मजदुर नेता भीमज्वालाले पाए लोकप्रिय मत

  • असोज १६, २०८०
  • १,६४१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोजः मजदुर क्षेत्रमा लामो समयदेखि कार्यरत भीम ज्वाला राई नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सर्वाधिक मत व्याएर विजयी वन्न सफल वनेकाछन् ।

मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ उनी विजयी बन्न सफल वने्का हुन् ।

अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी घोषणा गरेको थियो ।

ज्वालासंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् ।

राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी भएका हुन

तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका भीमज्वाला राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहेकाछन् ।

आमसञ्चार तथा पत्रकारितामा एम ए गरेकाछन् । बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य छन् ।

९९७ प्रतिनिधिहरु सहभागी अधिवेशनमा ९७७ मत खसेको थियो खसेको मतमा ५० बढी मत बदर हुनसक्ने निर्वाचन समितिले जनाएकोछ ।

पदाधिकारी र समावेशी बाहेक अन्य क्लष्टरको अन्तिम परिणाम आउन बाँकीछ ।

यस अघि नै अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले, उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भइसकेकाछन् ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic