युएन कलेजका विद्यार्थीहरुलाई लागू औषध सम्वन्धि जानकारी

  • मंसिर १५, २०८०
  • ७,०४८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः युएन कलेज धरान–१६ ले विद्यार्थीहरुका लागि लागू औषध तथा साइवर अपराध सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि लागू औषध दुर्ब्यसन तथा साइवर अपराध सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

विद्याथीहरु कुलतमा नफसुन भन्ने उदेश्यका साथ कलेजमा आयोजित कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए ।

UN NEWS = 2 सो कार्यक्रममा राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सो क्रममा राईले लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका आदी वारे बिद्यार्थीहरुलाई सचेत गराएका थिए ।

सकभर लागू औषधको दलदलमा युवाहरुलाई फस्नै नदिने र फसि हालेको खण्डमा आफ्ना साथिहरुको शंकास्पद गतिबिधी निगरानी गर्ने, साथिको समस्यालाई सुनिदिने र उपयुक्त सल्लाह दिने, साथिलाई सहयोगात्मक व्यवहार गर्ने र साथिलाई गलत संगतमा फस्न नदिने जस्ता कुराहरु अपनाउन सकिने उपायका वारेमा सहजकर्ता राईले बिद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

कलेजका क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापाले अहिलेको समयमा युवा बिद्यार्थीहरुका लागि लागूऔषध, साईबर क्राईम लगायत विभिन्न प्रकारका सचेतना कक्षाहरु दिन अति आवस्यक रहेकोले लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना कक्षा संचालन गरिएको जानकारी दिए।

आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिइने क्याम्पस प्रमुख तुम्बापोको भनाई रहेको छ ।
सचेतना कक्षा युवा बिद्यार्थीहरुका लागि फलदायी र उपलव्धिमुलक भएको शान्तिदुत एबम कलेजका प्राध्यापक राम बहादुर लिम्बुको भनाई रहेको छ ।

होटल मेनेजमेन्ट कलेजको क्षेत्रमा प्रदेश कै उत्कृष्ट कलेजले पढाईका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic