मजदुर नेता भीमज्वालाले पाए लोकप्रिय मत

  • असोज १६, २०८०
  • १,७१२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६ असोजः मजदुर क्षेत्रमा लामो समयदेखि कार्यरत भीम ज्वाला राई नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा सर्वाधिक मत व्याएर विजयी वन्न सफल वनेकाछन् ।

मजदुर क्लष्टरबाट भीमज्वाला राई सर्वाधिक मतकासाथ उनी विजयी बन्न सफल वने्का हुन् ।

अधिवेशन निर्वाचन समितिले मजदुर क्लष्टरबाट विजयी उमेद्वारहरुको नाम घोषणा गर्दा भीमज्वाला राई लोकप्रिय मत ल्याउँदै विजयी घोषणा गरेको थियो ।

ज्वालासंगै मजदुरबाट किशोर धमला, अम्बिर लिङ्देन र महिलामा डोमा राई र निर्मला परियार गरि पाँचजना विजयी भएकाछन् ।

राईले ६१४ मत ल्याएका छन्, उक्त मत मजदुरबाट विजयी भएका हुन

तीन दशकदेखि मजदुर आन्दोलनमा निरन्तर क्रियाशिल धरानका भीमज्वाला राई देशकै प्रभावशाली मजदुर नेताका रुपमा स्थापित भइरहेकाछन् ।

आमसञ्चार तथा पत्रकारितामा एम ए गरेकाछन् । बसको कण्डक्टरका रुपमा मजदुरी गर्दै मजदुर आन्दोलनमा क्रियाशील राई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य छन् ।

९९७ प्रतिनिधिहरु सहभागी अधिवेशनमा ९७७ मत खसेको थियो खसेको मतमा ५० बढी मत बदर हुनसक्ने निर्वाचन समितिले जनाएकोछ ।

पदाधिकारी र समावेशी बाहेक अन्य क्लष्टरको अन्तिम परिणाम आउन बाँकीछ ।

यस अघि नै अध्यक्षमा घनश्याम खतिवडा ८२ मतान्तरले, उपाध्यक्ष टिकाराम चेम्जोङ सर्वसम्मत, सचिवमा राजकुमार भण्डारी, उप सचिवहरुका जलवर्षा राजवंशी र देवान राई निर्वाचित भइसकेकाछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic