पानमारालाई अवदेखि पानवारी भन्ने घोषणा आज साँझ कमल खत्रीको प्रस्तुति

  • फागुन २७, २०८०
  • ५९६ पटक पढिएको
  • छाल खबर

छाल खवर
धरान,२७ फागुन ः धरान–६ लाई अवदेखि पानमाराको सट्टामा पानवारी भन्ने घोषणा गरीएको छ ।

त्यस क्षेत्रमा मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा आयोजित शतबार्षिकी पानबारी महोत्सवमा सो घोषणा गरीएको हो ।

शनिवारबाट शुरु भएको सो महोत्सवको कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले महोत्सवको उद्घाटन गरेका थिए ।

समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भनिने, लेखिने उनको भनाई थियो ।

माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार रहेको र तलको समथल भुभाग (हालको पानबार)मा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो । पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती रहेको छ ।

कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीको केही क्षेत्रमा अहिले पनि धान खेती हुन्छ । यहाँको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ । यहाँ उखु खेती पनि हुनेगर्छ । महोत्सवमा पानको स्टलसँगै उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ ।

महोत्सवसँगै शनिबारदेखि छैटौ पानबारी भलिवल कप पनि शुरु भएको छ । महोत्सवस्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु संचालनमा रहेकाछन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।

आयोजकले दिएको जानकारी अनुसार साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ ।

हिविस्कस क्विज मेनिया सिजन ४ को तयारी सम्पन्न

छाल खवर धरान,५ पुषः हिविस्कस क्विज मेनिया सिजन ४ (हाजिरी जवाफ प्रतियोगिता) ...

हाजिरी जवाफमा प्रथम हुने विद्यार्थीलाई हिविस्कसद्

छाल खवर धरान,२ पुषः पूवाञ्चल इन्जिनियर क्याम्पस धरानमा अध्ययनरत विद्यार्थीह ...

नेपाल शिक्षक महासङ्घ धरान गठन

छाल खवर धरान,२९ मंसिर ः धरानमा पहिलोपटक नेपाल शिक्षक महासङ्घ गठन भएको छ । ...

मारवाडी युवा मञ्चद्धारा कम्वल वितरण 

छाल खवर धरान,२९ मंसिर ः मारवाडी युवा मञ्च धरानले जाडोको लागि विपन्न परिवार ...

विजयपुर अस्पताल र हिविस्कस स्कुलवीच स्वास्थ्य सम्

छाल खवर धरान,२९ मंसिर ःधरान १० स्थित विजयपुर अस्पताल र धरान–१५ स्थित ...

जनता समाजवादी पार्टी प्रदेश १ अध्यक्षमा गणेश राई

छाल खवर धरान,२८ मंसिर ः अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको प्रदेश १ ...

Copyright © 2020 / 2025 - Chhalkhabar.com All rights reserved

Website By : Hash Tech Logic