धनकुटा डाडा वजारको भानुस्मृति स्कुललाई ३ रोपनी १० आना बढी जग्गा प्रदान सात लाख वरावरको अक्षयकोष स्थापना

  • मंसिर ११, २०८०
  • ६,२४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,११ मंसिर ः आफ्नो जन्म भूमिको माया कसलाई हुदैन र आफ्नो गाउ ठाउको विकास भएको हेर्ने इच्छा कसलाई हुदैन गाउ वनाउने सपना र भावना हुनु स्वभाविक कुरा हो यसैक्रममा धनकुटाको सागुरीगढी गाउपालिका ५ का प्रवासीहरुले गाउको स्कुलका लागि ठूलो सहयोग गरेकाछन् ।

प्रवासमा वसेर पनि डाँडाबजार स्थित भानुस्मृति माध्यमिक विद्यालयलाई चौबिसे समाज हङकङले २१ लाख मूल्य बराबरको ३ रोपनी १० आना १ दाम जग्गा खरिद गरी हस्तान्तरण गरेको छ ।

माध्यामिक विद्यालयसम्मको पढाई भइरहेको यो स्कुलमा ११–१२ सहित कलेज सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि चौबिसे समाजले जग्गा प्रदान गरेको हो ।

समाजले हङकङमा सङ्कलन गरेको रकम मध्ये २१ लाख रुपैयाँमा जग्गा खरिद गरी बाँकी बचेको ७ लाख रुपैयाँ विद्यालय कै नाममा अक्षयकोष स्थापना गरिदिएको छ ।

सहयोग संकलन समितिका संयोजक तथा चौविसे समाज हङकङका अध्यक्ष निरप्रसाद लिम्वुले  विद्यालय परिसरमा पत्रकार सम्मेलन गरेर सहयोगको वारेमा जानकारी गराएका  थिए ।

Purja

पत्रकार सम्मेलनमा सागुरिगढि गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाल राइृले समाजले गरेको सहयोगको प्रसंशा व्यक्त गर्दै गाउपालिकाले कलेज निर्माणका लागि थप पहल गरीरहेको वताए । एक पालिका एक स्नातक तहको योजना अन्तर्गत सो विद्यालयले वनाउन लागिएको पनि जानकारी दिए ।

प्रधानाध्यापक यज्ञबहादुर लिम्बूले स्कुलले जतिसुकै धन्यवाद ज्ञापन गरेपनि समाजले गरेको सहयोगको प्रसंशा अपुरै हुने वताए । व्यवस्थापन समिति अध्यक्ष पूर्ण खजुमलाई जग्गाको कागजात, अक्षयकोष संयुक्त रूपमा हस्तान्तरण गरेको छ ।

संयोजक लिम्बुका अनुसार डाँडा बजारका स्थानीय विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न सधैँ धरान, धनकुटा झर्नुपर्ने बाध्यता छ । उनीहरूलाई घरकै गाँस बास खाएर पढ्न पाउने व्यवस्थाको लागि सहयोग चलाइएको अभियान सफल भएको छ ।

उनका अनुसार ७ लाख रुपैयाँको अक्षय कोषको व्याजबाट आएको रकम गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम प्रदान गरिने छ ।

चौबिसे समाज हङकङद्वारा जग्गा दान र परोपकारी कोषमामा ४० जना दाताहरूले आर्थिक सहयोग गरेका थिए ।
दाताहरूमा पदम बहादुर याखा, सीपीएल निर प्रसाद चोबेगु, खगेन्द्र लिम्बु,चन्द्र कुमार चोबेगु,सन्तोष कुमार चोबेगु, सुरेन दिवान,डिल्ली याखा, मोहन प्रसाद चोबेगु ,आशा सुहाङ लिम्बु छन् ।

साथै इन्द्र दिवान, पदम सन्योक, लक्ष्मी सन्योक, मोहन सन्योक,उन्बक सन्योक,खसेन्द्र चोबेगु , रमेश थापा मगर , फुलकुमारी याखा राई, निलु याखा राई, जासुदा खजुम लिम्बु, देवी खजुम लिम्बु, उमा खजुम लिम्बु, बालकृष्ण दिवान ,निरबहादुर तुम्बापु लिम्बु , खड्ग राज दिवान, गोविन्द संगसन राई, सन्योक लिम्बु दाता रहेका छन् ।

यस्तै भक्त चोङहाङ लिम्बु, इवाहाङ लिम्बु, ललित चेम्जोङ, देशबहादुर इवाहाङ, रमेश कुमार राई, इन्द्रबहादुर गुरुङ, दुर्गा मनिका राई, कुमारी लिम्बु, मदन राई, चन्द्र गुरुङ, केशरबहादुर थापा, ज्ञानबहादुर गुरुङ, विकास वनेम लिम्बुले दाताका रूपमा रहेका छन् ।

युवा समाजसेवी श्रीसुव्वाले विदेशमा रहेर पनि आफ्नो जन्मभूमिको लागि गरेको लगानी र सेवाले अन्य सहयोगीहरुलाई पनि थप हौसला मिल्ने वताए ।

भानुस्मृति माविमा उच्च शिक्षा सञ्चालन गर्न २०५२ साल देखी प्रयास भइरहेको थियो ।
स्कुलमा हाल प्राविधिक धारतर्फ इलेक्ट्रिकल इन्जिनियर, व्यवस्थापन र शिक्षा संकायको पढाई हुदै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic