१५ दिने ऊनको सामाग्री बनाउने तालिम सम्पन्न

  • माघ १७, २०८०
  • १९९ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघः नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा भएको १५ दिने तालिमको समापन भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघमा भएको सो कार्यक्रममा उनीको सामाग्री बनाउने तालीम बुधवार सम्पन्न भएको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा माघ ३ देखि १७ गते सम्म तालिम सञ्चालन भएको थियोे । बुधबार तालिमको समापन भएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका माननीय रमेश बस्नेतले महिलाहरूलाई उद्यमशील,सक्षम र सबल बनाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको वताउनु भयो ।

महिला दिदिबहिनीहरुले स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ जे उपलब्ध छ त्यसलाई व्यवसायीकरण गरि सरकारलाई आर्थिकरुपमा सबल बनाउन महिलाको ठुलो हात रहेको बताउनु भयो ।

प्रदेशले महिला दिदिबहिनीलाई आत्मानिर्भर बनाउन बजेट उपलब्ध गराउने बताउनु भयो ।

उनले भने तालिम लिएर सर्टिफिकेट हातमा बोकेर घरमा थन्काएर मात्र नहुने आत्मानिर्भर बन्न अनुरोध गर्नुभयो ।

उनले एक महिला सिप क्षमताको सदुपयोग गरि आत्मनिर्भर भए समुदाय आकर्षित भै राष्ट्र आर्थिक र सबल हुने बताउनु भयो ।

तालिममा कोशी प्रदेश भरका ४५ महिलाहरुको सहभागिता रहेको थियो । १५ दिन सञ्चालन भएको तालिममा काठमाडौमा ऊनको सामाग्री व्यापार व्यवसाय गर्दै आएका मुख्य प्रशिक्षक गोमा कुमारि लामा,सहायक प्रशिक्षक उषा कुमारी थापा रोकायाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा महिला सञ्जाल धरानका पुर्व अध्यक्ष चेतना श्रेङ, सुनसरी उद्योग बाणिज्य सघका सदस्य बिष्णु बराल लगायत अन्य महिला उद्यमिहरुको सहभागीता रहेको थियो ।

तालिम समापनको अध्यक्षता नेपाल उद्यमशील महिला महासङ्घका केन्द्रीय अध्यक्ष राधा कार्कीले गरेको गरेको थिईन भने सञ्चालन महासचिव मञ्जु पराजुलीले गरेको थिईन ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic