हुने विजेताहरुलाई क्रमस १२ हजार र ट्रफि मेडल,प्रमाण पत्र , १० हजार, मेडल प्रमाण पत्र ८ हजार मेडल प्रमाण पत्र, ६ हजार मेडल प्रमाण पत्र, ४ हजार मेडल प्रमाण पत्र प्रदान गरीनेछ ।

पुष १३ र १४ गते आयोजना हुने सो प्रतियोगितामा हरेक विद्यालयबाट ३ जना विद्यार्थी सहभागी हुने र त्यसमा एकजना छात्रा अनिवार्य हुने गरी सहभागी गराउनको लागि विद्यालयलाई पत्राचार गरीसकिएको स्कुलले जनाएको छ ।

यो प्रतियोगितालाई अहिलेसम्म कै नमुना र फरक वनाउन लागिएको राईको भनाई रहेको छ ।

यो प्रतियोगिताले लोक सेवाको तयारी गर्ने विद्यार्थीहरुका लागि थप सहज हुने पनि स्कुलको अनुमान रहेको छ ।

गत वर्ष आयोजक समेत गरेर ३२ स्कुल सहभागी भएकोमा यस वर्ष कम्तिमा ५२ स्कुल सहभागी हुने अपेक्षा गरीएको स्कुलका सल्लाहकार पवन झा ले विश्वास व्यक्त गरेकाछन् ।

उनका अनुसार लोकसेवा आयोग दिनका लागि पूर्व तयारी गर्न समेत सहज हुनुुका साथै हाजिरी जवाफ प्रतियोगितामा आर्कषर्ण बढदै गएको झा को भनाई रहेको छ ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic