यस पटकको धरान रन नया सिस्टममा हुने यस पटकको धरान रन नया सिस्टममा हुने

  • कार्तिक २२, २०८०
  • ४,१८१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२२ कार्तिकः धरानमा आयोजना हुदै आएको धरान–१० के रन प्रतियोगितामा यस पटक विगत वर्षका भन्दा फरक हुने भएको छ ।

आयोजकले वुधवार पत्रकार सम्मनेलन गरी यस पटक विगत वर्ष भन्दा फरक हुने जानकारी गराएको हो ।

आयोजकले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार जुताको लेसमा चिप टाइमिङ सिस्टमको प्रयोग हुनेछ ।
११औं संस्करण २०७९ मा छातीमा टासेर चिप टाइमिङ सिस्टमको प्रयोग भएको थियो ।

धरान रनका अध्यक्ष रोमु राईले खुट्टामा प्रयोग गर्दा सहि टाईम दिने भएकाले यो वर्ष जुत्ताको लेसमा बाधेर चिप टाइमिङ सिस्टमको प्रयोग हुने बताए ।

आयोजकले दिएको जानकारी अनुसार शिक्षाको निम्ति च्यारेटी दौड ” १२ औं नेवा च्यारेटी २०८० फागुन १२ गते शनिवार हुने छ ।

धरान उपमहानगरले सुरु गरेको वन वे’लाई समर्थन गर्दै एघारौँ १० के रन प्रतियोगिता देखि रुट परिवर्तन भएको अध्यक्ष राईले बताए ।

प्रतियोगिताको परिर्वर्तित रुट पुतली लाइनबाट सुरु भई देशीलाइन, पुरानो बजार,पिण्डेश्वर मन्दिर, विजयपुर चौक , हात्तिसार क्याम्पस ,रेडक्रस भवन, अमरहाट कर्भड हल , जिरो पोइन्ट, जानकी चोक, धरान रंगशाला ,गणेशमान चौक ,पानीटंकी,कल्याण चौक , मङ्गलबारे, रत्नचोक, बुद्धचौक, दुर्गा चोक हुँदै पुतलीलाइनमा समाप्त भै भानुचौकमा समापन हुनेछ ।

प्रतियोगिता बिहान ७।३० बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा ३ हजार राष्ट्रिय तथा अन्र्तराष्ट्रिय धावकधाविकाहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा १२ वर्षमुनिका बालकालिकालाई ३ किमी दौड गराइनेछ । १२ बर्ष मुनिका बालबालिकाको दर्ता शुल्क ४ सय रहेको छ भने अन्य समुहको लागी मंसीर २१ गतेसम्म ४ सय ,माघ २९ गतेसम्म ५ सय र सो भन्दा पछि फागुन ५ गते सम्म दर्ता गर्दा ७ सय दर्ता शुल्क लाग्ने भएको छ भने फागुन ६ गते दर्ता पप्रक्रिया पुर्णरुपमा बन्द हुने जानकारी आयोजकले दिएको छ ।

प्रतियोगितामा खुल्लातर्फ महिला तथा पुरुष धावकधाविकाले प्रथम, द्वितीय र तृतीयले क्रमशः ६० हजार, ४० हजार, ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१२ वर्षमुनिका र १२ देखि १५ बर्षसम्मका धावकधाविकाले क्रमशः ७ हजार, ५ हजार र ३ हजार प्राप्त गर्नेछन । प्रतियोगितामा धरानका स्थानिय धावकधाविककालाई प्रोत्साहन स्वरुप आकर्षक पुरस्कार दिइने साथै प्रतियोगितामा ह्वील चियर रेस समेत गराईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी सम्पूर्ण सहभागीलाई टिसर्ट उपलब्ध गराउने साथै दौड पुरा गर्ने धावधाविकालाई प्रमाणपत्र र मेडल प्रदान गरिने भएको छ ।

प्रतियोगिताबाट खर्च कटाएर जोगाएको रकम धरान रन समूहको मातहतमा रहेको नेवा एजुकेसन फण्डमा जम्मा गरिने पनि अध्यक्ष राईले बताए ।

नेवा एजुकेशन फण्ड अनर्तगत सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई निरनतर छात्रवृत्ति दिइरहेको र सदैव फण्डलाई निरन्तरता दिने समूहको भनाई छ ।

्२०६९ सालमा प्रथम नेवा च्यारेटी ८ के हुदै आएको र हाल सम्म १२ नेवा च्यारेटी सम्म आईपुगेको अध्यक्ष राईले बताए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic