आमा चन्द्रकुमारी प्रधान स्मृति प्रतिष्ठानद्धारा संचारकर्मी र स्वास्थ्यकर्मी पुुरस्कृत र सम्मानित

  • पुस ६, २०८०
  • ३,४७४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,६ पुषः आमा चन्द्र कुमारी प्रधान स्मृति प्रतिष्ठानले ११ औं पुण्यतिथीमा पत्रकारीता क्षेत्र र स्वास्थ्य क्षेत्रमा योगदान गर्ने २ जनालाई सम्मान गरेको छ ।

प्रतिष्ठानले पत्रकारीता क्षेत्रबाट योगदान गरेवापत कपुरी न्युजकी संवाददाता रस्मी प्रधान र स्वास्थ्य क्षेत्रमा योगदान गरेवापत प्रसान्त साहलाई सम्मान गरेको हो ।

पत्रकारीता क्षेत्रमा योगदान गरेवापत प्रधानलाई प्रतिष्ठानका अध्यक्ष महेश प्रधानले बुवा टङ्कबहादुर प्रधान पत्रकारिता पुरस्कारबाट रश्मी प्रधानलाई नगद ५ हजार ५ सय रुपैयाँसहित सम्मान–पत्रले पुरस्कृत गरिएको हो ।
प्रत्येक बर्ष पुण्य तिथीको अवसर पारेर छोरा महेश प्रधान तथा बुहारी अन्जु प्रधानले माता पिताको नाममा सम्मान तथा पुरस्कारलाई निरन्तरता दिएका छन् ।

सामाजिक ,शिक्षा तथा स्वास्थ्य क्षेत्रमा अह्म योगदान गरेका धरानका सामाजिक व्यक्तित्व तथा बिराट नर्सिङ होम बिराटनगरका डा प्रशान्त शाहलाई सम्मान पत्र,दोसल्लाले सम्मान गरेको छ ।डा.शाह विपी प्रतिष्ठानका पूर्व डाक्टर समेत हुन् ।

यसक्रममा प्रतिष्ठानले ४ जना विद्यार्थीहरुलाई नगद ५ हजार ५ सय रुपैयाँसहित छाञबृत्ति प्रदान गरिएको थियो ।
छात्रवृत्ती पाउने विद्यार्थीहरुमा,सहिद स्मृति मावि व्यवस्थापन संकाय कक्षा ११ मा अधययनरत छात्रा सन्ध्या राई, किरातेश्वर मा।वि कानुन संकाय कक्षा ११मा अध्ययनरत छात्रा प्रतिमा कार्की ,शारदा नमुना मा।वि कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत छात्रा अनुस्का राई र पब्लिक हाईस्कुलमा विज्ञान संकायमा कक्षा ११मा अध्ययनरत छात्र जनम विश्वकर्मालाई छात्रवृत्ति प्रदान गरीएको थियो ।

प्रतिष्ठानले धरान–१ स्थित सरस्वती आधारभूत विद्यालयलाई बालविकास शिक्षा कोठाको लागि कार्पेट र एउटा पोडियम , ङाग्युर डोल्मा छ्योलिङ गोन्पा गुम्बा निर्माणार्थ १५ हजार ५ सय रुपैयाँ साथै स्पाईनल काड्र्र ईन्जुरीका बिरामी पुण्य प्रसाद पोख्रोलका छोरा छोरी एरुसा पोख्रेरल र आयुस पोख्रेरललाई शैक्षि सामाग्री सहित नगद ५ हजार रकम वितरण गरिएको थियो ।

सम्मान–पत्र र नगद हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी नेवाः देय दबुका केन्द्रीय सल्लाकार तथा वरिष्ठ समाजसेवी सरला कायस्थले गरेका थिए ।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष महेश प्रधानले गरेका थिए भने कार्यक्रममा विपी प्रतिष्ठानका प्रा.डा. विक्रम श्रेष्ठ ,धरान उपमहानगरपालिकाका वडा नम्वर १ का वडाअध्यक्ष यज्ञमणि आर्चाय लगायतको उपस्थिती रहेको थियो कार्यक्रम सञ्चालन प्रतिष्ठानका सचिव मोहन श्रेष्ठले गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic