एम्स कलेजका दुइ शिक्षक विरुद्ध अभिभावकद्धारा जाहेरी कुटपिट गर्ने शिक्षकहरु कलेज आए कलेज छोडछौ– विद्यार्थी, कलेजले निलम्वन गरी सकेको छ –अध्यक्ष राई

  • मंसिर २३, २०८०
  • १६,२०० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२३ मंसिर ः एम्स कलेजका दुइ शिक्षक विरुद्ध अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकाछन् ।

कलेजमा पढाई हुने समयमा विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकविरुद्ध पीडितका बुबाले जाहेरी दिएका हुन ।

घटना बिहिबारको भएपनि शुक्रबार मात्र सामाजिक सञ्जालमा सिसिटिभी फुटेज बाहिरिए पछि घटना सार्वजनिक भएको थियो । उक्त फुटेजमा शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको पाइएको थियो ।

पीडितका बुबाले कुटपिट गर्ने भनिएका शिक्षक विदुर महत र बुद्रोस लिम्बुविरुद्ध शनिवार जाहेरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपि नवराज मल्लले पीडित विद्यार्थी १७ बर्ष मात्र पुगेको र नाबालक भएको कारण बालबालिकाविरुद्धको कसुरमा जाहेरी आएको जानकारी दिए ।

विदा भएपनि उक्त जाहेरीमा तोक लागिसकेर मुद्दाको प्रक्रिया अघि बढीसकेको डिएसपी मल्ले बताए ।

व्यवस्थापनले कुटपिटमा संलग्न शिक्षकहरुलाई निलम्बन गरीसकेको संचालक समितिका अध्यक्ष प्रकाश राईले जानकारी दिएकाछन् ।

। कुटपिटमा संलग्न दुवै शिक्षकहरुलाई कार्वाही गरीसकीएको र पीडित पक्षले माग गरेको खण्डमा कलेजले आवस्यक सहयोग गर्ने अध्यक्ष राईले वताएका छन् ।

कलेजले गर्ने कार्वाही प्रकृया अघि वढाई सकेको छ अव कानुनी निकायबाट गर्ने प्रकृया कानुनको करा हो अध्यक्ष राईले भने ।

लिम्वुले यस अघि पनि विद्यार्थी कुटपिट गरेको चर्चा व्यापक रुपमा रहेपनि अभिभावकसंग वसेर छलफल गरी आन्तरीक रुपमा मिलाईको थियो । लिम्वुले यस्ता घटना वारम्वार दोहो¥याएको विद्यार्थीहरुको भनाई रहेको छ ।

शिक्षकहरुको कुटाईबाट अन्य विद्यार्थीहरु समेत त्रसित वनेको कलेजमा अध्ययनरत विद्यार्थीहरुको भनाई रहेको छ । सरहरुको कुटाईबाट हामी त्रसित छौं आगामी दिनमा कसरी त्यो कलेजमा पढने भन्ने हामीलाई चिन्ता लागेको छ ती विद्याथीले भने ।

त्यस्ता शिक्षकलाई केही दिनका लागि कार्वाही गरेर पनि वोलाएको खण्डमा आफूहरु कलेज पढन छोडनुको विकल्प नभएको ती विद्यार्थीको भनाई रहेको छ ।

कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि रास्वपाका प्रदेश उपसभापति तथा अभियन्ता सरिन तामाङको पहलमा पीडितका अभिभावक प्रहरीमा जाहेरी दिन पुगेका हुन् ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic