राजनितिक सामाजिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक देशको समृद्धि र विकासका लागि महिलाहरुले शिप सिकेर त्यसलाई उद्यमसँग गाँसिनु अपरिहार्य

  • माघ ४, २०८०
  • १,१३५ पटक पढिएको
  • छाल खबर
alt

छाल खबर, धरान ३ ।आर्थिक सुदृढीकरण गर्न स्थानीय कच्चापदार्थ प्रयोग गरी उत्पादन वृद्धि गर्ने उद्यममा जोड दिनु पर्ने नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले बताएका छन् ।

     नेपाल उद्यमशलि महिला महासंघद्धारा धरान सञ्चालित ऊनबाट विभिन्न सामाग्रीबनाउने शिप सिकाउने १५ दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री लिम्बुले देशको समृद्धि र विकासका लागि राजनितिक सामाजिक क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यक भएको उल्लेख गर्दै महिलाहरूलाई उद्यमशील सक्षम र सबल बनाउन लगानी गर्न सरकार प्रतिबद्ध भएको बताए ।

    नेपाली बजारमा उपलब्ध स्थानीय कच्चा पदार्थको उत्पादनलाई व्यवसायीकरण गर्न महिलाको ठुलो हात रहेको उल्लेख गर्दै मन्त्री लिम्बुले स्थानीय कच्चा पदार्थ पराल, पटेर, अल्लो, सिस्नु, ढाका, भेडाको ऊन जुन स्थानमा जे उपलब्ध छ सोही पदार्थ सदुपयोग गर्दै महिलाहरु उद्यमसँग जोडिन सके आफू आत्मनिर्भर हुने त छदै छ देशको आर्थिक उपार्जनमा वृद्धि गर्न सहयोग पुग्ने भएकाले महिलाहरुले शिप सिकेर त्यसलाई उद्यमसँग गाँसिनु पर्ने कुरामा जोड दिए ।

     कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बुले वीपी प्रतिष्ठान धरानको मात्र सम्पत्ति नभएर राष्ट्रकै सम्पत्ति भएको र नगर प्रमुख जस्तो गरिमामय पदमा बसेका स्थानीय सरकार प्रमुख आफैले तालाबन्दी गर्ने अनि आफूलाई नसोधी ताला खोले ठिक हुँदैन भन्नु मूर्खतापूर्ण भएको बताउदै स्थानीय सरकार प्रमुख तथा अस्पताल सिनेट सदस्य आफै भएर ताला लगाउने ? जनप्रतिनिधि समन्वयका लागि निर्वाचित भएको हो कि द्वन्द्व सृजना गरी समस्या उत्पन्न गर्न निर्वाचित भएका हुन धराने जनताले सोच र्पुयाउन आग्रह गरेका छन् ।

     कार्यक्रममा महासंघका महासचिव एवंम् प्रशिक्षण कार्यक्रमको संयोजक मञ्जु पराजुलीले प्रशिक्षण महिलाहरुको उत्साहजनक सहभागिता रहेको बताउदै केहि त गर्नै पर्छ भन्ने उत्सुकता, आँट, आत्मविश्वास र धैर्यता, क्षमता महिलाहरुमा रहेको प्रशिक्षण पछि शिप पनि हुने र यहि उत्सुकता, आँट, आत्मविश्वास र धैर्यता, क्षमतालाई मर्न नदिई सिकेको शिपलाई उपयोग गर्दै उद्यमसँग जोडिन सके मात्र महत्वपूर्ण उपलब्धि बताईन । पराजुलीका अनुसार प्रशिक्षण कार्यक्रम गोमा लामाको प्रशिक्षणमा माघ ३ गते देखि १७ गते सम्म सञ्चालन हुने र ४५ जना महिलाको सहभागिता रहेको छ ।

     संविधान सभाका सदस्य उषा गुरुङ्, प्रदेश सभा सदस्यहरु रमेश कुमार बस्नेत, यशोदा कायस्थ, धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रेवतिरमण राई, नेपाल रेडक्रस सोसाईटी सुनसरीका अध्यष उमेश थापा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । लगायतले प्रशिक्षणको सफलताको शुभकामना दिएका थिए ।
सोही अवसरमा नेपाल उद्यमशील महिला महासङ्घ कोशी प्रदेश कमिटी अध्यक्ष बिटु गुरुङको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन भएको घोषणा गरिएको थियो । वरिष्ठ उपाध्यक्ष मञ्जु श्रेष्ठ, महासचिव ज्ञानु थापा, सचिव शारदा कोइराला, कोषाध्यक्ष शिला तामाङ रहेका छन ।

     सदस्यहरूमा एलिना राई, सुमित्रा प्रसाईँ थापा, रोजिना कुलुङ राई, रिता लिम्बू, नगेन्द्र कुमारी खत्री, सुन्तला अधिकारी परियार, अम्बिका धमला, विमला सुवेदी कार्की, शोभा घिमिरे, रिता राई छन ।

     नेपाल उद्यमशलि महिला महासंघका अध्यक्ष राधा कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधान सभाका सदस्य उषा गुरुङ्, प्रदेश सभा सदस्यहरु रमेश कुमार बस्नेत, ममता योञ्जन, यशोदा कायस्थ, धरान उपमहानगरपालिकाका पूर्व उपप्रमुख मञ्जु भण्डारी सुवेदी, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष रेवतिरमण राई, नेपाल रेडक्रस सोसाईटी सुनसरीका अध्यष उमेश थापा, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धरान उपमहानगरपालिका वार्ड नं. ३ का अध्यक्ष विद्या शाक्य, कार्यपालिका सदस्यहरु अनुप देवान, विकास भाटी, महिला सञ्जाल धरान का अध्यक्ष सपना राई, पूर्व अध्यक्षहरु शिला बज्राचार्य, सविता चाम्लिङ्ग, चेतना श्रेङ्ग लगायतको उपस्थिति रहेको थियो ।

तस्विरमा कार्यक्रम   

418732505_351568470980539_5941302746708057005_n 420543966_2062235484142204_1375812460236857287_n        415227381_371847952117702_1648453404052234520_n 416070846_271711042593560_2035045608077340989_n 420543966_2062235484142204_1375812460236857287_n 419007880_387212110360728_155695427873067200_n  416113961_279458498479530_5180750466890319475_n  420019376_2536942313141146_2276780738736140194_n

बझाङमा एमालेका भण्डारी विजयी

छाल खवर धरान,१७ वैशाखः बझाङ प्रदेश सभा १ को निर्वााचनमा नेकपा एमालेका उम्मे ...

पहिलो अडिसनबाट २७ जना छनोट

छाल खवर धरान,१७ वैशाखः¥याडिकल लाईट नेपाल प्रालि धरानद्वारा आयोजित कोशी ...

धरान खेलकुद मञ्च मिडिया अवार्ड निशालाई

छाल खवर धरान,१६ वैशाखः धरान खेलकुद मञ्चद्धारा धरानमा पहिलो पटक आयोजना गरीएक ...

सञ्चारकर्मीलाई मिडिया एवार्ड

छाल खवर धरान,१३ वैशाखःधरान खेलकुद मञ्चले संचारकर्मीका लागि धरानमा पहिलो पटक ...

एसईई आईडलको पहिलो अडिसनबाट ९५ जना छनोट

छाल खवर धरान,११ वैशाखः कोशि प्रदेस स्तरीय एसईईआईडलको पहिलो अडिसनबाट ९५ जना ...

खाडी पस्न बाकी छ

मैले मास्टर डिग्री गरे अब सर्टिफिकेट थन्काएर खाडी पस्न बाकी छ । लाखौ खर्च ...

Copyright © 2020 / 2024 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic