समाजवादी मोर्चा धरानका संयोजकमा सम्फर तामाङ

  • पुस ७, २०८०
  • ३,३७७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,७ पुषः समाजवादी मोर्चा धरानको संयोजकमा नेकपा माओवादी केन्द्रका धरान नगरका कार्यवाहक अध्यक्ष सम्फर तामाङ चयन भएकाछन् ।

शनिवार भएको मोर्चाको भेलाले तामाङको संयोजकत्वमा कमिटी घोषणा गरेको हो ।

नेपालभरका पालिकास्तरसम्म समाजवादी मोर्चा सङ्गठन बिस्तार गर्ने मोर्चाको केन्द्रीय नीति र निर्णय अनुसार शनिवार धरानमा नेकपा माओवादी केन्द्र कावा अध्यक्ष तामाङको संयोजकत्वमा दलबाट दुई दुई जना प्रतिनिधित्व गर्दै ८ सदस्यीय कमिटी गठन भएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र ,जनता समाजवादी पार्टी ,एकीकृत समाजवादी ,नेपाल कम्युनिस्ट पार्टी आवद्ध रहेका छ्न ।

मोर्चामा माओवादी केन्द्रबाट संयोजक तामाङ र सर्वजित राई, जनता समाजवादी पार्टीका ताजुब लिम्बू र शम्भु राई, एकीकृत समाजवादीका रेवती राई र खेम दाहाल साथै नेपाल कम्युनिस्ट पार्टीका मोहन कार्की र परिता राई रहेका छ्न ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित भेलामा नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व कृषि मन्त्री चक्रपाणी खनाल (बलदेव) ले मोर्चाको कमिटी घोषणा गरेका हुन् ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ का पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई केन्द्रीय सदस्य जीवन राई लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic