धनकुटा डाडा वजारको भानुस्मृति स्कुललाई ३ रोपनी १० आना बढी जग्गा प्रदान सात लाख वरावरको अक्षयकोष स्थापना

  • मंसिर ११, २०८०
  • ६,१९४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ मंसिर ः आफ्नो जन्म भूमिको माया कसलाई हुदैन र आफ्नो गाउ ठाउको विकास भएको हेर्ने इच्छा कसलाई हुदैन गाउ वनाउने सपना र भावना हुनु स्वभाविक कुरा हो यसैक्रममा धनकुटाको सागुरीगढी गाउपालिका ५ का प्रवासीहरुले गाउको स्कुलका लागि ठूलो सहयोग गरेकाछन् ।

प्रवासमा वसेर पनि डाँडाबजार स्थित भानुस्मृति माध्यमिक विद्यालयलाई चौबिसे समाज हङकङले २१ लाख मूल्य बराबरको ३ रोपनी १० आना १ दाम जग्गा खरिद गरी हस्तान्तरण गरेको छ ।

माध्यामिक विद्यालयसम्मको पढाई भइरहेको यो स्कुलमा ११–१२ सहित कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि चौबिसे समाजले जग्गा प्रदान गरेको हो ।

समाजले हङकङमा सङ्कलन गरेको रकम मध्ये २१ लाख रुपैयाँमा जग्गा खरिद गरी बाँकी बचेको ७ लाख रुपैयाँ विद्यालय कै नाममा अक्षयकोष स्थापना गरिदिएको छ ।

सहयोग संकलन समितिका संयोजक तथा चौविसे समाज हङकङका अध्यक्ष निरप्रसाद लिम्वुले  विद्यालय परिसरमा पत्रकार सम्मेलन गरेर सहयोगको वारेमा जानकारी गराएका  थिए ।

Purja

पत्रकार सम्मेलनमा सागुरिगढि गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाल राइृले समाजले गरेको सहयोगको प्रसंशा व्यक्त गर्दै गाउपालिकाले कलेज निर्माणका लागि थप पहल गरीरहेको वताए । एक पालिका एक स्नातक तहको योजना अन्तर्गत सो विद्यालयले वनाउन लागिएको पनि जानकारी दिए ।

प्रधानाध्यापक यज्ञबहादुर लिम्बूले स्कुलले जतिसुकै धन्यवाद ज्ञापन गरेपनि समाजले गरेको सहयोगको प्रसंशा अपुरै हुने वताए । व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुमलाई जग्गाको कागजात, अक्षयकोष संयुक्त रूपमा हस्तान्तरण गरेको छ ।

संयोजक लिम्बुका अनुसार डाँडा बजारका स्थानीय विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न सधैँ धरान, धनकुटा झर्नुपर्ने बाध्यता छ । उनीहरूलाई घरकै गाँस बास खाएर पढ्न पाउने व्यवस्थाको लागि सहयोग चलाइएको अभियान सफल भएको छ ।

उनका अनुसार ७ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट आएको रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिने छ ।

चौबिसे समाज हङकङद्वारा जग्गा दान र परोपकारी कोषमामा ४० जना दाताहरूले आर्थिक सहयोग गरेका थिए ।
दाताहरूमा पदम बहादुर याखा, सीपीएल निर प्रसाद चोबेगु, खगेन्द्र लिम्बु,चन्द्र कुमार चोबेगु,सन्तोष कुमार चोबेगु, सुरेन दिवान,डिल्ली याखा, मोहन प्रसाद चोबेगु ,आशा सुहाङ लिम्बु छन् ।

साथै इन्द्र दिवान, पदम सन्योक, लक्ष्मी सन्योक, मोहन सन्योक,उन्बक सन्योक,खसेन्द्र चोबेगु , रमेश थापा मगर , फुलकुमारी याखा राई, निलु याखा राई, जासुदा खजुम लिम्बु, देवी खजुम लिम्बु, उमा खजुम लिम्बु, बालकृष्ण दिवान ,निरबहादुर तुम्बापु लिम्बु , खड्ग राज दिवान, गोविन्द संगसन राई, सन्योक लिम्बु दाता रहेका छन् ।

यस्तै भक्त चोङहाङ लिम्बु, इवाहाङ लिम्बु, ललित चेम्जोङ, देशबहादुर इवाहाङ, रमेश कुमार राई, इन्द्रबहादुर गुरुङ, दुर्गा मनिका राई, कुमारी लिम्बु, मदन राई, चन्द्र गुरुङ, केशरबहादुर थापा, ज्ञानबहादुर गुरुङ, विकास वनेम लिम्बुले दाताका रूपमा रहेका छन् ।

युवा समाजसेवी श्रीसुव्वाले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिको लागि गरेको लगानी र सेवाले अन्य सहयोगीहरुलाई पनि थप हौसला मिल्ने वताए ।

भानुस्मृति माविमा उच्च शिक्षा सञ्चालन गर्न २०५२ साल देखी प्रयास भइरहेको थियो ।
स्कुलमा हाल प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियर, व्यवस्थापन र शिक्षा संकायको पढाई हुदै आएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic