तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण धरानको पर्यकटीय महत्व वढाउने विश्वास

  • कार्तिक २५, २०८०
  • ५,३०६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६कार्तिकः धरान प्रवेश गर्ने पूवी नाकाको रुपमा परिचित धरानको तिनकुने चोकको नाम परिवर्तन भएको छ ।

धरान उपमहानगरपालिकाले दक्षिण तर्फबाट धरान प्रवेश गर्ने मुख्य नाका तीनकुनेलाई ‘सिरिजंगा चौक’ नामाकरण गरेको हो ।

शनिवार बिहान चौकमा आयोजित कार्यक्रम बिच ‘सिरि जंगा चौक’ लेखिएको डिजिटल साइनबोर्ड अनावरण गरेर विधिवत् नामाकरण गरीएको थियो ।

धरान नगरपालिकामा तत्कालीन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा त्यहाँ किरात सिरीजंगा लिपिका प्रवर्द्धक सिरिजंगको पूर्ण कदको शालिक स्थापना भएको थियो । शालिक स्थापना भए पनि चौकको आधिकारिक नामाकरण भएको थिएन ।

धरान–१५ का वडाध्यक्ष नरेश कुमार इवारमले किरात याकथुङ चुम्लुङ धरान उपमहानगर समितिले धरान उपमहानगरपालिकालाई औपचारिक रूपमा गरेको अनुरोध अनुसार चौकको ‘सिरिजंगा चौक’ नामाकरण गर्न आग्रह गरेको थियो ।

वडाध्यक्ष इवारमले चोक नामाकरणलाई कार्यपालिका बैठकको एजेन्डाको रूपमा पारित गरेर सरकारी दस्ताबेजहरूमा नामाकरण गराउने प्रतिबद्धता जनाएका थिए ।

चुम्लुङ केन्द्रीय उपाध्यक्ष डा.कमल तिगेला लिम्बुले ‘आदिवासीका मातृभाषाको विकासका लागि किरात सिरिजंगा लिपीको प्रवर्द्धनमा योगदान गरेका सिरिजंगाको सम्मानमा ‘सिरिजंगा चौक’ नामाकरण हुनु सबैका लागि खुशीको कुरा भएको वताए ।

चुम्लुङ धरान उपमहानगर अध्यक्ष तीर्थ मादेम्बाले सिरीजंगा चोकलाई औपचारीक नामाकरणको मान्यता दिएकोमा धरान उपमहानगरपालिकाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

मादेम्बाले चौकको नामाकरणले धरानको पर्यटकीय महत्त्व बढाउने विश्वास व्यक्त गरे ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic