माया घर नेपाललाई विष्णु स्कुलद्धारा सहयोग

  • मंसिर २४, २०८०
  • १,६२२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ःधरान–९ स्थित विष्णु मेमोरीयल वोडिङ स्कुलले इटहरी–२ स्थित माया घर नेपाललाई सहयोग गरेको छ ।

शिक्षासँगै संस्कारू कार्यक्रम अन्तर्गत विष्णु मेमोरीय स्कुलले सहयोग गरेको हो ।

माया घरलाई शुक्रबार विविध सहयोग सामाग्री उपलब्ध गराएको स्कुलले जनाएको छ ।
मानव सेवा गर्दैआएको उक्त संस्थाले मानसिक रोगी तथा असहाय हिंसा पीडीत एवम् सडक मानवहरुको उद्धार तथा संरक्षण गर्दै आएको छ ।

विद्यार्थीहरूलाई शिक्षासँगै असल संस्कार र असहाय मानवप्रति निस्वार्थ सेवा तथा करुणाभाव अभिवृद्धि गराउने उद्देश्यले कक्षा ९ मा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूले स्वेच्छिक रुपमा संकलन गरेको सहयोग रकम नगद रू ४६हजार ९ सय ५ नगद तथा ३५ केजी सुन्तला, २५ मुठा साग, लगाउन योग्य लत्ताकपडा हस्तान्तरण गरएिको स्कुलका प्रिन्सिपल निलम कुमार श्रेष्ठले वताउनु भयो ।

संस्थाका व्यवस्थापन समितिका सचिव बाबुराम सुवेदीलाई सो सामाग्री हस्तान्तरण गरीएको प्रिन्सिपल श्रेष्ठले थप जानकारी दिनुभयो ।

समितिका सचिव सुवेदीले पुण्य कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षाका कर्मचारी र अभिभावक सवैप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic