ब्रह्मकुमारी राजयोग सेवा केन्द्र धरानले १ सय जनालाई सम्मान गर्नै

  • मंसिर १६, २०८०
  • १,७६७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१६मंसिर ःब्रह्मकुमारी राजयोग सेवा केन्द्र धरानले आउँदो सोमवार धरान क्षेत्रमा रहेर सामाजिक क्षेत्रमा योगदान गर्ने १ सय जनालाई सम्मान गर्ने भएको छ ।

सो अवसरमा भारतको माउण्टआबु स्थित अन्तर्राष्ट्रिय प्रजापिता ईश्वरीय विश्वविद्यालयका प्रसिद्ध उत्प्रेरक प्राध्यापक ईवी गिरिसबाट धरानका विद्यार्थीहरूलाई कलेजहरूमा उत्प्रेरक कक्षा सञ्चालन गर्ने भएको छ ।

सोही अवसरमा धरानका १०० समाजसेवीहरूलाई सम्मान गरिने केन्द्रकी नानीमैया श्रेष्ठले जानकारी दिएकी छिन् ।

शनिवार पत्रकार सम्मेलन आयोजना गरी श्रेष्ठले तनाव मुक्ति अहिलेको सबै भन्दा पहिलो समस्या समाधान भएको बताइन् ।

व्यक्तित्व विकास एवं चरित्र निर्माणको आधार राजयोग ध्यानको माध्यमबाट सकारात्मक चिन्तनका साथ जीवन जिउने कला, व्यसन र तनावबाट मुक्ति पाउन सकिने पनि वताईन ।

विज्ञानले ल्याएको विश्वव्यापी परिवर्तनले युवा पुस्तामा प्रतिस्पर्धा सँगै तनाव बढाएको छ, परिवर्तनलाई सहज रूपमा जीवनोपयोगी बनाउन ज्ञानको प्रयोग जरुरी भएको र त्यो ज्ञान राजयोग ध्यान नै भएको ब्रह्मकुमार सुनिल श्रेष्ठले बताए ।

टोलीले नेपालका विभिन्न सहरहरूमा सामाजिक, धार्मिक, शिक्षा, स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण, खेलकुद, प्रकृतिको संरक्षणका उत्प्रेरक कार्यक्रम गर्नेछन् ।

ब्रह्मकुमारी राजयोग अन्तर्राष्ट्रि«य मुख्यालयबाट ‘आऔँ हामी मिलेर बनाऔँ एक स्वर्णिम समायक अभियान लिएर एक टोली नेपाल आउने जानकारी दिएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic