प्रदेश कमिटी सदस्य कार्की एमाले परित्याग गरी राप्रपा प्रवेश

  • मंसिर १७, २०८०
  • ५,००८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ मंसिर ः नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य किशोर कुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)प्रवेश गर्नु भएको छ ।

आइतवार कार्कीलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्दैं सदस्यता प्रदान गर्नु भएको थियो ।

कार्की पूर्वी नेपालमा लोकप्रिय रहेको ब्लास्ट टाइम्स दैनिकका सम्पादक तथा पूर्वक्षितिज प्रकाशन प्रालिका प्रवन्ध निर्देशक समेत हुनुहुन्छ ।

धरान १५ निवासी कार्की लामो समयदेखि पत्रकारीमा सकृय हुनुहुन्छ ।

अध्यक्ष लिङ्देनले पछिल्लो समय धरानलाई केन्द्रीत गर्दै आउनु भएको छ । राप्रपा धरानका नेता लक्ष्मण बस्नेतले उहाँलाई पार्टी प्रवेशमा सहजिकरण गर्नु भएको थियो ।

बस्नेतले पार्टी अध्यक्ष लिङदेनलाई केही समय अघि कार्कीको घर मै पुर्याउनु भएको थियो ।

पछिल्लो समय नेकपा एमालेमा सकृय राजनीति गरिरहनु भएको थियो । पूर्व प्रदेश कमिटी सदस्य कार्की २०७९ सालको प्रतिनीधि सभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. १ मा एमालेको राम्रो पकट हुदाँ हुँदै पार्टीले जसपाका अशोक राईलाई दिए पछि उहाँ असन्तुष्ट जनाउदैं पार्टीमा निष्कृय रहनु भएको थियो ।

पार्टीमा विद्रोह गरी पार्टीले सहकार्य गरेको पार्टीको उम्मेदवार विरुद्ध पूर्व मेयर मनोज कुमार मेन्याङ्वोले संघीय संसदमा स्वतन्त्र उम्मेद्वार समेत खडा गरेका थिए ।

 

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic