एन्फा प्रेसिडेन्ट कप अण्डर १५ फुटबल प्रतियोगिता धरानमा

  • मंसिर २५, २०८०
  • १,३८६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ मंसिरः कोशी प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट कप अण्डर १५ फुटबल प्रतियोगिता धरानमा पहिलो पटक आयोजना हुने भएको छ ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा धरानमा सो प्रतियोगिता हुन लागेको हो ।

आयोजकले आइतवार पत्रकार सम्मेलनगरी दिएको जानकारी अनुसार मंसिर २७ गते देखि प्रतियोगिता शुरु हुने जानकारी दिर्एको छ ।

प्रतियोगितामा धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाका ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिमले सहभागिता जनाउने एन्फा कोशी प्रदेश अध्यक्ष किशोर राईले जानकारी दिएका छन।

प्रतियोगिता धरान १७ स्थित एन्फा खेलमैदानमा हुनेछ ।

आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधागततर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल पुस ६ गते हुनेछ ।

अध्यक्ष राईले “अव पालो नविन युवा पिढीको,लक्ष्य तयारी हाम्रो वल्र्ड कप”को भन्ने मुल नाराका साथ प्रदेश स्तरीय अन्डर १५ प्रतियोगिताको बिशेष तयारी गरिएको बताए ।

वल्र्डकपको बिशेष तयारीका लागि १५ वर्ष बालबालिकालाई खेल्नु पर्दछ भनेर प्रतियोगिता आयोजना गरिएको बताए । उनले भने प्रदेश र जिल्लाले क्यालेन्डर बनाई कार्यतालिका अनुसार यस बर्षमात्र ४ वटा प्रतियोगिता गरिसकेको छ तर अन्य ५ वटा प्रदेश र जिल्लाहरुले केही प्रतियोगिता नगरेको बताए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic