हिबिस्कस बोर्डिङमा बाल भित्ते पत्रिका तालिम सम्पन्न

  • मंसिर २९, २०८०
  • २,८९० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२९ मंसिर ःहिबिस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५मा शुक्रवार बाल भित्ते पत्रिका सम्बन्धि तालिम सम्पन्न भएको छ।

हिबिस्कस बाल क्लबको आयोजना र स्कुलको समन्वयमा सो तालिम आयोजना भएको हो ।

तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ सुनसरीका सहसचिव तिर्थ कार्कीले गरेका थिए ।

गत शुक्रवार र आजको शुक्रवार भएको तालिममा समाचार के हो, समाचार कसरी लेख्ने, कस्ता बिषयबस्तु समाचार बन्छन, समाचारको बनोट आदि सम्बन्धि बिद्यार्थीलाई सिकाईएको सहजकर्ता कार्कीले जानकारी दिएकाछन् ।

त्यस्तै बिद्यार्थीहरुलाई भित्ते पत्रिका के हो, भित्ते पत्रिकामा कस्ता बिषय बस्तु राख्ने, भित्ते पत्रिका कसरी प्रकाशन गर्ने आदि बारेमा समेत सिकाईएको सहजकर्ता कार्कीको भनाई रहेको छ ।

बिद्यार्थीहरुलाई अतिरिक्त क्रीयाकलाप अन्तर्गत आधारभुत पत्रकारिता र बाल भित्ते पत्रिका प्रकासन सम्बन्धि ज्ञान दिने उद्येस्यले तालिमको आयोजना गरिएको स्कुलका निर्देसक गङ्गाराम कुलुङले जानकारी दिए। तालिममा कक्षा(७ देखि १० सम्मका बिद्यार्थीहरु सहभागी भएको बिद्यालयले जनाएको छ।

हिविसकस स्कुलले पढाईका साथै अतिरिक्र क्रियाकलापलाई समेत ध्यान दिदै आएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic