वुढासुव्वा गोल्डकप फागुन २६ गतेदेखि

  • फागुन १०, २०८०
  • १,६४० पटक पढिएको
  • छाल खबर
alt

छाल खवर ्
धरान,१० फागुनः धरानमा संचालन हुदै आएको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४ औँ संस्करण फागुन २६ गते देखि चैत्र ३ गते सम्म सञ्चालन हुने भएको छ ।

आयोजक धरान फुटबल क्लबले बुधवार पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी दिएको हो ।

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुने क्लवका अध्यक्ष प्रताप तामाङले बताए ।

क्लवका अध्यक्ष तामाङका अनुसार प्रतियोगितामा विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छ ।

उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।

क्लवका पूर्व अध्यक्ष किशोर राईले खेलक्षेत्रको विकासमा राज्यले अधिकतम लगानी गर्नुपर्नेमा जोडदिएका थिए ।

वुुढासुव्वा गोल्डकपलाई टुर्वोग वियरले प्रायोजन गर्दै आएकोमा यस पटक देखी सरकारले मदिराको प्रचार गर्न नपाइने नीति ल्याएपछि भने प्रतियोतिा संचालन गर्नको लागि अािर्थक समस्या हुने देखिएको छ ।

बुढासुब्बा गोल्डकप आइएमई बैङ्क, क्वालिटी नुडल्स लगायतको प्रायोजनमा हुँदैछ ।

यसपालि विजेतालाई दिइने पहिलो पुरस्कार १० लाख रुपैयाँ धरान हङकङ मञ्च लगायत हङकङ स्थित नेपाली सङ्घ संस्थाहरूले प्रायोजन गर्ने निश्चित भएको छ ।

उपविजेतालाई दिइने ५ लाख रुपैयाँको पुरस्कार बेलायत स्थित धरान युके समाजले प्रायोजन गर्ने भएको छ । यसैगरी धरान युके हेल्पिङ हेण्डसले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

प्रतियोगिताको अनुमानित बजेट ७७ लाख, ६० हजार रुपैयाँको छ । ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान रहेको क्लवका अध्यक्ष तामाङले वताएकाछन् ।

कार्यक्रम सञ्चालन महासचिव नवीन राईले सञ्चालन गरेका थिए ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic