डा.धनरत्न शाक्यद्वारा मानसिक स्वास्थ्यबारे सचेतना

  • कार्तिक २५, २०८०
  • ७५२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ कार्तिकः नसा तथा मनोरोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे सचेतना गराउनु भएको छ ।

मानिसको आनीबानी, बोली, ब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयमले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने भन्नेबारेमा डा।शाक्यले जानकारी गराउन्ज्भयो।
त्यस्तै मानसिक स्वास्थ्य के हो र मानसिक समस्या कसरी उत्पन्न हुन्छ, मानसिक रोगहरुका लक्षणहरु के के हुन र उपचारका कसरी गर्न सकिन्छ भन्नेबारेमा सहभागीहरुलाई प्राध्यापक डा.शाक्यले अन्तरक्रियात्मक ढङ्गले प्रशिक्षण दिनु भएको थियो।

डा. शाक्यले ब्यस्त जनजीवनका कारण मानसिक स्वास्थ्यका समस्याहरु जटिल बन्दै गएको प्रति सचेत गराउदै कोही कसैका आफ्ना नियमित र सामान्य व्यवहारमा परिवर्तन वा अन्य मनोबैज्ञानिक बदलाव सहितका लक्षणहरु लामो समय रही जीवनका विविध पाटामा समस्या पैदा भएमा मानसिक रोग वा मानसिक स्वास्थ्यका समस्या हुनसक्ने तर्फ सचेत गराउदै गराउनु भयो।

मानसिक स्वास्थ्यका लक्षण देखिने बितिकै आवश्यक उपचार र परामर्शका लागि सचेत हुनुपर्नेमा डा।शाक्यले जोड दिनुभयो ।

डा.शाक्यका अनुसार बेलैमा सचेत हुन सकिएन भने मानसिक स्वास्थ्य बिग्रेर कडा मानसिक रोग र विभिन्न जटिलताहरु आइपर्ने हुन्छ।

त्यसैले, मानसिक स्वास्थ्यका सवालहरुमा सचेतनाको आवश्यकता रहेको डा.शाक्यले बताउनु भयो ।

रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष गंगालक्ष्मी अवालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा पूर्व अध्यक्ष सुन्दरप्रताप राणाले धन्यवाद ज्ञापन गर्नुभयो ।

निवर्तमान अध्यक्ष विनिता हाडा प्रधानांगले क्लवका क्रियाकलापहरुबारेमा संक्षेपमा राख्नुभयो।

सो सेसनमा यूसेप नेपालका निर्देशक केशव सुवाल, दुई दर्जन बढि पदाधिकारीहरु लगायत अन्य ब्यक्तित्वहरुको सहभागिता थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic