छाल खवर
धरान,२५ कार्तिक ः धरानमा कोशी प्रदेश कै पहिलो पटक सामुहिक म्हः पुजा आयोजना हुने भएको छ ।
नेवा मिसा दबु सुनसरीको आयोजनामा कोशी प्रदेशमै पहिलो पट्क धरानमा सामुहिक म्हः पूजा हुन लागेको हो ।
सामुहिक म्हःपूजा कार्यक्रम नयाँ वर्ष नेपाल संवत् ११४४ कछलाथ्व पारु तिथि विक्रम संवत २०८० कार्तिक २८ गते मंगलबारका दिन हुने शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम सयोजक लक्ष्मी प्रधानले जानकारी दिईन ।
सयुक्तरुपमा आयोजना हुने सामुहिक म्हः पुजामा ५० जनाको मात्र सहभागिता रहने छ भने सहभागिता वापत दर्ता शुल्क रु ५०० राखिएको छ भने पुजा कात्तिक २८ गते धरान ७ स्थित सिद्धि नेवाः परिषदको खुल्ला प्राङ्गणमा दिनको ठिक २ बजे देखि सुरु हुने सयोजक प्रधानले बताईन ।
नेवाः परम्परा भित्रको यो विशेष पर्वमा धरान भित्र छरिएर बसोबास गरिरहेका सम्पूर्ण नेवास्हरुलाई एकै थलोमा भेला गराई यसको महत्व र विधीका बारेमा जानकारी दिन सामुहिक म्हपुजा आयोजना गरिने भएको छ।
विशेष गरी यो पूजा परिवार भित्रका सदस्यहरु भेला भई आ(आफ्नो मण्डल अगाडि बसेर आफुले आफैलाई पुजा गर्ने प्रचलन रहेको भएतापनी यस वर्ष भने नेवाः समुदाय भित्रका परिवार विचमा सामुहिकरुपमा गरिन लागेको हो आयोजकले बताएको छ ।
यो पूजामा सहभागीहरु मध्येबाट जेष्ठताको आधारमा क्रमशः मण्डल अगाडि बसेर स(सम्मान पूजा गर्ने तयारी रहेको छ ।
कार्यक्रम नेवाः मिसा दबू, सुनसरी जिल्ला समिति, नेवास् ल्यायम्ह दबू सुनसरी जिल्ला समिति र नेवाः मिसा दबू धरान नगर समितिको संयुक्तरुपमा आयोजना हुने भएको छ ।
प्रदेशमा नै पहिलो पल्ट सामुहिक म्हःपूजा कार्यक्रमले नेवाः परम्परा भित्रको विशेष पर्वको बारेमा धरान भित्र छरिएर बसोबास गरिरहेका सम्पूर्ण नेवास्हरुलाई एकै थलोमा भेला गराई यसको महत्व र विधीका बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको सयोजक प्रधानले बताईन ।
कार्यक्रमको प्रबर्द्धन धरान उपमहानगरपालिका र नेवाः देय दबू धरानले गरेको छ भने व्यवस्थापकमा नेवाः सांस्कृतिक उत्थान मञ्च धरानले गरेको छ ।
म्हःपूजाको भनेको के हो
म्हः पूजाको शाब्दिक अर्थ शरीरको पूजा हो । विभिन्न विद्वानहरूले म्हःपूजाको अर्थ आत्म पूजा वा ब्रम्ह पूजा पनि भनेका छन् तर ती सबैको अर्थ एउटै हुने हुनाले म्हःपूजाको सम्बन्ध व्यक्तिको शरीरसँगै नै रहेको कुरा स्पष्ट हुन्छ ।
म्हःपूजा किन गरिन्छ
मानव जीवनमा संसारको सबै भन्दा बहुमुल्य वस्तु भनेको नै उसको शरीर हो । शरीर स्वास्थ्य, स्वच्छ, पवित्र भएमा कुनैपनि दुःख हुने छैन् । स्वस्थ शरीरले जुन सुकै गान्हो कार्य पनि सजिलै गर्न सकिन्छ । त्यसैले यस्तो बहुमुल्य र महत्वपूर्ण शरीरलाई सधै पूजा गरी पवित्र, निःक्लेश बनाई राख्नु पर्दछ भन्ने वैचारिक धारणा रहेको छ ।
संसारमा विना कारण कुनैपनि कार्य नहुने हुनाले यी दुई ९शरीर र आत्मा० एक अर्कासँग मन परे पनि मन नपरे पनि नङ्ग र मासु झैं मिलेर बस्नुपर्ने कुरा प्राकृतिक सत्य हो, नियम हो । मानिसले आफ्नो जीवनमा बाँचुञ्जेलसम्म मन, बचन र शरीरलाई शुद्ध बनाउनको लागि चाहिने क्रियाकलापप्रति ध्यान दिनु पर्दछ भन्ने कुरा दर्शाएको पाईन्छ । भन्नुको मतलब दुश्चरित्रको क्रियाकलापको फल भयानक हुन्छ । त्यसैले मानिसले आफ्नो यस्तो महत्वपूर्ण जीवनको बारेमा सही कर्म गर्ने तर्फ बुझ्न सकोस् भन्ने हेतुले यो म्हःपूजा गर्ने चलन चलेको देखिन्छ ।
स्वन्ती नखःको परिचय
परापूर्वकाल देखि नै नेवास्हरुले “स्वन्दु तिथी नखः वा छोटकरीमा ूस्वन्ती नखःू (तीन तिथिको चाड) भनेर मनाउने गर्दछ । जस अर्न्तगत पहिलो दिन धन देवताको पूजा (लक्ष्मी पूजा), म्हः पूजा (शरीर पूजा) र किजा पूजा (भाइ टिका) नेवास्हरुले मनाउने विशेष पर्वहरु मध्ये एक हो । ती तीन दिन मध्ये पनि म्हः पूजाको आफ्नै छुट्टै विशेषता र महत्व रहेको पाईन्छ । म्हः पूजा र नेपाल संवत् फरक फरक कुरा हुन । एकै दिन पर्न गएकोले यसको महत्व झनै बढेको पाईन्छ ।
Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved
Website By : Hash Tech Logic