माया घर नेपाललाई विष्णु स्कुलद्धारा सहयोग

  • मंसिर २४, २०८०
  • १,६७२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ःधरान–९ स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले इटहरी–२ स्थित माया घर नेपाललाई सहयोग गरेको छ ।

शिक्षासँगै संस्कारू कार्यक्रम अन्तर्गत विष्णु मेमोरीय स्कुलले सहयोग गरेको हो ।

माया घरलाई शुक्रबार विविध सहयोग सामाग्री उपलब्ध गराएको स्कुलले जनाएको छ ।
मानव सेवा गर्दैआएको उक्त संस्थाले मानसिक रोगी तथा असहाय हिंसा पीडीत एवम् सडक मानवहरुको उद्धार तथा संरक्षण गर्दै आएको छ ।

विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रुपमा संकलन गरेको सहयोग रकम नगद रू ४६हजार ९ सय ५ नगद तथा ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा हस्तान्तरण गरएिको स्कुलका प्रिन्सिपल निलम कुमार श्रेष्ठले वताउनु भयो ।

संस्थाका व्यवस्थापन समितिका सचिव बाबुराम सुवेदीलाई सो सामाग्री हस्तान्तरण गरीएको प्रिन्सिपल श्रेष्ठले थप जानकारी दिनुभयो ।

समितिका सचिव सुवेदीले पुण्य कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षाका कर्मचारी र अभिभावक सवैप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic