मेला आयोजकप्रति मनोनित सदस्यहरुको असन्तुष्टी आफूहरुसंग गुनासो नआएको उपाध्यक्ष शर्माको भनाई

  • माघ २०, २०८०
  • ४,२३१ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० माघः सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो आयोजना गर्ने विषयमा गरेको पत्रकार सम्मेलनको केही दिन वित्न नपाउदै समितिमा मनोनित गरीएकाहरु
भने असन्तुष्टी जनाउन थालेका छन् ।

गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको र आफूहरुलाई समितिमा राखेर उपयोग मात्र गरेको भन्दै असन्तुष्टी जनाएका हुन् ।

धरान एक्स्पो नामको मेला आयोजना गरेका संघले गत वर्ष विभिन्न क्षेत्रका व्यवसायी संगठनका प्रतिनिधिहरुलाई मेला आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो ।

समितिमा मनोनित गरी मेला हेर्नको लागि पास दिने वाहेक अरु कुनै कुरा थाहा नदिएको उनीहरुको गुनासो रहेको छ ।

मेलामा कहाँबाट कति आम्दानी भयो कहाँ कति खर्च भयो सो विषयमा भने समितिका सदस्यहरुलाई गुमराहमा राखेको र पारदर्शी नगरेकोले आगामी दिनमा विश्वास गर्ने वातावरण नवनेको उनीहरुको भनाई रहेको छ ।

विगत वर्षमा गरीएको मेलाको विरोध गरेर नथाक्ने वर्तमान समितिका पदाधिहरुबाट नै हिसाव पारदशी नगर्नु जुन जोगी आएपनि उस्तै भन्ने नेपाली उखान भने जस्तै भएको उनीहरुको भनाई रहेको छ ।

मेलामा भएका कुराहरुलाई कतिपय मिडियाकर्मीहरुलाई प्रलोभनमा पारेर वाहिर ल्याउन नदिइदो रहेछ संघलाई कसरी विश्वास गर्नु समितिका एक सदस्यले भने ।

यस पटकको धरान एक्स्पो नाममा मेलाको लागि पनि समितिमा वस्नको लागि मनोनितको पत्र संघले पठाउन शुरु गरेको छ । गत वर्षको पारदर्शीता नभएकोले वस्न इच्छुक नभएको संघ संस्थाले वताउन थालेकाछन् ।

आगामी निर्वाचनका लागि अध्यक्षका उम्मेद्वारका रुपमा चर्चामा रहेका मेला संयोजक गोपाल श्रेष्ठबाट पारदर्शी काम हुने आफूहरुको अपेक्षा रहेको उनीहरुले वताएकाछन् ।

यस वर्षको मेला संयोजक पनि प्रथम उपाध्यक्ष श्रेष्ठ नै रहेकाछन् । पारदर्शी ढंगले काम नभएको उनीहरुको गुनासो रहेकोछ । उनीहरुले भने–हामीले समितिका पदाधीकारीहरुले हिनामिना गरे भन्ने हैन तर पारदर्शी वनाउनु पर्छ भनेका हौं ।

सार्वजनिक गर्नु उनीहरुको कर्तव्य पनि हो हामीले त्यही भनेका हौ कसैलाई दोष लगाएका भने होइनौं समितिका एक सदस्य भने ।

यता उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ नेपाल वाहिर रहेकोले सो विषयमा जानकारी हुन सकेन ।

द्धितिय उपाध्यक्ष तथा यस वर्षका मेला सह संयोजक रामेश्वर शर्माले भने मेलाको हिसाव पारदर्शी रहेको र साधारण सभाबाट अनुमोदन भएको दावी गरेकाछन् । शर्माले आफूहरुसंग कुनै गुनासो नभएको जिकिर समेत गरेकाछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

चुम्लुङको प्रदेश अध्यक्षमा नरेन्द्र

छाल खवर धरान,४ माघः किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अ ...

सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे सहमति

छाल खवर काठमाडौं ३ माघ ः नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प् ...

 नेकपाबाट सुनसरी १ मा सूर्य बहादुर भट्टराई ९मनोज०ल

छाल खवरधरान,३ माघः धरान उपमहानगरपालिकामा भाइरल वडाध्यक्षको रुपमा परिचित धरा ...

बुढासुब्बा गोल्डकप माघ २२ देखि हुने

छाल खवर धरान,१ माघः धरानको प्रतिष्ठित प्रतियोगिताको २६औँ अन्तर्राष्ट्रिय आम ...

म कसैको अनुहार हेरेर कांग्रेस भएको होइन धरान नगर

छाल खवर धरान,३० पुष ः नेपाली कांग्रेसका धरान उपमहानगर समिति सभापति श्याम पो ...

प्राईम भिजन कलेजका अभिषेक श्रेष्ठलाई ‘एसियन भिजिनर

छाल खवर धरान, २९ मङ्सिर ः धरान–१२ स्थित प्राईम भिजन इन्टरनेसनल हस्पिट ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic