नेवार एकता समाजद्धारा लाखामारी तालिम

  • कार्तिक २०, २०८०
  • ३,१०६ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० कार्तिक ः नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले कुनैपनि जाति र समुदायको मौलिक संस्कृतिका परिवारलाई परिचित गराउदै व्यवसायिकरण गर्नुपर्ने वताउनु भएको छ ।

नेवार एकता समाज धरान–९ ले सोमवार आयोजना गरेको एक दिने लाखामारी वनाउने तालिमको उद्घाटन गर्दै सो कुरा वताउनु भएको हो ।

talim = 2

उहाले नेवार समुदायको मौलिक परिवारका साथै सांस्कृतिक पहिचानको रुपमा रहेको लाखामरीलाई मौलिक पहिचान र संस्कृति मात्र नभएर व्यवसािियक रुपमा पनि लागू गर्नु पर्ने वताउनु भयो ।

उहाले तालिम लिएर मात्र सवै कुरा पूर्ण नहुने भन्दै तालिमलाई सदुपयोग गर्दै व्यवसायिक रुपमा लानको लागि सुझाव समेत दिनुभएको थियो ।

तालिमको लागि तालिम र सिक्नको लागि मात्र तालिमको रुपम विगत वर्षहरुमा हुने गरेको वताउदै तालिमले व्यवसायिक उपलव्धि हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

तालिमबाट प्रदेश भरीका पर्यटकहरुका लागि कोशेली उपहारको रुपमा लानका लागि उत्पादन गर्न सक्नुपर्नेमा उल्लेख गर्नुभयो ।

त्यसैगरी धरान उपमहानगरपालिका वडा नं ९ का वडाध्यक्ष रुपेश आचार्यले तालिमको व्यवासायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाले तालिमले सार्थकता पाउनु पर्नेमा जोड दिनुभयो ।

talim = 3

यस्ता व्यवासायिकमूखी तालिमहरुलाई वडाबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
तिहारको नजिक तालिम गर्दा तालिममा सहभागीहरुले आफूले सिकेको सीपलाई व्यवसायिक रुपमा लागू गर्न सकुन भन्ने उदेश्यले तालिमको आयोजना गरीएको वताउनु भयो ।

तालिममा ३५ जना सहभागी भएको संस्थाकी अध्यक्ष सविना शाक्यले जानकारी दिनुभयो ।
सहभागीहरुलाई सिर्जना शाक्यले तालिम दिनुभएको थियो भने कार्यक्रमको संयोजकमा संगिता श्रेष्ठ रहनु भएको थियो ।

उक्त कार्यक्रममा समाजका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख सुमन श्रेष्ठ तखाँछे, पूर्व केन्द्रीय सदस्य उमेश श्रेष्ठ, वडा नं. ९ का समाजका पूर्व अध्यक्ष तुलसीप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

 

 

 

 

 

 

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic