‘क्यानाडाका अधिकांश रोजगारदाताद्वारा नियम पालना, नगर्नेलाई जरिवाना र कारबाही

  • असोज २०, २०८०
  • २,८०९ पटक पढिएको
  • छाल खबर
alt

फोटोः बिङ इमेज क्रिएटर
छाल खवर
धरान,१९असोजःक्यानाडाका अधिकांश रोजगारदाताहरुले निर्धारित नियम र निर्देशनहरु पालना गर्ने गरेको रिपोर्ट सार्वजनिक भएको छ।

‘इम्प्लोयमेन्ट एण्ड सोसल डेभलपमेन्ट क्यानाडा’ (इएसडीसी) ले सार्वजनिक गरेको आर्थिक वर्ष २०२२–२०२३ को रोजगारदाता निरीक्षण रिपोर्टमा यस्तो कुरा उल्लेख गरिएको हो।

त्यस क्रममा गरिएको सर्वेक्षणमा २ हजार एकसय जना रोजगारदाताहरुलाई सहभागी गराइएको थियो।

तीमध्ये ९४ प्रतिशतले नियम र निर्देशनहरु पालना गरेको पाइएको जनाइएको छ।

नियम पालना नगर्ने ६ प्रतिशतसहित सबैको नाम इमिग्रेसन, रिफ्युजी एण्ड सिटिजनसिप क्यानाडा ९आइआरसीसी० को वेबसाइटमा सूचीबद्ध गरिएका छन्।

अस्थायी विदेशी कामदारहरु काममा राख्ने रोजगारदाताहरुले अस्थायी विदेशी कामदार कार्यक्रम ९टीएफडब्लुपी० का सर्तहरु पालना गर्ने गरेको इएसडीसीले जनाएको छ।

पालना नगर्ने ११६ रोजगारदाताहरुमध्ये ९३ वटालाई जरिवाना र २३ वटालाई चेतावनी दिइएको जनाइएको छ।

यसैगरी सात रोजगारदाताहरुलाई अबदेखि टीएफडब्लुपी कार्यक्रम प्रयोग गर्न प्रतिबन्ध लगाइएको जनाइएको छ। केहीलाई पाँच वर्षसम्मको प्रतिबन्ध लगाइएको छ।

यातायात क्षेत्रका दुई रोजगारदाताहरुलाई पर्याप्त ज्याला र सुरक्षित कामको अवस्था प्रदान गर्न असफल भएकामा १ लाख डलरभन्दा बढी जरिवाना गरिएको छ।

यसैगरी, निर्माण कम्पनीलाई पनि ५३ हजार डलर जरिवाना गरिएको छ।

सार्वजनिक भएको इएसडीसीको उक्त रिपोर्टले २०२२ मा टीएफडब्लुपीमा पेस गरिएको नयाँ नियमहरुलाई आधार बनाएको छ।

रोजगारदाताहरुलाई नियमहरुको पालना गर्न र जवाफदेही बनाइराख्न निरीक्षण महत्वपूर्ण भएको उल्लेख गरेको छ।टीएफडब्लुपीले क्यानाडाका रोजगारदाताहरुलाई विदेशी कामदाहरुलाई काममा राख्न अनुमति दिन्छ।यसका लागि सबै रोजगारदाताहरुले इएसडीसीबाट श्रम बजार प्रभाव मूल्यांकन ९एलएमआइए० प्राप्त गर्नुपर्ने नियम छ।

त्यस क्रममा रोजगारदाताले विदेशी कामदारलाई काममा लगाउँदा हुने आर्थिक प्रभावलाई पनि बुझ्ने काम गरिन्छ।

इएसडीसीले अस्थायी विदेशी कामदारलाई भर्ना गर्दा क्यानाडाको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ भन्ने मूल्यांकन गरेको अवस्थामा रोजगारदाताले काममा राख्न सक्ने जनाइएको छ।

अस्थायी कामदारहरुका लागि निश्चित मापदण्ड छ। उनीहरुलाई क्यानाडामा एउटा रोजगारदाताका लागि मात्र काम गर्ने अनुमति छ।

कर्मचारीहरुको दुर्व्यवहार र शोषणबाट बच्न मद्दत गर्न टीएफडब्लुपी अन्तर्गतका रोजगारदाताहरुले आप्रवासन र शरणार्थी संरक्षण नियमहरु पालना गर्नुपर्ने हुन्छ।

यी विभिन्न सर्तहरु अस्थायी विदेशी कामदारलाई उचित पारिश्रमिक भुक्तान गरिएको र उनीहरुको जीवन र सुरक्षालाई कहिल्यै जोखिममा नपर्ने सुनिश्चित गर्नुपर्ने हुन्छ।

रोजगारदाताहरुले उपयुक्त आवास र स्वास्थ्य प्रोटोकलहरु पालना गर्नुपर्छ।

यदि कामदारहरु दुर्व्यवहारको सिकार भएमा रोजगारदाताहरुलाई नियम उल्लंघन गरेको कोणबाट हेरिन्छ।

रोजगारदाताहरुले तोकिएको ज्याला दिनुपर्छ। कम पारिश्रमिकको पदमा भर्ना गर्ने रोजगारदाताहरुले विभिन्न सर्तहरु पूरा गर्नुपर्ने व्यवस्था छ।

अस्थायी विदेशी कामदारका लागि काममा आउन जान यातायात खर्च दिनुपर्छ।किफायती आवास उपलब्ध भएको सुनिश्चित गर्नुपर्छ।

कामदारहरु प्रादेशिक स्वास्थ्य सेवाको सहुलियतका लागि योग्य नभएसम्म निजी स्वास्थ्य बीमाका लागि भुक्तानी गर्नुपर्छ।

अस्थायी विदेशी कामदारहरुलाई प्रान्तीय, क्षेत्रीय कार्यस्थल सुरक्षा बोर्डमा दर्ता गरिनुपर्छ।यसैगरी, रोजगारदाता र कर्मचारीबीच सम्झौता पनि गरिएको हुनुपर्छ।

NEPALTOUCH.COM बाट

धरान खेलकुद मञ्चद्धारा दिप प्रज्वलन सम्पन

छाल खवर धरान,१ असोजः धरान खेलकुद मञ्चले जेन जि आन्दोलनमा ज्यान गुमाएका शहिद ...

तोडफोड गर्ने विरुद्ध पूर्व मेयर मेन्याङ्बोले दिए

छाल खवर धरान,३१ भाद्रः धरानका पूर्व नगरप्रमुख मनोजकुमार मेन्याङ्बोले जेन जि ...

अन्तत दलहरू फागुन २१ का लागि तयार

फणीन्द्र नेपालकाठमाडौं,३१ भाद्रः  सुशीला कार्की नेतृत्वको अन्तरिम ...

एमाले धरान कार्यालयमा तोडफोड गर्नेहरूलाई कारबाहीक

छाल खवर धरान,३० भाद्रः भदौ २४ गते जेनजी आन्दोलनको आवरणमा भएको आगजनी र तोडफो ...

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्र

छाल खवरधरान,३० भाद्रः सोमबार नवनियुक्त तीन मन्त्रीले शीतल निवासमा आयोजित सम ...

पार्टी छिटो पुनर्गठन गरौं एमाले नेता बास्कोटा

छाल खवर धरान,३० भाद्रः जेन जि आन्दोलनबाट ठूला राजनीतिक पार्टीका नेताहरु मौ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic