कोशी प्रदेश नामाङकनको बिरोध गर्दै, ५ दिने चासोक तङनाम सांस्कृतिक उत्सव मनाईने

  • पुस ९, २०८०
  • ३,९१३ पटक पढिएको
  • छाल खबर
alt

 छाल खबर,
धरान ,९ पुस

धरानमा कोशी प्रदेश नामाङकनको बिरोध गर्दै ५ दिने चासोक तङनाम सांस्कृतिक उत्सव मनाईने भएको छ ।औपचारिकरुपमा पुस १० गते देखि सुरु हुने चासोक पुस १५ गते सम्म उत्सव मनाईने भएको छ ।

चासोक तङनामलाई भव्यताका साथ सम्पन्न गर्न लिम्बुवान भुमी मात्र होईन देश बिदेशमा समेत मनाउदै आईरहेका छ्न ।

सास्कृतिक रुपमा देखिएको पुजिलाई लिम्बुहरुले अब राजनैतिक पुजिमा समेत परिणत गर्दै लिम्बुहरुलाई एकताबद्ध गर्दै चासोकमा कोशी प्रदेश खारेजी गर्दै पुन नामाङकन हुनुपर्ने माग गर्दै पहिचान सहितको नामाङकनको लागि चासोक मनाईने भएको चुम्लुङका अध्यक्ष तिर्थ मादेम्बाले बताए ।

किरात याक्थुङ चुम्लुङ धरानले सोमबार पत्रकार सम्मेलन गर्दै आदिवासी लिम्बु याक्थुङहरुको महान् चाड चासोक तङनाम (चाड) २०८० धरानमा भव्यताका साथ मनाउनका लागि तयारी पुरा भएको जनाएको छ।

घर घरमा मनाइने चासोकलाई ०५० र०५१ साल देखि सामुहिक रुपमा मनाउन सुरु भएपश्चात चुम्लुङ हिममा सांस्कृतिक उत्सवका यस बर्ष पनि पाँच दिने सम्म उत्सव मनाउन तयारी गरिएको चुम्लुङ धरान अध्यक्ष मादेम्बाले बताए ।

५ दिने चासोक तङनाम उत्सवको पहिलो दिन आज पुस ९ गते साँझ लिम्बु जातिको धार्मिक अनुष्ठान एक राते चमेन तङसिङबाट (बैभव सुस्वास्थ्य र सद्भाव लागि अनुष्ठान )गर्दै सुरु हुने किरात याक्थुङ चुम्लुङ अध्यक्ष मादेम्बाले जानकारी दिए ।

पुस १० गते बिहान चासोक पुजा, विजयपुर स्थित हाङयुक्नामा लिम्बु याक्थुङ विधि अनुसार पूजा हुनेछ भने सोही समयमा तीनकुने स्थित सिरिजगा चौक रहेको त्येअङ्सी किरात विभूति एवम् सहिद श्रीजंगाको सालिकमा माल्यार्पण गर्दै औपचारिक कार्यक्रम उद्घाटन हुनेछ ।भने उद्घघाट्न कै दिन त्येअसी सिरिजङाको १३९ औ जन्म जयन्ती समेत रहेको छ ।

धरान १५ स्थित चुम्लुङ हिममा पाकेको नयाँ अन्नबाली इष्ट देवतालाई चढाउने कार्यक्रम रहेको छ भने औपचारिक उद्घाटनका दिन धरान नगर आदिवासी झाकी सहित कोशी प्रदेश बिरुद्धको र्‍याली समेत निकाल्ने अध्यक्ष मादेम्बाले बताए ।

स्रो दिन पुस ११ गते केलाङ,यालाङ, पलाङको आयोजना हुने भएको छ ।चौथो दिन पुस १२ गते याक्थुङ जन्य खेलहरु लि आप्मा (गुलेली हान्नु ) पक्लुम लेप्मा छेलो हान्नु थाक्थाम्मा तान बुन्नु लगायत हाक्पारे साम्लो र परम्परागत पक्षहरुको प्रदर्सनि हुने ,पाचौ दिन पुस १३ गते आदिवासी सघ सस्थाहरुको सास्कृतिक प्रदर्शनी र समापन हुने भएको छ ।

पुस १० गते चुम्लुङ हिममा धरान उपमहानगरपालिकाको मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा चासोक तङनाम २०८० को औपचारिक उद्घाटन गर्नेछ्न भने समापन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्रबिक्रम बेघाको प्रमख आतिथ्यतामा हुने आयोजकले जानकारी दिएको छ ।

चासोक अवधी भर केलाङ (च्याब्रुङ नाच) प्रतियोगिता, आदिवासी जनजाति महासङ्घ अन्तर्गतका आदिवासी सङ्घ संस्थाहरूको सांस्कृतिक प्रदर्शनी एवम् तरेचा (पाहुना खाना) आयोजना हुनेछ भने साँझ स्थानीय र राष्ट्रिय कलाकारहरूको सांस्कृतिक साँझ हुने छ ।

चासोक तङनाम २०८० मा आफूलाई अनुकूल हुने समयमा सहभागी भई सफल बनाइदिन आयोजक किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिले आव्हान समेत गरेको छ ।

धरान १५ स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङ हिममा आयोजना हुने चासोक तङनाम उत्सवमा विभिन्न आदिवासी जन्य सांस्कृतिक परिकारहरू र सांस्कृतिक स्टलहरू रहने पनि आयोजकले जनाएको छ ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic