भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाउँदै एकीकृत समाजवादीको निर्वाचन आयोग

  • मंसिर २५, २०८०
  • २,३५७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
काठमाडौँ,२५मंसिर ः नेकपा ( एकीकृत समाजवादी )को निर्वाचन आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गर्ने तरिका सिकाएको छ ।

शनिबार पार्टीको केन्द्रीय कार्यालयमा आयोगले इलेक्ट्रिकल भोटिङ मेसिनबाट भोट गने तरिका सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रममा नमुना भोटीङ समेत गरिएको थियो । भोटीङ मेसिन र भोट गर्ने तरीका बारे राम लक्ष्मण रिमालले जानकारी गराउनु भएको थियो ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचन आयोग सहित केन्द्र, प्रदेश र जिल्ला तहका एक सय ५० वढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पछि इलेक्ट्रिकल भोटिङ मेसिन र भोट गर्ने तरिका सहित त्यसका चुनौतीका बारेमा छलफल र अन्तरकृया भएको थियो ।

आयोगका सचिव रोशन शर्माले संचालन गरेको कार्यक्रमको अध्यक्षता आयोगका अध्यक्ष माधव पौड्यालले गर्नुभएको थियो ।

 

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic