डा.धनरत्न शाक्यद्वारा मानसिक स्वास्थ्यबारे सचेतना

  • कार्तिक २५, २०८०
  • ५३८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ कार्तिकः नसा तथा मनोरोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले रोटरी क्लव अफ भक्तपुरका पदाधिकारीहरु सहितको समूहलाई मानसिक स्वास्थ्यबारे सचेतना गराउनु भएको छ ।

मानिसको आनीबानी, बोली, ब्यवहार, भावना, सोच आदिमा देखिएका परिवर्तनहरु मानसिक रोगका लक्षण नै हुन् कि भन्ने कुरा स्वयमले, परिवार, साथीभाई, इष्टमित्रहरुले कसरी बुझ्ने भन्नेबारेमा डा।शाक्यले जानकारी गराउन्ज्भयो।
त्यस्तै मानसिक स्वास्थ्य के हो र मानसिक समस्या कसरी उत्पन्न हुन्छ, मानसिक रोगहरुका लक्षणहरु के के हुन र उपचारका कसरी गर्न सकिन्छ भन्नेबारेमा सहभागीहरुलाई प्राध्यापक डा.शाक्यले अन्तरक्रियात्मक ढङ्गले प्रशिक्षण दिनु भएको थियो।

डा. शाक्यले ब्यस्त जनजीवनका कारण मानसिक स्वास्थ्यका समस्याहरु जटिल बन्दै गएको प्रति सचेत गराउदै कोही कसैका आफ्ना नियमित र सामान्य व्यवहारमा परिवर्तन वा अन्य मनोबैज्ञानिक बदलाव सहितका लक्षणहरु लामो समय रही जीवनका विविध पाटामा समस्या पैदा भएमा मानसिक रोग वा मानसिक स्वास्थ्यका समस्या हुनसक्ने तर्फ सचेत गराउदै गराउनु भयो।

मानसिक स्वास्थ्यका लक्षण देखिने बितिकै आवश्यक उपचार र परामर्शका लागि सचेत हुनुपर्नेमा डा।शाक्यले जोड दिनुभयो ।

डा.शाक्यका अनुसार बेलैमा सचेत हुन सकिएन भने मानसिक स्वास्थ्य बिग्रेर कडा मानसिक रोग र विभिन्न जटिलताहरु आइपर्ने हुन्छ।

त्यसैले, मानसिक स्वास्थ्यका सवालहरुमा सचेतनाको आवश्यकता रहेको डा.शाक्यले बताउनु भयो ।

रोटरी क्लव अफ भक्तपुरका अध्यक्ष गंगालक्ष्मी अवालले सहजीकरण गर्नुभएको सो कार्यक्रममा पूर्व अध्यक्ष सुन्दरप्रताप राणाले धन्यवाद ज्ञापन गर्नुभयो ।

निवर्तमान अध्यक्ष विनिता हाडा प्रधानांगले क्लवका क्रियाकलापहरुबारेमा संक्षेपमा राख्नुभयो।

सो सेसनमा यूसेप नेपालका निर्देशक केशव सुवाल, दुई दर्जन बढि पदाधिकारीहरु लगायत अन्य ब्यक्तित्वहरुको सहभागिता थियो ।

हिविसकस वोडिङ स्कुलमा विद्यार्थीको चुनाव

छाल खवरधरान,८जेठः हिविसकसस इङ्लिस वोडिङ स्कुल धरान–१५ मा क्याप्टेन र ...

एसइई स्पिकरमा १९ जना सेमीफाइनमा प्रवेश

छालख खर धरान,४ वैशाख ः ¥याडिकल लाईट नेपाल प्रालि. धरानद्वारा आयोजित कोश ...

पार्टी विभाजनको हल्लाको पछि नलाग्न अध्यक्ष नेपालक

छाल खवर धरान,४ जेठः नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले &ls ...

बुवाको नाममा अक्षयकोष स्थापना

छाल खवर धरान,३१ वैशाखः युवा व्वसायी युवराज शंकर र मिलन शंकरले आफ्नो बुवाको ...

कोशी माविमा विद्यार्थीको चुनाव

छाल खवर धरान,३१ वैशाखः कोशी माध्यमिक विद्यालय वराह‌क्षेत्र –८ मा ...

आइएसए नेपाल झापा,इमोर्टल क्लब र धरान मेघा, अगाडि

छाल खवर धरान,३० वैशाखः धरानमा जारी दोस्रो अल्फा विटा ओपन महिला पुरुष बास्के ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic