ज्ञानकुन्ज स्कुलमा फुड फेस्टिभलमा

  • मंसिर २४, २०८०
  • १,२०५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ः विद्यार्थीहरुलाई केही न केही नया सोच र क्रियाकलापमा लगाउनका लागि स्कुलहरुले सिर्जनशील कार्यक्रमहरु आयोजना गर्दै आएकाछन् ।
त्यस्तै विद्यार्थीहरुलाई नया कार्य गराउनका लागि 
धरान–११ स्थित ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलले बिहिबार एक दिवसिय फुड फेस्टिभलको आयोजना गरेको छ।

फेस्टिभलमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले आफैले तयार गरेका विभिन्न खानेकुराका परिकारहरुको स्टल राखेका थिए।

बिद्यार्थीहरुले ढिडो, सिस्नु, मकैको भात, गुन्द्रुकको अचार जस्ता नेपाली परम्परागत खानाका परिकार देखि मम, चाउमिन, थुप्पा, बर्गर जस्ता खानाका परिकारहरु तयार गरि स्टलमा राखेका थिए।

उक्त दिन अभिभावकहरुले आफ्ना छोराछोरीहरुका लागि घर देखि खाजा नल्याएर स्कुलमा बिद्यार्थीले राखेको स्टलबाट किनेर नानिहरुलाई खुवाएका थिए।

बिद्यार्थीहरुलाई नियमित पाठ्यपुस्तकको बाहेक अतिरिक्त ब्यबहारिक ज्ञान प्रदान गर्ने उद्येस्यले फुड फेस्टिभलको आयोजना गरिएको स्कुलका प्रिन्सिपल अरुण राईले जानकारी दिए।

स्कुलकी एक छात्रा सृष्टि राईले आफैले खानाका परिकार तयार गरेर स्टल राख्दा एकदम रमाईलो लागेको र सिक्ने अवसर पाएको बताईन। अर्का छात्रा आकाङ्क्षा राईले पनि त्यस्तै रमाईलो अनुभव सुनाईन।

कक्षा–९ समूह ए को स्टल प्रथम फुड फेस्टिभलमा कक्षा–९ समूह ए को स्टल प्रथम भएको छ।त्यस्तै कक्षा–१० को समूह बि दोश्रो भएको छ भने कक्षा–६ को समूह ए तेश्रो भएको स्कुलका प्रिन्सिपल राईले जानकारी दिए। प्रथम, दोश्रो र तेश्रो भएका बिद्यार्थीहरुको स्टललाई आईतवार पुरस्कृत समेत गरीएको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic