हिविसकसका विद्यार्थीहरुलाई व्यवहारीक शिक्षाको तालिमम

  • कार्तिक २३, २०८०
  • ७,७६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ कार्तिक ः हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरुलाई विदाको समयको सदुयोग गर्दै व्यवहारीक शिक्षाको एक हप्ते तालिम दिइएको छ ।

स्कुलले दशै र तिहारको छुट्टीको समयलाई सदुपयोग गर्दै एक हप्ते व्यवाहारीक लेखन सम्वन्धि तालिम दिएको हो ।

विद्यार्थीहरुलाई कार्यालयहरुमा दिने निवेदनको ढाचा,प्रस्ताव लेखन सम्वन्धि तालिम र वैठकमा माइन्युट लेखन सम्वन्धि तालिम दिएको स्कुलका निर्र्देशक गंगाराम राइृले जानकारी दिनुभएकाछन् ।

कार्तिक १७ गते देखि शुरु भएको सो तालिम विहिवार सम्पन्न भएको थियो ।

तालिममा शिक्षक सुवास मोक्तान, विकास कुमार शाहले दिएका थिए भने समापनमा पत्रकार तीर्थ कार्किले मोटीभेसन सम्वन्धि तालिम दिएका थिए ।

विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिने उदेश्यले तालिम दिएको निर्देशक राई वताए । सामान्य निवेदन लेख्नको लागि समेत अरुको सहयोग लिनुपर्ने भएकोले यो तालिम प्रभावकारी हुने विश्वास लिएको वताए ।

हरेक स्कुलहरुमा बालक्लव गठन भएको र वैठकको माइन्युट लेख्नु पर्ने भएकोले विद्यार्थीहरुलाई सहज हुने पनि राईको भनाई रहेको छ ।

विदाको समयको सदुपयोग गर्दै विद्यार्थीहरुले व्यवहारीक ज्ञान लिएको रार्इृले उल्लेख गरेका छन् ।
हिविसकस स्कुलले पढाईका अतिरीक्त विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic