बन्दको क्रममा धरानबाट पाँच जना पक्राउ

  • मंसिर ३०, २०८०
  • ४,६२५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,३० मंसिर ः विभिन्न माग राखी आन्दोलनरत पहिचानवादीहरुको आन्दोलनका क्रममा शनिवार धरानबाट ५ जना आन्दोलनकारी पक्राउ परेकाछन् ।

प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले गरेको बन्दको क्रममा धरानबाट ५ जना पक्राउ परेका हुन् ।

विभिन्न जिल्लामा पक्राउ गरिएका ३५ जना पहिचानवादी कार्यकर्ता, नेताको बिनाशर्त रिहाइको माग गर्दै मङ्सिर ३० र पुस १ गतेसम्म कोशी प्रदेशमा यातायात बन्द गरेको हो ।

पक्राउ गरिएकामा युवा नेता सुमन चेम्जोङ सहित करुण राई, शम्भु राई पृथक्, सिताराम राई र हरि बान्तवा भएको सङ्घर्ष समितिले जनाएको छ । सिताराम राई बाहेक ४ जना जनता समाजबादीका नेता कार्यकर्ता हुन भने सिताराम राई भने जनमुक्ति पार्टीका हुन ।

कोशी नाम खारेजीको माग सहित मङ्सिर २६ गतेदेखि मध्ये पहाडी मार्गमा विभिन्न चरणमा बन्दको आयोजना गरिएका कार्यक्रममा सहभागी हुँदा पक्राउ गरिएका ३५ जना नेतालाई बिना सर्त रिहाइको माग गर्दै कोशी प्रदेश बन्दको आव्हान गरेको हो ।

पक्राउ पर्नेमा खोटाङबाट पूर्व संस्कृति मन्त्री गोपाल किराँती, झापाका पाण्डपलाल चौधरी सहित बिर्तामोड, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, उदयपुर लगायतबाट गरिएका हुन । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प अभियानलाई अवरोध गर्न पहिचानबादीहरुले बन्दको आवहान गरेका हुन ।
धरानमा यातायातका साधन बन्द रहेका छन् ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic