विश्वासको मत लिन नसकेपछि मुख्यमन्त्री कार्कीले दिए राजीनामा

  • असोज २०, २०८०
  • १,९१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२० असोजःविश्वासको मत लिन नसकेपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

शनिवार विश्वासको मत लिने समयमा मत पाउन नसकेपछि राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री काकीले विश्वासको मत लिँदा पक्षमा बहुमत नपुग्ने अवस्था देखेपछि राजीनामाको बाटो रोजेका थिए । नेपालको संविधानको धारा १६८ (३)अनुसार ठुलो दलको हिसाबमा कार्की मुख्यमन्त्री चयन भएका हुन् ।

सर्वोच्च अदालतको परमादेशपछि गएको भदौ २२ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेश सभा बैठकमा बोल्दै उनले बाहिरै बसेर भए पनि सङ्घीयता कार्यान्वयनमा सहयोग गर्ने बताए ।स्थायी सरकार नहुँदा प्रदेश संरचनाको विषयमा जनतामा वितृष्णा बढेको उनको भनाइ छ ।

कार्कीको राजीनामासंगै गठवन्धन दलहरुले मुख्यमन्त्री चयनका लागि छलफल शुरु गरेकाछन् ।

मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता इन्द्र बहादुर आङ्वो, निवर्तमान मुख्यमन्त्री उद्धव थापा र केदार काकीले आफ्नो दावी प्रस्तुत गरेकाछन् ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic