धरान रनको उपाधि केन्याली धावक जुलियस मुरिउकीलाई

  • फागुन १२, २०८०
  • १,३६६ पटक पढिएको
  • छाल खबर
alt

छाल खवर
धरान,१२ फागुनः धरानमा हरेक वर्ष आयोजना हुदै आएको सर्वाधिक धाककहरु दौडने नेपालको एकमात्र दौड प्रतियोगिताको रुपमा रहेको धरान रनको १२ औं संस्करणको खुल्ला पुरुषतर्फको उपाधि केन्याली धावक जुलियस मुरिउकीले हात पारेकाछन् ।

१० किलो मिटरको दुरीलाई ३२ मिनेटको दुरीमा पार गर्दै उनी यस वर्षको विजेता वन्न सफल वनेका हुन ।

धरान रन नेपाल कै सर्वाधिक धावक, धाविकाहरु दौंडिने रन को रुपमा रहेको छ ।

माउकुरीले नगद ६० हजार ट्रफि मेडल र प्रमाण–पत्र हात पारेका थिए ।त्यसैगरी प्रतियोगितामा ३४ मिनेटमा दूरी पार गरेका प्रशान्त तामाङ दोस्रो भएका थिए ।उलने ट्रफी मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गर्न सफल वनेका थिए ।

त्यस्तै पवन राईले ३४ मिनेट ११ सेकेण्डमा निर्धारित दूरी पार गरितेस्रो हुन सफल वनेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ जित्नु भएको छ ।

त्यसैगरी महिलातर्फ सन्तोषी श्रेष्ठ प्रथम हुन सफल वनेकी थिइन । उनी दक्षिण एसियाली म्याराथनकी गोल्ड मेडलिस्ट समेत हुन । उनी पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेतासमेत हुन । सन्तोषीले ३८मिनेट ८ सेकेण्डमा दूरी पार गरेकी थिइन।
उनले नगद ६० हजार ट्रफि मेडल र प्रमाण–पत्र हात पारेकी थिइन ।

टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरीका लागि सहभागी भएका थिए ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । १२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे।

४० वर्षमाथिका भेट्रान विधामा दौडने स्पर्धीले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे । यसपालीको च्यारेटी रनबाट उठ्ने रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिस्वरुप प्रदान गरिने बताइएको छ ।

धरानको गौरव र पर्यटन, प्रवर्द्धन विकासको अभियानसँग ुधरान रनुलाई जोडिएको थियो । खेल पर्यटनको विकास गर्नको लागि प्रतियोगिताको आयोजना गरीदै आाएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic