धरानमा गोर्खा ट्रेल ब्लेजर चैत्र ३ मा आयोजना हुने, ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने

  • माघ २३, २०८०
  • ४,६३७ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरानमा गोर्खा ट्रेल ब्लेजरको दोस्रो संस्करणमा ५ सय धावकहरुले साढे ८ किलोमिटर दूरी दौडने भएका छ्न ।

पुर्खा दिवसको अवसरमा अप्रिल ५ को अवसरमा चैत ३ मा ट्रेल ब्लेजर आयोजना गरिने मङलबार धरानमा पत्रकार सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ कराते प्रशिक्षकसमेत रहेका आयोजक गोर्खा ट्रस्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए ।

धरान–१८ रत्नचोकबाट सुरु भएर मंगलबार चोक, विष्णुपादुका जाने सर्दु खोलाको नयाँ पुल हुँदै विष्णुपादुकास्थित व्रिटिश गोर्खा स्मृति पार्कमा समापन दौडको दुरी साढे ८।५ किलोमिटर हुनेछ ।दौड महिला तथा पुरुष बिधामा हुने गोर्खा ट्रस्टका अध्यक्ष राईले बताए ।

प्रतियोगितामा महिला र पुरुष अन्तर्गत प्रथम, द्वितीय, तृतिय, र चौथो हुनेलाई क्रमश १५ हजार, १० हजार, ५ हजार रुपैयाँ, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।

पहिलो र दोस्रो विश्वयुद्ध लडेर वीरगति प्राप्त गरेका गोर्खाको सम्मानमा गोर्खा ट्रेल ब्लेजर दौड प्रतियोगिता दोस्रो पटक आयोजना गर्न लागिएको छ भने विश्वयुद्ध लडेका गोर्खा योद्धाहरुलाई अभिनन्दन दोस्रो विश्वयुद्ध लडेका गोर्खा योद्धाहरुलाई गोर्खा सिमेट्रीज ट्रष्टले गोर्खा ट्रेलब्लेजरको दोस्रो संस्करण आयोजनाका अवसरमा विश्व युद्धमा जिवित वीर गोर्खा योद्धाहरुलाई सम्मान अभिनन्दन गर्ने भएको छ ।

दोस्रो ट्रेलर ब्लेजरमा झापा जिल्ला निवासी १०३ बर्षका आर्मी नम्बर २११३७८२५ फस्ट जे आर ड्म्बर ध्वज लिम्बू ,भोजपुर निवासी १०१ बर्षका १०७०९८१४ दस जेआर का ईन्द्र बहादुर राई , तेह्रथुम फेदाकका १०१ वर्षीय बमबहादुर निङ्लेखु ९लिम्बू०,खोटाङ जन्तेढुङ्गाका ९९ वर्षीय डम्बरसिंह सुक्तिहाङ राईलाई सम्मान गर्ने भएको छ ।

पहिलो सस्करणमा तेह्रथुम घर भएका १०२ वर्षीय१० गोर्खा राइफल १०९२१४ धनदल सिह लिम्बू, धनकुटा निवासी १०१ बर्षिया १ गोर्खा राइफल १५९२१ माघ बहादुर लिम्बू, संखुवासभा घर भई १०१ वर्षीय मानबहादुर लिम्बू,झापा निवासी २११४८७८६ क्याप्टेन भिसी राम बहादुर लिम्बू ,नम्बर १० गोर्खा राइफल २११४१५४६ भएका ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई रहेका थिए ।

ट्रष्ट्ले हाल सम्म २०७५ सालमा विश्व युद्धका योद्धा झापा निवासी ५७५१८३४ का पुर्व ईन्डियन आर्मी मानवीर लिम्बू,२०७६ सालम खोटाङ जिल्ला निवासी १६७०८ दश जिआर १०० बर्षिया पुर्व बिर्टिस आर्मी हम्वर सिह राई,२०७७ सालमा स्याङ्जा निवासी २११४३५३ का १सय बर्षिया मेजर प्रत बहादुर खत्री,२०७८ सालमा ओखलढुंगा निवासी २११३९१७० का १०१ बर्षिया मनिराज थुलुङ राई सम्मान गरेको थियो ।

प्रथम हलेदे पुरुष भलिवल प्रतियोगिताको तयारी हुदै

छाल खवर धरान,३१ असोजः भोजपुरको हतुवागढी–९ हलेदे टारमा पुरुष भलिवल प्र ...

ओली निर्भरता तोडौँ, एमाले बचाऔँ

प्रकाश थापा देश, दल र व्यक्तिभित्र को ठूलो हुन्छ भनेर खोज्दा पङ्क्तिकारको ठ ...

जसपा नेपालको प्रदेश अध्यक्षमा याक्खा

छाल खवर धरान,२८ असोजः जनता समाजवादी पार्टी नेपाल, प्रदेश समिति, प्रदेश न. १ ...

टङ्कबहादुर पत्रकारिता पुरस्कार सञ्चारकर्मी स्नेहा

छाल खवर धरान,२४ असोजः धरान–१ स्थित आमा चन्द्रकुमारी प्रधान स्मृति प्र ...

माइतीघरबाट डा. निकोलस भुसाल सहित १४ जना पक्राउ

छाल खवर धरान,२३, असोजः जेन जिका माग पुरा नभएको भन्दै माइतीघर मण्डलामा आन्दो ...

श्रम संस्कृति पार्टीको अध्यक्षमा हर्क साम्पाङ

छाल खवर धरान,२१ असोजः फागुन २१ गते हुने भनि घोषणा गरीएको निर्वाचनमा भाग लि ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic