विष्णु मेमोरियलमा छात्राहरूलाई आत्मरक्षा तालिम प्रदान

  • असोज १४, २०८०
  • १,७०१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४ असोजःविष्णु मेमोरियल माध्यमिक विद्यालय धरान–९ ले आफ्ना विद्यार्थीहरुलाई आत्मरक्षाको तालिम दिएको छ ।

समाजमा बाल बालिका माथि विभिन्न घटना हुन थालेपछि आत्मरक्षाको लागि सहज होस भन्ने उदेश्यले तालिम दिएको हो ।

विद्यार्थीहरूलाई आफूमाथि आइपर्ने शारीरिक आक्रमणको सामना गर्दै आत्मरक्षाका लागि अपनाउनु पर्ने सिप, कला प्रदान गर्न तालिमको आयोजना गरेको स्कुलले जनाएको छ ।

bhshnu = 2 बालिकाहरू माथि हुने दुर्व्यवहार तथा बलात्कारका घट्नाको सामना गर्न छात्राहरूलाई सशक्तीकरण, आत्मबल प्रदान गर्न आत्मरक्षाको तालिम प्रदान गरिएको विद्यालयको भनाई रहेको छ ।

स्कुलले दिएको जानकारी अनुसार विद्यालयको शैक्षिक क्यालेण्डर बमोजिम शुक्रवार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २५० भन्दा बढी छात्राहरूलाई आत्मरक्षाका तालिम दिइएको हो ।

तालिममा सहभागी छात्राहरूलाई आपतकालिन र अप्रत्याशित अवस्थामा आफ्नो जीउ ज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रूपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो ।

आत्मरक्षा तालिम मार्फत छात्राहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न, आत्मविश्वास वृद्धि गरी पठनपाठनमा उत्साह बढाउन योगदान गर्ने प्रधानाध्यापक निलमकुमार श्रेष्ठको विश्वास रहेको छ ।

प्रिन्सिपल श्रेष्ठका अनुसार समाजमा बालिका विरुद्ध हुने अपराधका घटना बढ्दै गएकाले उनीहरूलाई सुरक्षित बनाउन सुरक्षाको प्रत्याभूति गराउन विद्यालयले आत्मरक्षा तालिम प्रदान गरीएको हो ।

आत्मरक्षा तालिमको बाह्य प्रमुख प्रशिक्षक सुबीक्षा राई, सहायक प्रशिक्षक विद्यालयका तेक्वान्दो र कराँते प्रशिक्षकहरू सुलभ श्रेष्ठ र सन्तोष राई रहेका थिए ।

विष्णु मेमोरीयल विद्यालयले विभिन्न समयमा विद्यार्थीहरुलाई पढाईका अतिरीक्त कृयाकलाप आयोजना गर्दै आएको छ ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic