प्रथम यु १५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा न्यू स्टार क्लब सुनसरी बिजयी

  • मंसिर २८, २०८०
  • २,१८० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ मंसिर ःधरानमा जारी प्रथम यु(१५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो जित हात पारेको छ ।

कोशी प्रदेशको फुटबल संघको आयोजनामा धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्युटार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई ५को विरुद्ध १गोलको फराकिलोे जित हात पारेको हो ।

न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ मिनेट ४५ सेकेन्डमा गोल गरेका थिए । रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए यसैगरी सुस्मित बस्नेले खेलको ३० मिनेट ४२ सेकेन्डमा गोल गरेका थिए ।

धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए ।

खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका शुशान्त चौधरी घोषित भए । पौष ६ गते सम्म चल्ने प्रतियोगिता अन्तर्गत शुक्रबार राष्ट्रिय जागृति क्लब सुनसरी र मिल्स भेट्रान क्लब मोरङबीच हुनेछ ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने रहेका छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic