लिम्बू थरगत संस्थाको भेलाद्वारा ५ निर्णय सार्वजनिक

  • मंसिर २५, २०८०
  • १५,९४३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२४ मंसिरः लिम्वु थरगत संस्थाहरुको दुई दिने भेलाले विभिन्न ५ वुदे  निर्णर्य गर्दै सम्पन्न भएको छ ।

धरान १५ स्थित चुम्लुङ भवनमा मसिर २३ र २४ गते लिम्बू याक्थुमहरुको ११९ थरगत भेलाले ५ वुदे निर्णय गर्दै भेला सम्पन्न गरेको हो ।

लिम्बू थरगत सस्था याक्थुम सयङ सहजीकरण सचिवालयकाले सोमबार पत्रकार सम्मेलन आयोजना गरि महत्त्वपूर्ण ५ निर्णय सार्वजनिक गरेको छ ।

भेलाले परम्परागत प्रथाजनित पुख्यौली भूमीको सामुहिक स्वामित्वको अधिकार नियन्त्रण गर्नको लागि थिवोड याक्थुङ चुम्लुङ (लिम्बु ससद) आवश्यक ठहर गर्दै, प्रथाजनित संस्था ुचुम्लुङु पुनर्जीवित गर्दै, तुम्याङ प्रणालीलाई अभ्यासमा ल्याउदै यसतर्फ पहल कदमी लिइने जानकारी दिएको छ ।

त्यसैगरी याक्थुङरलिम्बुहरूको साँस्कृतिक स्थल, ऐतिहासिक स्थल, मुन्धुमी आस्थाको स्थल, चिहान, वन, चरन, खर्क, परम्परागत प्रथाजनित पुख्यौली भूमी माथि नियन्त्रण र उपभोग गर्ने निर्णय गरेको छ ।

त्यस्तै अविलम्ब स्थान नाम सच्याउदै लैजाने र सम्बन्धित निकायमा अभिलेखिकरण गराइने भएको निर्णय गरेको छ ।

भेलाले याक्थुङ र लिम्बुहरूको परम्परागत प्रथाजनित पुख्यौली भूमी फिर्ता गर्नको लागि वि.सं. १८३१ को सन्धि अनुसार अन्तर्राष्ट्रिय निकायमा मुद्धा दायर गर्ने र सोको लागि एक लाख भन्दा बढी हस्ताक्षर सङ्कलन गर्ने निर्णय गरीएको छ ।

एक नम्बर प्रदेशको नाम कोशी अस्वीकार गर्ने सो नाम खारेजी गर्नु पर्ने, प्रदेशको नाम पहिचानको आधारमा लिम्बुवान, किरात पुनः नामाङ्कन गरिनु पर्ने र कोशी नाम खारेजी र पुनःनामाङ्कनका लागि भइरहेको आन्दोलनलाई सहयोग गर्दै प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संङ्घर्ष समितिले गरेका निर्णयहरूलाई आत्मसात गर्ने निर्णय गरेको छ ।

लिम्बु थरगत संस्था मूल अभियान समितिको यस भेलाले एक महिला एक पुरूष गरी प्रत्येक थरगत संस्थाबाट दुईजना रहने गरी हाललाई २५६ सदस्यीय लिम्बु थरगत संस्था मूल अभियान समिती पुनर्गठन गरियो।

बैठकले १० वटा थुमबाट एक एक जना प्रतिनिधी रहने गरी १८ जनाको सहजिकरण समूह (सचिवालय) गठन गर्ने समेत निर्णय गरेको सचिवालय सयोजक नन्द कन्दङ्वाले बताए ।

सहजीकरण मुल अभियान समिति र सहजीकरण समूह सचिवालयको निमन्त्रणामा नेपालभरबाट ७ सय जना थरगत प्रतिनिधिहरु सहभागी भएका थिए ।

ह्याप्पी चाइल्ड केयर मन्टेश्वरीको वार्षिक उत्सव सम

छाल खवर धरान,२९ चैत्रः ह्याप्पी चाइण्ड केयर मन्टेश्वरी धरान–१० को वार ...

संयुक्त गृल व्यवसायी संघमा उदय

छाल खवर धरान,२८ चैत्र ः संयुक्त ग्रिल उद्योग व्यवसायी संघ धरानको अध्यक्षमा ...

नेकपाद्वारा ट्रेड युनियन र विद्यार्थी संगठन प्रतिब

छाल खवर धरान,२८ चैत्रः कलेजमा विद्यार्थी संगठन तथा ट्रेड युनियनमाथि प्रतिबन ...

धरानका पत्रकार कार्की हङकङमा सम्मानित

छाल खवरधरान,२८ चैत्रः ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मा ...

नोवेल एकेडेमी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सहुलि

छाल खवरधरान,२६ चैत्रः नोवेल एकेडेमी वोडिङ स्कुल धरान–११ र विजयपुर हस् ...

एक्वा सेकेण्डरी र विजयपुर हस्पिटलवीच स्वास्थ्य सह

छाल खवर धरान,२४ चैत्रःएक्वा सेकेण्डरी वोडिङ स्कुल धरान–१७ र विजयपुर ह ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic