प्रथम यु १५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगितामा न्यू स्टार क्लब सुनसरी बिजयी

  • मंसिर २८, २०८०
  • २,२४६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२८ मंसिर ःधरानमा जारी प्रथम यु(१५ एन्फा प्रेसिडेन्ट कप फुटबल प्रतियोगिता दोस्रो दिनको खेलमा न्यू स्टार क्लब सुनसरीले फराकिलो जित हात पारेको छ ।

कोशी प्रदेशको फुटबल संघको आयोजनामा धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा विहीबार भएको खेलमा न्युटार क्लब सुनसरीले धुवतारा स्पोटिङ क्लब दमक झापालाई ५को विरुद्ध १गोलको फराकिलोे जित हात पारेको हो ।

न्यु स्टार क्लबका तर्फबाट क्षतिज धामीले खेलको ७ मिनेट ४५ सेकेन्डमा गोल गरेका थिए । रोजन राईले १५ मिनेटमा १ गोल गरेका थिए यसैगरी सुस्मित बस्नेले खेलको ३० मिनेट ४२ सेकेन्डमा गोल गरेका थिए ।

धुव्रताराका तर्फबाट एकमात्र गोल खेलको ३१ औ मिनेटमा हेमन्त राईले गरेका थिए ।

खेलको म्यान अफ द म्याच न्यूस्टार सुनसरीका शुशान्त चौधरी घोषित भए । पौष ६ गते सम्म चल्ने प्रतियोगिता अन्तर्गत शुक्रबार राष्ट्रिय जागृति क्लब सुनसरी र मिल्स भेट्रान क्लब मोरङबीच हुनेछ ।

प्रतियोगितामा प्रदेशबाट धरान फुटबल क्लब, राष्ट्रिय जागृति क्लब इटहरी, न्यु स्टार फुटबल क्लब वराहक्षेत्र, मोरङका उर्लाबारी नगरपालिका, मिल्स भेट्रान क्लब, विराट ट्रेनिङ सेन्टर, झापाको ध्रुवतारा स्पोर्टिङ क्लब, झापा नेशनल एकेडेमी र उदयपुरको गाईघाट फुटबल क्लब सहित १० टिम सहभागी हुने रहेका छन् ।

प्रतियोगिताका विजेतालाई ५० हजार नगद र उपविजेतालाई २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीले जनही २ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । प्रत्येक दिनको खेलका म्यान अफ द म्याचले नगद १ हजार रुपैयाँ पाउनेछन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic