युएन कलेजका विद्यार्थीहरुलाई लागू औषध सम्वन्धि जानकारी

  • मंसिर १५, २०८०
  • ७,०८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१५ मंसिर ः युएन कलेज धरान–१६ ले विद्यार्थीहरुका लागि लागू औषध तथा साइवर अपराध सम्वन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कलेजले बिहिबार प्लस टु मा अध्ययनरत बिद्यार्थीहरुका लागि लागू औषध दुर्ब्यसन तथा साइवर अपराध सम्बन्धि एक दिने सचेतना कार्यक्रम सम्पन्न गरेको हो।

विद्याथीहरु कुलतमा नफसुन भन्ने उदेश्यका साथ कलेजमा आयोजित कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक भिमराज राईले गरेका थिए ।

UN NEWS = 2 सो कार्यक्रममा राईले लागू औषध के हो, लागू औषधको कुलतमा किशोर किशोरीहरु कसरी फस्छन, लागू औषधको कारोबार गर्ने वा सेवनकर्तालाई कानुनी कार्वाही के हुन्छ लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

सो क्रममा राईले लागू औषधको दलदलमा फसेका युवाहरुलाई छुटाउने उपाय, कुलतबाट छुटाउन युवाको भुमिका आदी वारे बिद्यार्थीहरुलाई सचेत गराएका थिए ।

सकभर लागू औषधको दलदलमा युवाहरुलाई फस्नै नदिने र फसि हालेको खण्डमा आफ्ना साथिहरुको शंकास्पद गतिबिधी निगरानी गर्ने, साथिको समस्यालाई सुनिदिने र उपयुक्त सल्लाह दिने, साथिलाई सहयोगात्मक व्यवहार गर्ने र साथिलाई गलत संगतमा फस्न नदिने जस्ता कुराहरु अपनाउन सकिने उपायका वारेमा सहजकर्ता राईले बिद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

कलेजका क्याम्पस प्रमुख डम्वर कुमार तुम्बापाले अहिलेको समयमा युवा बिद्यार्थीहरुका लागि लागूऔषध, साईबर क्राईम लगायत विभिन्न प्रकारका सचेतना कक्षाहरु दिन अति आवस्यक रहेकोले लागू औषध दुर्ब्यसन सम्बन्धि सचेतना कक्षा संचालन गरिएको जानकारी दिए।

आगामी दिनमा पनि यस्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिइने क्याम्पस प्रमुख तुम्बापोको भनाई रहेको छ ।
सचेतना कक्षा युवा बिद्यार्थीहरुका लागि फलदायी र उपलव्धिमुलक भएको शान्तिदुत एबम कलेजका प्राध्यापक राम बहादुर लिम्बुको भनाई रहेको छ ।

होटल मेनेजमेन्ट कलेजको क्षेत्रमा प्रदेश कै उत्कृष्ट कलेजले पढाईका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic