नेपालमै पहिलो पट्क चतरा नहरमा स्टोन स्किपिङु प्रतियोगिता हुँदै

  • कार्तिक २४, २०८०
  • ३,७९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ कार्तिकः बराहक्षेत्रस्थित चतरा नहरमा नेपालकै पहिलो पट्क स्टोन स्किपिङ (पानीसुल्के) प्रतियोगिता आयोजना गरिने भएको छ ।

कात्तिक २८ गते भाइटिकाको अघिल्लो दिन महिला(पुरुष समूहमा उक्त प्रतियोगिता आयोजना गरिने भएको छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्टोन स्किपिङ ९पानी(सुल्के० प्रतियोगिता हुने आयोजक चतरा हाइकिङ समूहले बताएको छ ।

प्रतियोगिताका विजेताहरु पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

युवा सशक्तीकरण, मेलमिलाप र आपसी सदभाव भन्ने नाराका साथ बराहक्षेत्र वडा न १ मा अवस्थित चतरा नहरमा पहिलोपटक स्टोन स्किपिङ खेल आयोजना गरिने आयोजक संस्थाका संस्थापक भीषण राईले बताए ।

प्रतियोगिता गोबर्धन पूजाको दिन बिहान ११ बजेबाट सुरु गरिने छ । खेलाडीलाई प्रवेश शुल्क सय रुपैयाँ तोकिएको छ।

नेपालकै ठूलो चतरा नहरमा यो खेल आयोजना हुँदैछ। यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा ढुङ्गा फालेर खेलिने गरिन्छ। चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर यो खेल खेलिन्छ। जसमा पानीको सतहमा उक्त ढुङ्गा कतिपटक उफ्रिन्छ त्यसको गणना गर्ने गरिन्छ आयोजक संस्थाक सदस्य युवराज भट्टराईले भने ।

यो खेल अमेरिका, आयरल्यान्ड, स्कटल्याण्डलगायत देशमा प्रतियोगिताको रूपमा खेलिने आयोजकले बताए ।
प्रतियोगिता नेपालमा पहिलो पटक आयोजना हुने आयोजकको दाबी छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार ८८ पटक ढुङ्गा उफारेर अमेरिकी नागरिक कर्ट स्टेइनरले सन २०१३ मा यो खेलमा रेकर्ड राखेका छन् ।

ुधेरैले यो खेल बाल्य अवस्थामा जानअन्जानमा खेलेका थिए होलान् । सायद तपाईं हामीमा ती सबैको अनुभव साँचिएका छन् । यो खेल अहिले त्यसौको पुनरावृत्ति पनि हो।ु पत्रकार सम्मेलनमा आयोजक सदस्य विजय राउतले भने । खेलमा सहभागी हुन प्रतियोगिता स्थलमैसमेत नाम दर्ता गर्न सकिने बताइएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic