कोशीमा दुधको मुल्य १० रुपैया घट्यो

  • कार्तिक २६, २०८०
  • ३,०३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२६कार्तिक ः कोशी प्रदेशका निजी डेरी उद्योगले दूधको उपभोक्ता मूल्य घटाउने निर्णय गरेका छन्।

डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।

कोशी प्रदेश डेरी उद्योग संघको बिहीबार बसेको बैठकले दूधको मूल्य घटाउने निर्णय गरेको हो।कोशी प्रदेशमा दूधको अधिक उत्पादन भएका कारण केही महिनायता किसानहरुले मिल्क होली डेको सामना गर्दै आएका छन्।

डेरी उद्योगहरुले मिल्क होली डे को अवस्था आउन नदिन अधिकतम प्रयत्न गरेको भए पनि उत्पादन अनुसार दूधको बिक्री बढाउन नसक्दा उपभोक्ता मूल्य घटाउने निर्णय गरेका हुन्।

दूधको मूल्य घटेसँगै दूधबाट बनेको वस्तुको मूल्य पनि घट्ने भएकोले संघले विभिन्न वस्तुको मूल्य घटाएर निर्धारण गरेको छ।

कोशी प्रदेशका ठूला विभिन्न ८ वटा डेरी उद्योगहरु आवद्ध संघको बैठक बसेको थियो।उक्त बैठकले किसानले उत्पादन गरेको दूधको बजार सुनिश्चित गर्न भन्दै दूधको मूल्य घटाउने निर्णय गरेको थियो।घटेको नयाँ मूल्य कात्तिक २६ गते आइतबारबाट लागु गर्ने संघले जनाएको छ।

मैत्रीपुर्ण फुटसलमा पत्रकार महासंघ सुनसरी बिजयी

धरान : धरान १५ स्थित हिविसकस इङ्ग्लिस वोर्डिङ्ग स्कूलद्वारा आयोजित मैत्री ...

सुनाखरी एकेडेमी कपको उपाधि आयोजकको पोल्टामा

छाल खवर धरान,१७ मंसिर ः धरानमा जारी सुनाखरी एकेडेमी कप फुटबल प्रतियोगिताको ...

शिक्षासेवी घिमिरेद्वारा आमाको नाममा १ लाखको अक्षय

छाल खवर धरान,१५ मंसिर ः शिक्षा सेवि तथा समाजसेवी सुरेन्द्र घिमिरेले आफ्नो ज ...

सुनाखरी रातो विजयी

छाल खवर धरान, १४ मङ्सिर — धरानमा जारी सुनाखरी एकेडेमी कपको आइतवारको ख ...

हिबिस्कस क्विज मेनियाको लागि २५ विद्यालय सहभागी

छाल खवर धरान,१४मंसिरः हिविस्कस इङ्लिस बोडिङ स्कुल धरान–१५ ले आयोजना ग ...

धरानमा खेलकुद महोत्सवको आयोजना हुने

छाल खवर धरान,१३ मंसिर ः धरानमा पहिलो पटक खेलकुद महोत्सव आयोजना हुने भएको छ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic