हिबिस्कस बोर्डिङमा बाल भित्ते पत्रिका तालिम सम्पन्न

  • मंसिर २९, २०८०
  • २,८२० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ मंसिर ःहिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५मा शुक्रवार बाल भित्ते पत्रिका सम्बन्धि तालिम सम्पन्न भएको छ।

हिबिस्कस बाल क्लबको आयोजना र स्कुलको समन्वयमा सो तालिम आयोजना भएको हो ।

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव तिर्थ कार्कीले गरेका थिए ।

गत शुक्रवार र आजको शुक्रवार भएको तालिममा समाचार के हो, समाचार कसरी लेख्ने, कस्ता बिषयबस्तु समाचार बन्छन, समाचारको बनोट आदि सम्बन्धि बिद्यार्थीलाई सिकाईएको सहजकर्ता कार्कीले जानकारी दिएकाछन् ।

त्यस्तै बिद्यार्थीहरुलाई भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा कस्ता बिषय बस्तु राख्ने, भित्ते पत्रिका कसरी प्रकाशन गर्ने आदि बारेमा समेत सिकाईएको सहजकर्ता कार्कीको भनाई रहेको छ ।

बिद्यार्थीहरुलाई अतिरिक्त क्रीयाकलाप अन्तर्गत आधारभुत पत्रकारिता र बाल भित्ते पत्रिका प्रकासन सम्बन्धि ज्ञान दिने उद्येस्यले तालिमको आयोजना गरिएको स्कुलका निर्देसक गङ्गाराम कुलुङले जानकारी दिए। तालिममा कक्षा(७ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी भएको बिद्यालयले जनाएको छ।

हिविसकस स्कुलले पढाईका साथै अतिरिक्र क्रियाकलापलाई समेत ध्यान दिदै आएको छ ।

वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्धारा तीन सम

छाल खवर धरान,१६ कार्तिक ः वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय स ...

भोजपुरमा ट्याक्टर दुर्घटना हुदा २ जनाको मृत्यु, च

छाल खवर धरान,१५ कार्तिकः षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर् ...

तौल घटाउन जान्नै पर्ने २१ कुरा

धैर्य गर्नुहोस् तपाईंको तौल एक दुई दिन या महिना दिनको परिणाम होइन, यो त ला ...

हिबिस्कस क्विज मेनिया सिजन ४ को आयोजना हुदै

छाल खवरधरान,१३ कार्तिक ःहिबिस्कस इङलिस वोडिङ स्कुल धरान –१५ले हिविस्क ...

किरात पुमा राईको देउसी भैलोसँगै व्यवसायी सम्मान

छाल खवर धरान,११ कार्तिक ः किरात पुमा राई तुप्खाबाङखाला जिल्ला समिति सुनसरील ...

वडा स्तरिय महिला फुटबल प्रतियोगिता मंसिरमा

छाल खवर धरान,११ कार्तिक ः जनपथ जागरण समाज धरान–१६ को आयोजनामा दोस्रो ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic