मेला आयोजकप्रति मनोनित सदस्यहरुको असन्तुष्टी आफूहरुसंग गुनासो नआएको उपाध्यक्ष शर्माको भनाई

  • माघ २०, २०८०
  • ४,३०४ पटक पढिएको
  • छाल खबर
alt


छाल खवर
धरान,२० माघः सुनसरी उद्योग वाणिज्य संघले धरान एक्स्पो आयोजना गर्ने विषयमा गरेको पत्रकार सम्मेलनको केही दिन वित्न नपाउदै समितिमा मनोनित गरीएकाहरु
भने असन्तुष्टी जनाउन थालेका छन् ।

गत वर्षको मेलाको हिसाव सार्वजनिक नगरेको र आफूहरुलाई समितिमा राखेर उपयोग मात्र गरेको भन्दै असन्तुष्टी जनाएका हुन् ।

धरान एक्स्पो नामको मेला आयोजना गरेका संघले गत वर्ष विभिन्न क्षेत्रका व्यवसायी संगठनका प्रतिनिधिहरुलाई मेला आयोजक समितिको सदस्यमा मनोनित गरेको थियो ।

समितिमा मनोनित गरी मेला हेर्नको लागि पास दिने वाहेक अरु कुनै कुरा थाहा नदिएको उनीहरुको गुनासो रहेको छ ।

मेलामा कहाँबाट कति आम्दानी भयो कहाँ कति खर्च भयो सो विषयमा भने समितिका सदस्यहरुलाई गुमराहमा राखेको र पारदर्शी नगरेकोले आगामी दिनमा विश्वास गर्ने वातावरण नवनेको उनीहरुको भनाई रहेको छ ।

विगत वर्षमा गरीएको मेलाको विरोध गरेर नथाक्ने वर्तमान समितिका पदाधिहरुबाट नै हिसाव पारदशी नगर्नु जुन जोगी आएपनि उस्तै भन्ने नेपाली उखान भने जस्तै भएको उनीहरुको भनाई रहेको छ ।

मेलामा भएका कुराहरुलाई कतिपय मिडियाकर्मीहरुलाई प्रलोभनमा पारेर वाहिर ल्याउन नदिइदो रहेछ संघलाई कसरी विश्वास गर्नु समितिका एक सदस्यले भने ।

यस पटकको धरान एक्स्पो नाममा मेलाको लागि पनि समितिमा वस्नको लागि मनोनितको पत्र संघले पठाउन शुरु गरेको छ । गत वर्षको पारदर्शीता नभएकोले वस्न इच्छुक नभएको संघ संस्थाले वताउन थालेकाछन् ।

आगामी निर्वाचनका लागि अध्यक्षका उम्मेद्वारका रुपमा चर्चामा रहेका मेला संयोजक गोपाल श्रेष्ठबाट पारदर्शी काम हुने आफूहरुको अपेक्षा रहेको उनीहरुले वताएकाछन् ।

यस वर्षको मेला संयोजक पनि प्रथम उपाध्यक्ष श्रेष्ठ नै रहेकाछन् । पारदर्शी ढंगले काम नभएको उनीहरुको गुनासो रहेकोछ । उनीहरुले भने–हामीले समितिका पदाधीकारीहरुले हिनामिना गरे भन्ने हैन तर पारदर्शी वनाउनु पर्छ भनेका हौं ।

सार्वजनिक गर्नु उनीहरुको कर्तव्य पनि हो हामीले त्यही भनेका हौ कसैलाई दोष लगाएका भने होइनौं समितिका एक सदस्य भने ।

यता उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ नेपाल वाहिर रहेकोले सो विषयमा जानकारी हुन सकेन ।

द्धितिय उपाध्यक्ष तथा यस वर्षका मेला सह संयोजक रामेश्वर शर्माले भने मेलाको हिसाव पारदर्शी रहेको र साधारण सभाबाट अनुमोदन भएको दावी गरेकाछन् । शर्माले आफूहरुसंग कुनै गुनासो नभएको जिकिर समेत गरेकाछन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

धरानका सामुदायिक विद्यालयहरूको नतिजा कस्को कति

छाल खवर धरान,३० वैशाखः धरान उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक विद्य ...

जापान अध्ययनका लागि चुबासाको आकर्षक योजना

छाल खवर धरान,२६ वैशाखः चुवासा ग्लोबल एजुकेशन फाउण्डेसनले आकर्षक छात्रवृत्ति ...

किरात राईहरुको पहिचानको प्रतिक उद्घाटन

छाल खवर धरान,२६ वैशाखः धरान उपमहानगरपालिका वडा नं.–४ खैरेनी ढुङ्गेकला ...

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बने सुदन किराती

छाल खवर धरान,२५ वैशाखः लामो समयको रस्साकस्सीपछि अन्तत सुदन किराती हर्क साम् ...

धरान नृत्यकला प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

छाल खवर धरान,२२ वैशाखः धरान नृत्यकला प्रतिष्ठानको अधिवेशनले नन्दा राईको अध् ...

अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग धरानम

छाल खवर धरान,१८ वैशाखः धरानमा पहिलो पटक साहसिक खेल नेपाल प्याराग्लाइडिङ प्र ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic