विष्णुु मेमोरीयलमा स्काउटको दिक्षान्त समारोह

  • असोज २८, २०८०
  • १,७११ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ असोजः विष्णु मेमोरियल स्कुल धरान–९ मा विष्णु स्काउट दलको दिक्षान्त समारोह सम्पन्न भएको छ ।

विद्यालयमा आयोजित सो दिक्षान्त समारोहमा ४४ जना स्काउट विद्यार्थीहरु दिक्षित भएका थिए ।

दिक्षित मध्ये पहिलोमा १४ जना छात्रा स्काउट्स र ८ जना छात्र स्काउट्सले सदस्यता ब्याज तथा स्कार्फ प्राप्त गरेका थिए ।

scout = 2

त्यसैगरी दोस्रो तहको विपि ब्याज र हाइक ब्याज प्राप्त गर्ने स्काउट्स छात्रतर्फ १२ जना र छात्रातर्फ १० जना रहेका छन् ।

२०५८ सालमा स्थापित स्काउटले विद्यालयमा नियमित रुपमा कार्यक्रमहरु गर्दै आएको छ ।

विद्यालयका सहायक प्रअ कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल स्काउट सुनसरीका समन्वय आयुक्त लक्ष्मण राई प्रमुख अतिथि रहेका थिए भने विद्यालयका प्रधानाध्यापक निलम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

विद्यालयले पढाईका साथै विभिन्न अतिरीक्त कार्यक्रमहरुलाई विशेष महत्वका साथ संचालन गर्दै आएको छ ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic