धरानमा गोर्खा ट्रेल ब्लेजर चैत्र ३ मा आयोजना हुने, ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने

  • माघ २३, २०८०
  • ४,७२८ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरानमा गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करणमा ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने भएका छ्न ।

पुर्खा दिवसको अवसरमा अप्रिल ५ को अवसरमा चैत ३ मा ट्रेल ब्लेजर आयोजना गरिने मङलबार धरानमा पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षकसमेत रहेका आयोजक गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन दौडको दुरी साढे ८।५ किलोमिटर हुनेछ ।दौड महिला तथा पुरुष बिधामा हुने गोर्खा ट्रस्टका अध्यक्ष राईले बताए ।

प्रतियोगितामा महिला र पुरुष अन्तर्गत प्रथम, द्वितीय, तृतिय, र चौथो हुनेलाई क्रमश १५ हजार, १० हजार, ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

पहिलो र दोस्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खाको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागिएको छ भने विश्वयुद्ध लडेका गोर्खा योद्धाहरुलाई अभिनन्दन दोस्रो विश्वयुद्ध लडेका गोर्खा योद्धाहरुलाई गोर्खा सिमेट्रीज ट्रष्टले गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करण आयोजनाका अवसरमा विश्व युद्धमा जिवित वीर गोर्खा योद्धाहरुलाई सम्मान अभिनन्दन गर्ने भएको छ ।

दोस्रो ट्रेलर ब्लेजरमा झापा जिल्ला निवासी १०३ बर्षका आर्मी नम्बर २११३७८२५ फस्ट जे आर ड्म्बर ध्वज लिम्बू ,भोजपुर निवासी १०१ बर्षका १०७०९८१४ दस जेआर का ईन्द्र बहादुर राई , तेह्रथुम फेदाकका १०१ वर्षीय बमबहादुर निङ्लेखु ९लिम्बू०,खोटाङ जन्तेढुङ्गाका ९९ वर्षीय डम्बरसिंह सुक्तिहाङ राईलाई सम्मान गर्ने भएको छ ।

पहिलो सस्करणमा तेह्रथुम घर भएका १०२ वर्षीय१० गोर्खा राइफल १०९२१४ धनदल सिह लिम्बू, धनकुटा निवासी १०१ बर्षिया १ गोर्खा राइफल १५९२१ माघ बहादुर लिम्बू, संखुवासभा घर भई १०१ वर्षीय मानबहादुर लिम्बू,झापा निवासी २११४८७८६ क्याप्टेन भिसी राम बहादुर लिम्बू ,नम्बर १० गोर्खा राइफल २११४१५४६ भएका ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई रहेका थिए ।

ट्रष्ट्ले हाल सम्म २०७५ सालमा विश्व युद्धका योद्धा झापा निवासी ५७५१८३४ का पुर्व ईन्डियन आर्मी मानवीर लिम्बू,२०७६ सालम खोटाङ जिल्ला निवासी १६७०८ दश जिआर १०० बर्षिया पुर्व बिर्टिस आर्मी हम्वर सिह राई,२०७७ सालमा स्याङ्जा निवासी २११४३५३ का १सय बर्षिया मेजर प्रत बहादुर खत्री,२०७८ सालमा ओखलढुंगा निवासी २११३९१७० का १०१ बर्षिया मनिराज थुलुङ राई सम्मान गरेको थियो ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic