समाजवादी मोर्चा धरानका संयोजकमा सम्फर तामाङ

  • पुस ७, २०८०
  • ३,३०३ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुषः समाजवादी मोर्चा धरानको संयोजकमा नेकपा माओवादी केन्द्रका धरान नगरका कार्यवाहक अध्यक्ष सम्फर तामाङ चयन भएकाछन् ।

शनिवार भएको मोर्चाको भेलाले तामाङको संयोजकत्वमा कमिटी घोषणा गरेको हो ।

नेपालभरका पालिकास्तरसम्म समाजवादी मोर्चा सङ्गठन बिस्तार गर्ने मोर्चाको केन्द्रीय नीति र निर्णय अनुसार शनिवार धरानमा नेकपा माओवादी केन्द्र कावा अध्यक्ष तामाङको संयोजकत्वमा दलबाट दुई दुई जना प्रतिनिधित्व गर्दै ८ सदस्यीय कमिटी गठन भएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी आवद्ध रहेका छ्न ।

मोर्चामा माओवादी केन्द्रबाट संयोजक तामाङ र सर्वजित राई, जनता समाजवादी पार्टीका ताजुब लिम्बू र शम्भु राई, एकीकृत समाजवादीका रेवती राई र खेम दाहाल साथै नेपाल कम्युनिस्ट पार्टीका मोहन कार्की र परिता राई रहेका छ्न ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित भेलामा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) ले मोर्चाको कमिटी घोषणा गरेका हुन् ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई केन्द्रीय सदस्य जीवन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic