अनेम संघ क्षेत्रीय कमिटी अध्यक्षमा सविता राई निर्वाचित

  • कार्तिक १४, २०८०
  • ३,१९५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१४कार्तिक ः नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ)को सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई सर्वसम्मत निवार्चित भएकी छिन् ।

धरान १ स्थित एमाले पार्टी कार्यालयमा सोमवार सम्पन्न प्रथम अधिवेशनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको हो ।

अध्यक्षमा निवार्चित राई एमाले जिल्ला कमिटी सदस्यतथा संचारकर्मी पनि हुन् ।

संघका उपाध्यक्षमा बराहक्षेत्रकी मिना कार्की र धरानकी शिला राई निवार्चित भएकी छिन् ।

यस्तै, सविचमा रामधुनीकी सोमकुमारी सुनुवार, सहसचिवमा धरानकी मैया तिम्सिना र कोषाध्यक्षमा धरानकी विमला जवेगुु निवार्चित भएकी छिन् ।

त्यसै गरि सदस्यहरुमा बिमला श्रेष्ठ, मिना माझी, सविना धामी, यशोदा सुवेदी लामिछाने, रमा बुढाथोकी, सकुन्तला शाकय, डे कुमारी विक, लोक कुमारी श्रेष्ठ, सरिता गुरुङ, स्वस्तीका उदास, राजश्री हमालरहेकी छिन् ।

त्यस्तै शान्तामाया विश्वकर्मा, तारा लिंखा, विमला श्रेष्ठ, तारा राई, पुर्णदेवी राई, शान्ती योञ्जन, दिपकला राई, शर्मिला लिम्बु, नयन्द्र राई, दिलमाया राई, कल्पना राई, शान्ता कटुवाल, तुलसा कोइराला, विन्दा खड्का, सुमित्रा घिमिरे र निर्मला धामी रहेका छन् । थप सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने नव निर्वाचित अध्यक्ष राईले जानकारी दिएकी छन।

नव निर्वाचित अध्यक्ष राईका अनुुसार अधिवेशनबाट कमिटीको ६ जना पदाधिकारी र ३३ जना कार्यसमिति सदस्यहरु निवार्चित भएका छन् भने बाँकी ६ जना सदस्यहरु कार्यसमितिबाट मनोनित गर्न बाँकी रहेकोछ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic