बन्दको क्रममा धरानबाट पाँच जना पक्राउ

  • मंसिर ३०, २०८०
  • ४,५६४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० मंसिर ः विभिन्न माग राखी आन्दोलनरत पहिचानवादीहरुको आन्दोलनका क्रममा शनिवार धरानबाट ५ जना आन्दोलनकारी पक्राउ परेकाछन् ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दको क्रममा धरानबाट ५ जना पक्राउ परेका हुन् ।

विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गतेसम्म कोशी प्रदेशमा यातायात बन्द गरेको हो ।

पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । सिताराम राई बाहेक ४ जना जनता समाजबादीका नेता कार्यकर्ता हुन भने सिताराम राई भने जनमुक्ति पार्टीका हुन ।

कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये पहाडी मार्गमा विभिन्न चरणमा बन्दको आयोजना गरिएका कार्यक्रममा सहभागी हुँदा पक्राउ गरिएका ३५ जना नेतालाई बिना सर्त रिहाइको माग गर्दै कोशी प्रदेश बन्दको आव्हान गरेको हो ।

पक्राउ पर्नेमा खोटाङबाट पूर्व संस्कृति मन्त्री गोपाल किराँती, झापाका पाण्डपलाल चौधरी सहित बिर्तामोड, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर लगायतबाट गरिएका हुन । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प अभियानलाई अवरोध गर्न पहिचानबादीहरुले बन्दको आवहान गरेका हुन ।
धरानमा यातायातका साधन बन्द रहेका छन् ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic