कर होइन करको दायरा बढाउन मदिरा व्यवसायीको आग्रह

  • फागुन ५, २०८०
  • ६१५ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,५ माघः मदिरा व्यवासायीहरुले राज्यले कर नभई करको दायरा वढाउन आग्रह गरेकाछन् ।

धरान मदिरा व्यवासायी संघ धरानको १० औं वार्षिक साधारणमा वोल्दै उनीहरुले सो कुरा वताएका हुन ।

महामारीका कारण धरानको मदिरा बजार साविकभन्दा ४० प्रतिशत घटेको बताउँदै व्यवसायीले कर होइन करको दायरा बढाउन आग्रह गरेका छन् ।

धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवमा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै लिलकुमार माझीले धरानमा कोरोना महामारीदेखि डेङ्गीसम्मले आक्रान्त बनाएको बताए ।

मूल्य वार्षिक १५ देखि २० प्रतिशत बढ्ने अव्यवस्थित बजारको प्रतिस्पर्धाले व्यवसायी पलायन हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

स्टार्टप विजनेसका नाममा मदिरा व्यवसायीलाई सहुलियत ऋण दिन राज्यको निकाय उदासीन रहेको उनीहरूले आरोप लगाएका छन् ।

आर्थिक वर्ष ०८१र८२ मा आउने गरी मदिराको मूल्य सूचीलाई डिजिटलाइज्ड र अनलाइन एप्समार्फत जानकारी गराउने गरी तयारी थलिएको बताइएको छ ।

नेपाल मदिरा व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले व्यवसाय गर्न हाल गाह्रो अवस्था रहेकाले संयमित भएर व्यापार व्यवसाय गर्न अध्यक्ष शेर्पाले व्यवसायीलाई आग्रह गरे ।

आर्थिक अवस्था धरासायी हुँदै जाँदा संस्था संचालन गर्न समस्या भएको उनले बताए ।

घाटा खाएर मदिरा व्यवसायीले व्यवसाय गर्दा बजार डामाडोल भएको र व्यवसायी ऋणमा डुब्ने र पलायन हुने गरेको अध्यक्ष शेर्पाले बताए ।

व्यपार व्वसाय ४० प्रतिशतले घाटा हुदै गएको र वैंकको व्याज भने १२० प्रतिशत भन्दा माथि वृद्धि भएको अध्यक्ष शेर्पाको भनाई रहेको छ

सुनसरी उद्योग वणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले मन्दीले दिनप्रतिदिन व्यावसायिक सटर बन्द भएको बताए ।

मदिरा व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष नवीन तामाङ, केन्द्रीय उपाध्यक्ष मदन गौतम, अंशु बन्जारा केन्द्रीय सचिव गोविन्द बराललगायतको उपस्थिति रहेको थियो । स्वागत मन्तव्य उपाध्यक्ष प्रदीपकुमार श्रेष्ठले राखेका थिए । कार्यक्रमको सन्चालन संघका सल्लाहकार पूण्यप्रसाद गौतमले गरेका थिए ।

कार्यक्रमको सभापतित्व संघका अध्यक्षता संघका अध्यक्ष लिलकुमार माझीले गरेका थिए ।

पत्रकार र व्यवसायीलाई सम्मान

धरान मदिरा व्यवसायी संघको १० औं साधारण सभा तथा वार्षिक उत्सवका अवसरमा युवा संचारकर्मी नवराज विष्टलाई सम्मान गरीएको छ ।

Samman news photo संघको साधारण सभामा पुराना मदिरा व्यवसायी र कम्पनीका कर्मचारीलाई सम्मान गरीएको हो ।

सम्मानित हुनेहरुमा अग्रज मदिरा व्यवसायी विजयपुर इन्टरप्राइजेजका सुरेशमान स्थापित, मदिरा कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रीका सिनियर सेल्स अफिसर पवन श्रेष्ठ र पूर्व क्षितिज प्रकाशन प्रालिअन्तर्गत ब्लाष्टखबरडटकमका कार्यकारी सम्पादक नवराज विष्टलाई सम्मान गरिएको हो ।

यस्तै कार्यक्षेत्र बाहिर गएर हुने मदिरा बिक्री वितरणलाई निरुत्साहित गर्ने अभियानमा सक्रिय भूमिका खेलेका अमित गुरुङलाई सम्मान गरिएको छ ।

यसैगरी सङ्घका सहयोगी कम्पनीलाई समेत सम्मानपत्रद्वारा सम्मान गरिएको छ । सर्वोत्कृष्ट सहयोगी गोर्खा ब्रुअरी प्राली, उत्कृष्ट सहयोगी जेजेआई ग्रुप कम्पनी र आइकोनिक बेभ्रेज वाइन प्रालिलाई सम्मान गरिएको हो ।

 

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic