ज्ञानकुन्ज स्कुलमा फुड फेस्टिभलमा

  • मंसिर २४, २०८०
  • १,१६२ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिर ः विद्यार्थीहरुलाई केही न केही नया सोच र क्रियाकलापमा लगाउनका लागि स्कुलहरुले सिर्जनशील कार्यक्रमहरु आयोजना गर्दै आएकाछन् ।
त्यस्तै विद्यार्थीहरुलाई नया कार्य गराउनका लागि 
धरान–११ स्थित ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलले बिहिबार एक दिवसिय फुड फेस्टिभलको आयोजना गरेको छ।

फेस्टिभलमा कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुले आफैले तयार गरेका विभिन्न खानेकुराका परिकारहरुको स्टल राखेका थिए।

बिद्यार्थीहरुले ढिडो, सिस्नु, मकैको भात, गुन्द्रुकको अचार जस्ता नेपाली परम्परागत खानाका परिकार देखि मम, चाउमिन, थुप्पा, बर्गर जस्ता खानाका परिकारहरु तयार गरि स्टलमा राखेका थिए।

उक्त दिन अभिभावकहरुले आफ्ना छोराछोरीहरुका लागि घर देखि खाजा नल्याएर स्कुलमा बिद्यार्थीले राखेको स्टलबाट किनेर नानिहरुलाई खुवाएका थिए।

बिद्यार्थीहरुलाई नियमित पाठ्यपुस्तकको बाहेक अतिरिक्त ब्यबहारिक ज्ञान प्रदान गर्ने उद्येस्यले फुड फेस्टिभलको आयोजना गरिएको स्कुलका प्रिन्सिपल अरुण राईले जानकारी दिए।

स्कुलकी एक छात्रा सृष्टि राईले आफैले खानाका परिकार तयार गरेर स्टल राख्दा एकदम रमाईलो लागेको र सिक्ने अवसर पाएको बताईन। अर्का छात्रा आकाङ्क्षा राईले पनि त्यस्तै रमाईलो अनुभव सुनाईन।

कक्षा–९ समूह ए को स्टल प्रथम फुड फेस्टिभलमा कक्षा–९ समूह ए को स्टल प्रथम भएको छ।त्यस्तै कक्षा–१० को समूह बि दोश्रो भएको छ भने कक्षा–६ को समूह ए तेश्रो भएको स्कुलका प्रिन्सिपल राईले जानकारी दिए। प्रथम, दोश्रो र तेश्रो भएका बिद्यार्थीहरुको स्टललाई आईतवार पुरस्कृत समेत गरीएको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic