सोनम ल्होसारमा सास्कृतिक पर्यटन महोत्सव

  • माघ २५, २०८०
  • २,२५४ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,२५ माघः नेपाल तामाङ घेदुङ धरान नगर समितिले तामाङ जातिको महान पर्व २८६० सोनाम ल्होसारका अवसरमा सास्कृतिक पर्यटन महोत्सव आयोजना गर्ने भएको छ ।

घेदुङले धरान १२ स्थित पब्लिक स्कुलको खेलमैदानमा महोत्सव आयोजना गर्ने भएको हो।

बिहिवार पत्रकार सम्मेलनको आयोजना गरी माघ २७ गते देखि फागुन ५ गतेसम्म महोत्सव संचालन गर्ने तयारी गरेको तामाङ घेदुङ धरान अध्यक्ष सपन कुमार योञ्जन तामाङले जानकारी दिए ।

महोत्सवमा धरान भरका तामाङ जातिहरु जातिय पोसाक सझिदै ,ड्म्फु बजाउदै र्‍यालि सहितको झाकी पब्लिक स्कुलको पछाडीको गेट्बाट पुतलीलाईन हुँदै भानुचोकबाट छाताचोक देखि चतरालाईन हुँदै पब्लिक स्कुलको ग्राउन्डमा पुगेर औपचारिक कार्यक्रमको समुद्घघाट्न हुने भएको छ ।

तामाङ जातिहरुको नया बर्षको अवसरमा ८ दिन सम्म सञ्चालन हुने महोत्सवमा तामाङ जातिको पहिचान ,सस्कार, सस्कृती तथा चाड्लाई बृहतरुपमा मनाउने अध्यक्ष तामाङले बताए ।

महोत्सवले तामाङको ऎतिहासिक परम्परालाई प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य्य पर्यटन प्रवर्द्धन गर्दै धरानको आर्थिक गतिविधि चलायमान बनाउन नगरको आयस्रोत वृद्धिमा टेवा पुर्‍याउने तामाङले बताए ।

महोत्सवमा पर्यटन प्रवर्द्धनका लागि बृहत फोटो पेन्टिङ प्रदर्शन समेत गरिने भएको छ ।महोत्सवमा ८० वटा स्ट्लहरुमा तामाङ जातिको सस्कार सस्कृती झल्किने मौलिक खानेकुरा स्ट्ल रहनुका साथै स्थानियरुपमा उत्पादन भएका बस्तुहरुलाई विशेष महत्त्व दिईने महोत्सव सयोजक दिपक घिसिङले बताए ।

उनले भने महोत्सवमा खेल मनोरञ्जनहरुमा पिङ, ड्रागन, मिकि माउस,जस्ता खेल तमासा साथै तामाङ जातीको ड्म्फु नाच रहने सयोजक घिसिङले बताए ।

हरेक दिन धरानका स्थानीय कलाकार तथा रास्ट्रीय चर्चित कलाकारहरूको साथ कन्सर्ट आयोजना गरिने भएको घिसिङले बताए ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic