खेलाडीहरुलाई सम्मान

  • पुस ५, २०८०
  • २,०७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ पुषः सुनसरी जिल्ला बक्सिङ संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान गरेवापत खेलाडीहरुलाई सम्मान गरेको छ ।

मलेसियामा आयोजित अन्र्तराष्ट्रिय बक्सिङ प्रतियोगिता र उदयपुरमा आयोजित प्रदेशस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरु नगद सहित सम्मान गरेको हो ।

संघले वुधवार धरान १९ स्थित हरियाली सामुदायिक वन क्षेत्रमा सम्मान तथा वनभोज कार्यक्रम आयोजना गरि पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको थियो ।

संघले ५ डिसेम्बर २०२३ मा मलेसियामा आयोजित पेनाङ ट्रेड फेयर ३४ औं इन्टरनेशनल बक्सिङ टुर्नामेन्टमा ५४ केजी तौल समुहमा काँस्य पद विजेता सिंहविर लिम्बुलाई सम्मान गरेको थियो ।

१९ वर्षीयबर्षका खेलाडी लिम्बुले यसअघि विर गणेशमान सिंह नेविस १ नम्बर प्रदेश बक्सिङ च्याम्पियनसिप २०७७ मा ५२ केजी तौल समुहमा प्रथम, नवौं राष्ट्रिय खेलकुद २०७९ प्रदेश खेलकुद छनौटमा ५७ केजी तौलमा प्रथम भएका थिए । स्व.प्रकाश दाहाल स्मृति तेस्रो राष्ट्रिय खुल्ला पुरुष बक्सिङ प्रतियोगितामा प्रथम र बेष्ट बक्सिङ प्लेयर घोषित भएका थिए ।

त्यसैगरी गत असार १३ देखि १५ गतेसम्म उदयपुरको गाइघाटमा सम्पन्न कोशी प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताका ११ जना खेलाडीसहित प्रशिक्षक, टिम मेनेजरलाई पनि सम्मान गरिएको थियो ।

उक्त प्रतियोगितामा सुनसरीले पाँच स्वर्ण, ४ रजत र दुई कास्य पदक जितेर टिम च्याम्पियन बनेको थियो ।

उक्त प्रतियोगितामा ४८ केजी तौल समुहमा उज्वल सापकोटा, ५१ केजी तौल समुहमा पारस तामाङ, ६३।५ केजी तौल समुहमा दिपक राई, ८० केजी तौल समुहमा धिरज गुरुङ र ८६ केजी तौल समुहमा सनम गुरुङले स्वर्ण पदक जितेका थिए ।

यस्तै, ५४ केजी तौल समुहमा डम्बर श्रेष्ठ, ५७ केजी तौल समुहमा अखिलेस शाही, ६० केजी तौल समुहमा दर्शन राई र ६६ केजी तौल समुहमा नुमा लिम्बुले पदक रजत पदक जितेका थिए भने ६७ केजी तौल समुहमा शिवहाङ प्रसाई र ७१ केजी तौल समुहमा गर्व प्रधानले काँस्य पदक जितेका थिए ।

यसैगरि स्वयमसेवक प्रशिक्षक पावल राई, सौरभ लामा, टिम मेनेजर समन लिम्बुलाई पनि सम्मान गरिएको थियो । विजेता खेलाडीहरुलाई बक्सिङ संघका केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, राजनीतिककर्मी एवं समाजसेवी विनोद राई, सल्लाहकार पुर्ण सुवेदी, आयोजक संस्थाका अध्यक्ष सुधिरसिंह लिम्बुलगायतले सम्मानपत्र, नगद प्रदान गरेका थिए ।

यसैगरि, कार्यक्रममा वरिपठ बक्सिङ प्रशिक्षक अनुपकुमार लामा, दीपक राई, निमा तामाङ र किसोर सम्बाहाम्फेलाई बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको संचालन निश्चल पलिखेले गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic