१५ दिने ऊनको सामाग्री बनाउने तालिम सम्पन्न

  • माघ १७, २०८०
  • १४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१७ माघः नेपाल उद्यमशील महिला महासङ्घको आयोजनामा भएको १५ दिने तालिमको समापन भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघमा भएको सो कार्यक्रममा उनीको सामाग्री बनाउने तालीम बुधवार सम्पन्न भएको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घ सुनसरीको सभा हलमा माघ ३ देखि १७ गते सम्म तालिम सञ्चालन भएको थियोे । बुधबार तालिमको समापन भएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका माननीय रमेश बस्नेतले महिलाहरूलाई उद्यमशील,सक्षम र सबल बनाउन कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको वताउनु भयो ।

महिला दिदिबहिनीहरुले स्थानीय स्तरमा उपलब्ध कच्चापदार्थ जे उपलब्ध छ त्यसलाई व्यवसायीकरण गरि सरकारलाई आर्थिकरुपमा सबल बनाउन महिलाको ठुलो हात रहेको बताउनु भयो ।

प्रदेशले महिला दिदिबहिनीलाई आत्मानिर्भर बनाउन बजेट उपलब्ध गराउने बताउनु भयो ।

उनले भने तालिम लिएर सर्टिफिकेट हातमा बोकेर घरमा थन्काएर मात्र नहुने आत्मानिर्भर बन्न अनुरोध गर्नुभयो ।

उनले एक महिला सिप क्षमताको सदुपयोग गरि आत्मनिर्भर भए समुदाय आकर्षित भै राष्ट्र आर्थिक र सबल हुने बताउनु भयो ।

तालिममा कोशी प्रदेश भरका ४५ महिलाहरुको सहभागिता रहेको थियो । १५ दिन सञ्चालन भएको तालिममा काठमाडौमा ऊनको सामाग्री व्यापार व्यवसाय गर्दै आएका मुख्य प्रशिक्षक गोमा कुमारि लामा,सहायक प्रशिक्षक उषा कुमारी थापा रोकायाले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा महिला सञ्जाल धरानका पुर्व अध्यक्ष चेतना श्रेङ, सुनसरी उद्योग बाणिज्य सघका सदस्य बिष्णु बराल लगायत अन्य महिला उद्यमिहरुको सहभागीता रहेको थियो ।

तालिम समापनको अध्यक्षता नेपाल उद्यमशील महिला महासङ्घका केन्द्रीय अध्यक्ष राधा कार्कीले गरेको गरेको थिईन भने सञ्चालन महासचिव मञ्जु पराजुलीले गरेको थिईन ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic