प्रदेश कमिटी सदस्य कार्की एमाले परित्याग गरी राप्रपा प्रवेश

  • मंसिर १७, २०८०
  • ४,९५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ मंसिर ः नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)प्रवेश गर्नु भएको छ ।

आइतवार कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्दैं सदस्यता प्रदान गर्नु भएको थियो ।

कार्की पूर्वी नेपालमा लोकप्रिय रहेको ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ ।

धरान १५ निवासी कार्की लामो समयदेखि पत्रकारीमा सकृय हुनुहुन्छ ।

अध्यक्ष लिङ्देनले पछिल्लो समय धरानलाई केन्द्रीत गर्दै आउनु भएको छ । राप्रपा धरानका नेता लक्ष्मण बस्नेतले उहाँलाई पार्टी प्रवेशमा सहजिकरण गर्नु भएको थियो ।

बस्नेतले पार्टी अध्यक्ष लिङदेनलाई केही समय अघि कार्कीको घर मै पुर्याउनु भएको थियो ।

पछिल्लो समय नेकपा एमालेमा सकृय राजनीति गरिरहनु भएको थियो । पूर्व प्रदेश कमिटी सदस्य कार्की २०७९ सालको प्रतिनीधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा एमालेको राम्रो पकट हुदाँ हुँदै पार्टीले जसपाका अशोक राईलाई दिए पछि उहाँ असन्तुष्ट जनाउदैं पार्टीमा निष्कृय रहनु भएको थियो ।

पार्टीमा विद्रोह गरी पार्टीले सहकार्य गरेको पार्टीको उम्मेदवार विरुद्ध पूर्व मेयर मनोज कुमार मेन्याङ्वोले संघीय संसदमा स्वतन्त्र उम्मेद्वार समेत खडा गरेका थिए ।

 

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic