पानमारालाई अवदेखि पानवारी भन्ने घोषणा आज साँझ कमल खत्रीको प्रस्तुति

  • फागुन २७, २०८०
  • ६४८ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२७ फागुन ः धरान–६ लाई अवदेखि पानमाराको सट्टामा पानवारी भन्ने घोषणा गरीएको छ ।

त्यस क्षेत्रमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा आयोजित शतबार्षिकी पानबारी महोत्सवमा सो घोषणा गरीएको हो ।

शनिवारबाट शुरु भएको सो महोत्सवको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले महोत्सवको उद्घाटन गरेका थिए ।

समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भनिने, लेखिने उनको भनाई थियो ।

माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार रहेको र तलको समथल भुभाग (हालको पानबार)मा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो । पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती रहेको छ ।

कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीको केही क्षेत्रमा अहिले पनि धान खेती हुन्छ । यहाँको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ । यहाँ उखु खेती पनि हुनेगर्छ । महोत्सवमा पानको स्टलसँगै उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ ।

महोत्सवसँगै शनिबारदेखि छैटौ पानबारी भलिवल कप पनि शुरु भएको छ । महोत्सवस्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु संचालनमा रहेकाछन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ ।

आमचोक प्रथम गोरखा ट्रेलरेसको उपाधि विक्रमलाई

छाल खवर धरान,१५ जेष्ठ ः भोजपुरको आमचोकमा सम्पन्न “प्रथम आमचोक गोरखा ट ...

फुटसल च्याम्पियनसिपको उपाधि देउराली चिल्डेनलाई

छाल खवर धरान,१५ जेठः क्रियटिभ स्कुल सर्कल्स धरानले आयोजना गरेको फुटसल च्याम ...

हिविस्कस वोडिङ स्कुलका विद्यार्थीद्धारा शपथग्रहण

छाल खवर धरान,१३ जेष्ठः हिविस्कस इङ्लिस वोडिङ स्कुल धरान–१५ का निर्वाच ...

देउराली चिल्ड्रेनमा विद्यार्थीले आफ्नो नेता छाने

छाल खवर धरान,१२ जेष्ठः देउराली चिल्ड्रेन एकेडेमी धरान–५ का विद्यार्थी ...

बेलकालाई गोलको वर्षा गराउदै हाम्रो भेट्रान सेमिफाइ

छाल खवर धरान,१२ जेष्ठ ः हाम्रो भेट्रान फुटबल क्लब धरानले बेलका भेट्रान क्लब ...

एक्वा सेकेन्डरी स्कुल, धरान–१७ का विद्यार्थीद्धारा

छाल खवर धरान,१२ जेष्ठः एक्वा सेकेण्डरी इङलिस स्कुल धरान–१७ मा विद्यार ...

Copyright © 2020 / 2026 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic