नेपाल मै पहिलो पटक धरानमा भोजपुरी मैथिली सांगितिक धमाका

  • कार्तिक २७, २०८०
  • ४,६०७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर 

धरान,२७ कार्तिक ः धरानमा नेपालमा नै पहिलो पटक मैथिली भोजपुरी सांगितिक धमाका आयोजना हुने भएको छ ।

वुढासुव्वा टेन्ट हाउसको आयोजनामा मंसिर १ गते धरान–स्थित पव्लिक हाइस्कुलको मैदानमा सो धमाका आयोजना हुन लागेको हो ।

सो सांगितिक धमाकामा भारतको फारविजगन्ज, पटना,पश्चिम वंगाल, नेपालको जनकपुर तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बुढासुव्वा टेन्ट हाउस धरानका संचालक दिपक भगतले जानकारी दिनुभएको छ ।

सो धमाकामा ६ हजार दर्शक सहभागी हुने अपेक्षा गरीएको भगतको भनाई रहेको छ । उक्त धमाकामा सह आयोजक कलवार सेवा समिति रहेको छ भने प्रायोजकमा धरान टेन्ट व्यवसायी समाज रहेको छ ।

सो कार्यक्रममा १२ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको भगतको भनाई रहेको छ ।

कार्यक्रममा भोजपुरी र मैथिली गित,नृत्य तथा छठ पर्व विशेष झाकी समेत प्रद्धर्शन हुने भएको छ ।

झाकी प्रद्धशनका लागि भारतबाट १० जनाको समूह आउने र विभिन्न प्रकारका झाकी प्रद्धशन गर्ने आयोजकले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा छ्ठ पर्वसम्बन्धी सांस्कृतिक गीत, नृत्य तथा झाँकी, सामाचकेवा, झिंझिया, राधाकृष्ण झाँकी लगायत सांस्कृतिक प्रस्तुतिलाइृ दर्शकले मनोरन्जन गर्न पाउने छन् ।

साङ्गीतिक कार्यक्रममा कलाकारहरु राज शोनी, विष्णु जुनियर पवन सिंह, काजल मलिक, पङ्कज मतवाला, भगवत मण्डल, रानी मन्जितकोरलगायतका चर्चित कलाकारको प्रस्तुति रहने आयोजक समितिका संयोजक भगतले वताउनु भएको छ ।

कार्यक्रममा प्रवेश शुल्कको रुपमा १ सय रुपैया लाग्ने आयोजकको भनाई रहेको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic