नेपाल मै पहिलो पटक धरानमा भोजपुरी मैथिली सांगितिक धमाका

  • कार्तिक २७, २०८०
  • ४,६९१ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर 

धरान,२७ कार्तिक ः धरानमा नेपालमा नै पहिलो पटक मैथिली भोजपुरी सांगितिक धमाका आयोजना हुने भएको छ ।

वुढासुव्वा टेन्ट हाउसको आयोजनामा मंसिर १ गते धरान–स्थित पव्लिक हाइस्कुलको मैदानमा सो धमाका आयोजना हुन लागेको हो ।

सो सांगितिक धमाकामा भारतको फारविजगन्ज, पटना,पश्चिम वंगाल, नेपालको जनकपुर तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले बुढासुव्वा टेन्ट हाउस धरानका संचालक दिपक भगतले जानकारी दिनुभएको छ ।

सो धमाकामा ६ हजार दर्शक सहभागी हुने अपेक्षा गरीएको भगतको भनाई रहेको छ । उक्त धमाकामा सह आयोजक कलवार सेवा समिति रहेको छ भने प्रायोजकमा धरान टेन्ट व्यवसायी समाज रहेको छ ।

सो कार्यक्रममा १२ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ ।संस्कृतिको संरक्षण र प्रवद्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको भगतको भनाई रहेको छ ।

कार्यक्रममा भोजपुरी र मैथिली गित,नृत्य तथा छठ पर्व विशेष झाकी समेत प्रद्धर्शन हुने भएको छ ।

झाकी प्रद्धशनका लागि भारतबाट १० जनाको समूह आउने र विभिन्न प्रकारका झाकी प्रद्धशन गर्ने आयोजकले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार कार्यक्रममा छ्ठ पर्वसम्बन्धी सांस्कृतिक गीत, नृत्य तथा झाँकी, सामाचकेवा, झिंझिया, राधाकृष्ण झाँकी लगायत सांस्कृतिक प्रस्तुतिलाइृ दर्शकले मनोरन्जन गर्न पाउने छन् ।

साङ्गीतिक कार्यक्रममा कलाकारहरु राज शोनी, विष्णु जुनियर पवन सिंह, काजल मलिक, पङ्कज मतवाला, भगवत मण्डल, रानी मन्जितकोरलगायतका चर्चित कलाकारको प्रस्तुति रहने आयोजक समितिका संयोजक भगतले वताउनु भएको छ ।

कार्यक्रममा प्रवेश शुल्कको रुपमा १ सय रुपैया लाग्ने आयोजकको भनाई रहेको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic