हिविसकसका विद्यार्थीहरुलाई व्यवहारीक शिक्षाको तालिमम

  • कार्तिक २३, २०८०
  • ७,८३४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ कार्तिक ः हिविसकस इङ्लिस वोडिङ स्कुल धरान–१५ का विद्यार्थीहरुलाई विदाको समयको सदुयोग गर्दै व्यवहारीक शिक्षाको एक हप्ते तालिम दिइएको छ ।

स्कुलले दशै र तिहारको छुट्टीको समयलाई सदुपयोग गर्दै एक हप्ते व्यवाहारीक लेखन सम्वन्धि तालिम दिएको हो ।

विद्यार्थीहरुलाई कार्यालयहरुमा दिने निवेदनको ढाचा,प्रस्ताव लेखन सम्वन्धि तालिम र वैठकमा माइन्युट लेखन सम्वन्धि तालिम दिएको स्कुलका निर्र्देशक गंगाराम राइृले जानकारी दिनुभएकाछन् ।

कार्तिक १७ गते देखि शुरु भएको सो तालिम विहिवार सम्पन्न भएको थियो ।

तालिममा शिक्षक सुवास मोक्तान, विकास कुमार शाहले दिएका थिए भने समापनमा पत्रकार तीर्थ कार्किले मोटीभेसन सम्वन्धि तालिम दिएका थिए ।

विद्यार्थीहरुलाई व्यवहारीक ज्ञान दिने उदेश्यले तालिम दिएको निर्देशक राई वताए । सामान्य निवेदन लेख्नको लागि समेत अरुको सहयोग लिनुपर्ने भएकोले यो तालिम प्रभावकारी हुने विश्वास लिएको वताए ।

हरेक स्कुलहरुमा बालक्लव गठन भएको र वैठकको माइन्युट लेख्नु पर्ने भएकोले विद्यार्थीहरुलाई सहज हुने पनि राईको भनाई रहेको छ ।

विदाको समयको सदुपयोग गर्दै विद्यार्थीहरुले व्यवहारीक ज्ञान लिएको रार्इृले उल्लेख गरेका छन् ।
हिविसकस स्कुलले पढाईका अतिरीक्त विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

 

 

 

 

 

 

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic