विलिभर्स इङलिस स्कुलमा निस्शुल्क आँखा शिबिर सम्पन्न ।

  • मंसिर २४, २०८०
  • २,९६९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिरः डी पी विलिभर्स स्कुल धरान–५का विद्यार्थी र अभिभावकहरुको लागि एक दिने निस्शुल्क आँखा शिबिर सम्पन्न भएको छ ।

स्कुलका प्राचार्य बान्तवाले आँखा शिबिरमा स्वागत गर्दै, मंजुश्री सुपर स्पेशलिटी आई केयर सेन्टरको प्राविधिक सहयॊगमा वार्षिक रुपमा नियमित विद्यार्थी र अभिभावकहरुको आँखा जाँच गर्दै आइएरहेको बताउनुभयो।

प्राचार्य सन्जिव वान्तवा  आँखा स्वास्थ्य हुनु समग्र स्वास्थ्यको लागी आवश्यक छ तर यो अक्सर बेवास्ता गरिन्छ, विद्यार्थी जीवनमा अध्ययनको लागि सही दृष्टि हुनु धेरै महत्त्वपूर्ण रहेकोले , समय समयमा आँखा शिबिरको आयोजना गरिएको बताउनुभयो।

स्कुलको पूर्वप्राथमिक समूह देखि कक्षा ९ सम्मक सबै विद्यार्थीहरु लगाएत अभिभावकहरु गरि जम्मा ४५० जनाको आँखा विद्यालय परिसरमा निस्शुल्क जाँच गरिएको थियो।

आँखा जाँच गर्ने क्रममा ३० विद्यार्थीहरुमा आँखाको समस्या देखिएको थियो ।

स्कुलका सह प्राचार्य कुर्मित बान्तवाले चिकित्सा टोलीलाई कन्चन शाक्य, जुली बि क , कुमारी राई र मनिषा चौधरी० साथै मंजु श्री सुपर स्पेशलिटी आई कायर सेन्टरप्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
स्कुलमा विभिन्न समयमा सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic